समाचार
१५ वैशाख, काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुका लागि साझा बस चल्ने भएको छ । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार भएको छलफलपछि प्राधिकरणले यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हो । सरकारले बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यसबीचमा आन्तरिक तथा बाहृय दुबै उडान भने बन्द हुने छैन […]
१५ वैशाख, पोखरा । गण्डकी प्रदेशको एकमात्र संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले यथार्थ बोले, ‘अस्पतालमा आइसियू त छ तर आइसियूमा राखेर उपचार गर्नुपर्ने गम्भीर खालका कोभिडका बिरामी आए, निजीमा रिफर गर्नुपर्छ ।’ गौचनले प्रदेशको सरकारी अस्पतालको हालत बताइरहेका बेला गण्डकी प्रदेश सभामा सरकार सञ्चालन गरिरहेको दलले पिसिआर परीक्षण गर्नुपर्ने माग […]
१५ वैशाख, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषको […]
१५ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पताल मातहतकाे काेभिड अस्थायी अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना संक्रमण पुष्टि भएर साेमबार अस्पताल भर्ना भएकी अछामकाे दर्नाकी ७८ वर्षीया ती संक्रमितकाे गएराति मृत्यु भएकाे सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वास र निमाेनिया सम्बन्धी समस्याले ग्रस्त उनकाे आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे […]
१५ वैशाख, पोखरा । गण्डकी प्रदेशका तीन जना सांसद र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख नेत्रनाथ अधिकारीले ३ सांसद र एक कर्मचारीलाई संक्रमण भएको पुष्टि गर्दै प्रदेश सभाको बैठक भने प्रभावित नहुने बताए । ‘संसद बैठक निर्धारित समयमै सुरु हुन्छ, माननीयलाई बोल्न दिने, मत हाल्न दिने हिजो नै सहमति भएको […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाहीका ४३ वर्षीय पुरुष र बाराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीय पुरुषलाई मंगलबार मात्रै नारायणी अस्पतालमा ल्याइएको थियो । एन्टिजिन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । गएराति १ बजेर ४० मिनेटमा उनको […]
१५ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रण, गरिवी निवारण र व्यापार–वाणिज्य प्रवर्द्धनका लागि चीनले नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुसँग विभिन्न संयन्त्र निर्माणको प्रस्ताव गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले वुधबार दक्षिण एसियाली मुलुकका समकक्षीहरुसँग गरेको भिडियो सम्मेलनमा सो प्रस्ताव गरेका हुन् । सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाग लिएका थिए । चिनियाँ विदेशमन्त्रीले […]
१५ वैशाख, काठमाडौं । काठमाडौंको कोटेश्वरमा एक फर्निचर उद्योगमा आगलागी भएको छ । कोटेश्वरको झोलुंगे पुल नजिक हिरा महर्जनको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो । आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । आगोले नजिकका केही घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । बिजुली सट भएर आगलागी भएको अनुमान छ […]
१५ वैशाख, काठमाडौं । दोस्रो चरणमा देखापरेको कोरोनाको महामारीले वैदेशिक रोजगारीको क्षेत्र पनि प्रभावित भएको छ । २०७७ पछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्रलाई फेरि बढेको महामारीले प्रभावित गर्ने अवस्था आइसकेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति बढ्दै जान्छ, त्यति नै श्रम गन्तव्य मुलुकले नेपालप्रति कडा नीति […]
१५ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गराएका थिए । त्यसलगत्तै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले […]
१५ वैशाख, काठमाडौं । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिएको छ । ‘सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशिया–प्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण’ विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा जारी एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को ७७औँ बैठकमा […]
१५ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ । ती देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ […]
१५ वैशाख, काठमाडौं । काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्काले क्षति पुर्याएको छैन । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा आठ हजार बढीले ज्यान गुमाएका थिए […]
१५ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड नपाएपछि एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै ज्यान गएको छ । देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती थिइन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा […]
१५ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम बनाएको छ । मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. नारायण प्रसाद रेग्मीले बताए । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ […]
१५ वैशाख, काठमाडौं । रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २ सय १० जनाको पीसीआर परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भएपछि वीरगञ्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी […]
१४ वैशाख, काठमाडौं । सोमबार मात्र पोखरामा कास्कीका दुई र स्याङ्जाका एक कोरोना संक्रमितको मृत्यु भयो । कोभिड–१९ को संक्रमण भएर अवस्था गम्भीर हुँदा पनि अस्पतालमा बेड नपाउनेहरुको संख्या त्यतिकै छ । तर जनताकf प्रतिनिधिहरुको थलो प्रदेशसभामा भने को मुख्यमन्त्री बन्ने भन्ने बहस भइरहेको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल भएसँगै […]
१४ वैशाख, काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रयासमा पर्सिबाट निषेधाज्ञा लागू हुने भएपछि उपत्यका छाड्ने क्रम बढेको छ । मंगलबार विहानबाटै सुरु भएको शहर छाड्ने क्रम साँझ पनि उस्तै देखिएको छ । झिटीगुटा बोकेर कलंकी, गोंगबु लगायतका स्थानमा मानिसहरु पुगेका छन् । स्थानीय प्रशासनले १६ वैशाखबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । तर […]
१४ वैशाख, काठमाडौं । आन्तरिक मतभेदका कारण अनिर्णित बनेको जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरु मंगलबार पार्टी कार्यालय बालकुमारीमा जम्मा त भए, तर १५/२० मिनेट भन्दा बैठक चलेन । कार्यकारिणी समिति बैठक बोलाउन समेत सहमति नभएको नेताहरुले बताएका छन् । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नेपाली कांग्रेसको नेतृत्वमा नयाँ […]
१४ वैशाख, नेपालगञ्ज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षका बेड कोरोना संक्रमितले भरिभराउ छन् । अक्सिजनको सपोर्टमा छटपटाइरहेका शरीरहरुले असह्य पीडा व्यक्त गरिरहेका छन् । ‘यहाँ यसरी भर्ना भएकाहरुको पीसीआर रिपोर्ट आउन बाँकी छ’ बिरामीको चापका बीच आकस्मिक विभागमा खटिएका डा. देवेन्द्र आचार्यले भने, ‘सबैलाई कोरोना संक्रमण भएको चाहिं निश्चित हो ।’ डा. आचार्यको […]
from समाचार – Online Khabar https://ift.tt/3aKWll3
via IFTTT