समाचार
१२ वैशाख पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता भएको अविश्वासको प्रस्तावले भोलि प्रदेशसभामा प्रवेश पाउने भएको छ ।अविश्वासको प्रस्तावमा उत्रिएका दलहरुको प्रदेशसभामा टुप्लुक्क बहुमत छ, तर कर्णालीमा जस्तै फ्लोर क्रसको डर उनीहरुमा देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्री गुरुङविरुद्ध २ […]
१२ चैत, काठमाडौं । पछिल्ला केही दिनमा निरन्तर बढेको कोरोना संक्रमणको तथ्यांकले सर्वसाधारणमा फेरि त्रास थपेको छ । आइतबार देशभर ३१२२ जनामा कोरोना संक्रमित भेटिँदा काठमाडौं उपत्यकामा १४९८ जनामा संक्रमण देखिएको छ । संक्रमण अत्यधिक बढेपछि स्वास्थ्य मापदण्ड पालनामा भने प्रधानमन्त्री, मन्त्री, ठूला नेतादेखि सर्वसाधारणसम्मले बेवास्ता गरेका छन् । काठमाडौंका सरकारी कार्यालयमा पनि स्वास्थ्य सुरक्षा […]
१२ वैशाख, काठमाडौं । २०७२ वैशाखमा करीब ९ हजार ज्यान लिने र ७ लाख ७३ हजार घरमा क्षति पुग्ने गरी विनाशकारी भूकम्प गएपछि धेरैलाई लागेको थियो– अब धेरै चिज बदलिन्छ । महीनौंसम्म परकम्पन आइरहँदा नेपाली समाजको मथिंगल हल्लिरहेकै थियो । महाभूकम्पपछिको गतिलो पाठ थियो– भूकम्पले मान्छे मार्दैन, मान्छेले बनाएको संरचनाले ज्यान लिन्छ । भूकम्पबाट जोगिने […]
१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो । योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले […]
१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध एकढिक्का भएर लड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले कोरोना रोकथाम गर्न सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गर्दै पार्टीपंक्ति परिचालित हुन निर्देशन दिए । उनले कोरोना महामारी रोकथाम बाहेक स्पष्टीकरण सोधिएकालाई कारबाही प्रक्रिया र अहिले विकसित राजनीतिक […]
१२ वैशाख, काठमाडौं । बर्दियामा सोमबारदेखि लागू हुने गरी लकडाउन गरिएको छ । कोरोना भाइरस संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश जारी गरिएको हो । स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न भनिएको छ । अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा […]
१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गए पनि क्वारेन्टिन, परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र सामुदायिक आइसोलेसन सहित उपचार व्यवस्थाको तयारी फितलो छ । स्थानीय तहहरु सामान्य अवस्थाकै जसरी काम गरिरहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (ईडीसीडी) र स्वास्थ्य सेवा विभागदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्मका संघीय निकाय भने स्थानीय तहहरुले नै […]
१२ वैशाख, पोखरा । विप्लव समूहका तत्कालीन म्याग्दी जनसरकार प्रमुख जगेन्द्र पुनको शव साढे ४ महिनापछि बल्ल परिवारले जिम्मा लिएको छ । मंसिर २४ गते जिल्ला कारागार पर्वतमा उच्च रक्तचापले बेहोस भएका जगेन्द्रको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मंसिर २९ गते मृत्यु भएको थियो । जगेन्द्रलाई विभिन्न आरोपमा प्रहरीले पटक पटक पक्राउ गरेको […]
१२ वैशाख, काठमाडौं । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो । पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र […]
१२ वैशाख, काठमाडौं । नवलपरासीमा लामो समय लगाएर संरक्षण गरिएका ६९ वटा गिद्ध (जटायु) गत मंगलबार एकै दिन मारिए । जिल्लाको रामग्राम नगरपालिका–४ मा विष खुवाएर मारेका कुकुरहरूको सिनो फालेर एकै पटक यति धेरै संरक्षित गिद्धको प्राण हरण गरियो । संरक्षणकर्मीहरूका अनुसार, लोपोन्मुख डंगर प्रजातिका ३३ वटा, हिमाली प्रजातिका ३३, राज प्रजाति दुई र सानो […]
१२ वैशाख, काठमाडौं । कोरोना संक्रमित भई अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ । पूर्वराजपरिवारका सदस्य उपचाररत नर्भिक अस्पतालका अनुसार उनीहरुमा कोरोनाका लक्षणहरु कम हुँदै गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजपरिवारका तीनै जना सदस्य शनिबार दिउँसो […]
१२ वैशाख, काठमाडौं । नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लेको हो । शनिबार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको नेपालले वरियतामा पनि सुधार गरेको हो । आईसीसीले अपडेट गरेको […]
१२ वैशाख, काठमाडौँ । मुलुकमा कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा संसदीय समितिले अनुगमन गर्ने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले कोभिड–१९ नियन्त्रण कार्यक्रमको प्रभावकारीतासँगै सुशासन र अन्य जनजीवनमा प्रभाव पार्ने विषयमा अनुगमन हुने समिति सभापति शशी श्रेष्ठले जानकारी दिए। ‘अहिलेको जटिल परिस्थितिमा हामी पन्छिन मिल्दैन, […]
१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिए । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ ।
१२ वैशाख, गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् । उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक सातादेखि विद्यार्थीहरुमा उक्त समस्या देखिएको पाटनदेवी माविका प्रधानाध्यापक सन्तोष पोखरेलले बताए । ‘यही वैशाख पहिलो हप्ताबाट केही विद्यार्थीलाई टाउको दुख्ने, […]
१२ वैशाख, वीगञ्ज । वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयस्तरीय परीक्षाहरु स्थगित गरेको छ । आइतबार महानगरपालिकाले विज्ञप्ति निकाल्दै कक्षा ८को नगरस्तरीय लगायत विद्यालय स्तरीय सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो । महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ संक्रमण दिन प्रतिदिन तीव्र रुपले बढ्दै गइरहेको अवस्थालाई मध्य नजर गर्दै मिति २०७८/०१/१२ देखि सञ्चालन भइरहेको […]
१२ वैशाख, सप्तरी । सरकारद्वारा तोकिएको जनस्वास्थ्य मापदण्डलाई पालना गराउन सप्तरीका प्रमुख जिल्ला अधिकारी स्वयंले अग्रसरता देखाएका छन् । कोरोनाको संक्रमण दिनदिनै फैलिरहँदा पनि मास्क नलगाई हिंड्ने प्रवृत्ति बढेपछि प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल सदरमुकाम राजविराजसहित पूर्व पश्चिम राजमार्गमा गएर मास्क लगाए-नलगाएको अनुगमन गरेका छन् । सुरक्षा अधिकारीसहित अनुगमनमा निस्केका उनले राजविराजका पसल तथा बाटोबाट […]
१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेर मात्र केन्द्रीय कार्यसमिति बैठक गर्ने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले सोमबार केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीहरुको पीसीआर टेष्ट गर्ने निर्णय गरेको हो । नेगेटिभ रिपोर्ट आएकाहरुको बैठक १५ गते बस्नेछ । यसअघि भोलि सोमबारका लागि बैठक बोलाइएको थियो ।
१२ वैशाख, काठमाडौँ । यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र […]
१२ वैशाख, काठमाडौं । चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार चितवनको भरतपुर महानगरपालिका–२१ कान्छी चोकमा टिपरले साइकललाई ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ । ना ७ ख ८११९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका–१९ की ४६ वर्षीया गीता गुरुङको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको […]
१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने कि नगर्ने बहस भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गर्नुपर्ने मत राखेका थिए । तर सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले देशव्यापी लकडाउन गर्न नहुने बताए । लकडाउन गर्दा पनि कोरोना नियन्त्रण गर्न […]
from समाचार – Online Khabar https://ift.tt/32OeSZ6
via IFTTT






















