Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

१६ वैशाख, कैलाली । बर्दगोरीया गाउँपालिका-१ कट्टिपुर बस्ने लिल बहादुर बुढाका छोरा १० वर्षीय टंक बहादुर बुढाको सोही ठाउँस्थित कांडा नदीमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको बर्दगोरीया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

नवनियुक्त मन्त्री मनाङ्गेको ठट्टा : अलिअलि निद्रा चाहिं लागिरा’छ

१६ वैशाख, पोखरा । दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । शपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मीहरुसँग कुरा गरे । युवा तथा खेलकुद किन रोज्नुभयो भन्ने प्रश्नमा उनले भने, […]

झण्डै २१ लाखले लगाए कोरोना खोप

१६ वैशाख, काठमाडौं । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड र भेरोसिल्ड गरी २० लाख ९१ हजार जनाले पहिलो डोज खोप लगाएका हुन् । भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले १४ माघ […]

नेशनल मेडिकल कलेजले संक्रमितको उपचार गर्न शुरु गर्‍यो

१६ वैशाख, वीरगञ्ज । वीरगञ्जमा नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचार सेवा शुरु गरेको छ । बाबा होटललाई अस्थायी कोरोना अस्पताल बनाएर गत वर्ष जस्तै गरी कलेजले संक्रमितलाई उपचार सेवा दिन शुरु गरेको हो । १७२ बेडको कोरोना अस्पताल बनाएर संक्रमितको उपचार शुरु गरिएको नेशनल मेडिकल कलेजले जनाएको छ । अस्थायी कोरोना अस्पतालमा ६ वटा […]

सुनसरीमा घरबाहिर निस्कन प्रतिबन्ध, सवारी साधनमा जोरविजोर

१६ वैशाख, काठमाडौं । सुनसरीमा सर्वसाधारणलाई अत्यावश्यक काम नगरी घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । त्यस्तै औषधी र स्वास्थ्य सामग्रीकाबाहेक अरु पसल विहान ६ देखि ११ बजेसम्म मात्र खोल्न पाइने नियम बनाइएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो […]

उपत्यकामा थप १५६१ जनामा कोरोना संक्रमण पुष्टि

१६ वैशाख, काठमाडौँ ।  काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् । बिहीबार मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ […]

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

१६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । उनको सपथ सवा ५ बजे हुनेछ । गुण्डा नाइकेको रुपमा चिनिनि मनाङ्गे मनाङबाट स्वतन्त्र […]

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१२ का ४० वर्षीय पुरुषको बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । वैशाख १२ गते नारायणी अस्पतालमा ल्याइएका उनको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो । अस्पतालमा ६० जना संक्रमितमध्ये १० जनाको अवस्था […]

निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा

१६ वैशाख, काठमाडौं । कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ । महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ […]

कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु

१६ वैशाख, कास्की । कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । पोखरा महानगरपालिका-१४ का ४३ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा बुधबार बेलुका ७: ३० बजे मृत्‍यु भएको हो । उनलाई ७ गते वैशाख नै कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका-७का ८९ वर्षीया महिलाको होम आइशोलेशनमा निधन भएको हो । उनमा ८ […]

वीरगञ्जमा निषेधाज्ञा : नाका हुँदै घर फर्कनेको लर्को

१६ वैशाख, वीरगञ्ज । तराईको गर्मी चर्कंदो छ । त्यसैमाथि रापिलो बतास । मौसमसँगै बदलिएको परिस्थितिले होला परवेज आलमको ओठ तालु सुकेको देखिन्छ । भारत रक्सौलका परवेज आलमको काँधमाथि सानो छोरा छन् । ठूलो छोरा र श्रीमती पनि सँगै । श्रीमतीको पनि थाप्लोमा झोला छ । निषेधाज्ञाका कारण उनीहरू सपरिवार वीरगञ्जबाट रक्सौलतिर पैदल गइरहेका छन् […]

कोरोना रोकथाम र उपचारमा कर्णाली सरकारले छुट्यायो १ अर्ब बजेट

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । उक्त रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिइन् । त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका […]

कर्णालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

१६ वैशाख, सुर्खेत । कोरोना भाइरस सङ्क्रमित एकको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको बिहीबार बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पिसिआर परीक्षण हुँदा कोरोना पुष्टि […]

उपत्यकासहित अधिकांश पहाडी क्षेत्रमा वर्षा

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । तराई क्षेत्रमा भने सामान्य मौसम […]

अस्पतालबाट खिमविक्रमको स्पष्टीकरण : पार्टीको निर्णयप्रति प्रतिवद्ध छु

१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । […]

निषेधाज्ञाको अवज्ञा गर्ने सुर्खेतका १ हजार ७८ जना कारबाहीमा

१६ वैशाख, सुर्खेत । निषेधाज्ञाका बेला अनावश्यक हिँडडुल गर्ने सुर्खेतमा १ हजार ७८ जना कारबाहीमा परेका छन् । बुधबारदेखि लागू निषेधाज्ञाको उल्लंघन गर्दै बिना काम सडकमा निस्किएको आरोपमा १ हजार ७८ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार बुधबारदेखि बिहिबार दिउँसोसम्म निषेधज्ञा अवज्ञा गरि […]

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालियो

१६ वैशाख, काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले दोलखाको लामाबगर पुगेर सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ गरे । माथिल्लो ठाडो सुरुङ र  तल्लो ठाडो सुरुङकोबीच […]

विमानस्थलमा सीसीएमसीको अनुगमन, मापदण्ड पालना नगरे उडान रोक्ने चेतावनी

१६ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक यातायात बन्द गरेपनि हवाई यातायात सेवा बन्द गरेको छैन । विमानस्थलमा यात्रु व्यवस्थापनबारे बिहीबार ‘कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)का अधिकारीले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको नेपाल सरकारका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जानकारी दिए ।‘हाम्रो […]

सक्रिय संक्रमित निरन्तर बढ्दैछन्, रौतहटमा छैन तयारी

१६ वैशाख, रौतहट । रौतहटमा सक्रिय संक्रमितको संख्या १०७ पुगेको छ । एकजना संक्रमितको मृत्युसमेत भइसकेको छ । बुधबार गौर अस्पतालमा २८ जनाको स्वाब परीक्षण गर्दा ५० प्रतिशत अर्थात् १४ जनामा कोरोना संक्रमण पुष्टि भयो । रौतहटका सबै संक्रमित अहिले घरमै आइसोलेट भएर बसेका छन् । संक्रमण उच्च दरमा बढिरहँदा पनि रौतहटमा नियन्त्रणको तयारी भने शून्यप्रायः […]

जनताका गुनासा सम्बोधन गर्न सीसीएमसीद्वारा संयन्त्र गठन

१६ वैशाख, काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनताका गुनासा टोल […]

खोप आयातमा भारतको विकल्प खोज्दै सरकार

१६ वैशाख, काठमाडौं । देशभित्र कोरोना स्रंक्रमितको संख्या अप्रत्यासित रुपमा बढेसँगै भारतले खोप निर्यातमा ‘अघोषित प्रतिबन्ध’ लगाएपछि नेपाल सरकारले अन्य मुलुकबाट खोप ल्याउने गृहकार्य अगाडि बढाएको छ । अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोप भारतबाट अप्रिल महिनाको अन्तसम्म ल्याउने र थप ५० लाख डोज खोप खरिदका लागि सेरम इन्स्टिच्युटसँग सम्झौता गर्ने तयारीमा सरकार थियो […]



from समाचार – Online Khabar https://ift.tt/3vrS0Lb
via IFTTT
Powered by Blogger.