समाचार
१५ वैशाख, काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३७४ जनाको नमुना परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार परीक्षण गरिएका मध्ये ६०.६९ प्रतिशतमा संक्रमण देखिएको हो । […]
१० असार, काठमाडौं । ललितपुरमा बुधबार रातो मछिन्द्रनाथ मूर्तिलाई स्नान गराइएको छ । लगनखेलमा मछिन्द्रनागथको मूर्ति राखिएको ठाउँबाट बाहिर निकाली स्नान गराइएको छ । हरेक वर्ष मछिन्द्रनाथको रथयात्राअघि मूर्तिलाई स्नान गराउने प्रचलन छ । मछिन्द्रनाथलाई स्नान गराएका बेला जीवित देवी कुमारीलाई पनि सहभागी गराइएको छ । मछिन्द्रनाथलाई स्नान गराउने दिन दर्जनौं मानिसहरु सहभागी भएका छन् […]
१५ वैशाख, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएकाले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जारी गरेको सूचनामा स्वास्थ्य सेवाबारे परामर्श लिन सम्बन्धित विभागका चिकित्सकलाई सम्पर्क गर्न अनुरोध […]
१५ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङ स्कुलको छात्रावासमा अध्ययनरत प्रतिभा सापकोटाको मृत्युमा विद्यालयको कुनै दोष नभएको विद्यालयले दाबी गरेको छ । उक्त घटनालाई लिएर लगाइएका आरोपहरु निराधार रहेको दाबी गर्दै विद्यालय प्रशासनले विद्यालयमा भएको आक्रमण, तोडफोड र सञ्चालकमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेको छ । कक्षा १० मा अध्ययनरत छात्रा प्रतिभाको वैशाख […]
१५ वैशाख, काठमाडौं । नेपाल स्काउटले ७५३ वटै स्थानीय तहमा स्काउट समिति गठन गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रम गरी संघीय संरचनाअनुसार सबै स्थानीय तहमा समिति गठनको घोषणा गरिएको छ । नवगठित समितिले नोवेल कोरोना भाइरस (कोभिड–१९) जस्ता महामारी र प्राकृतिक विपत्तिमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए […]
१५ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताएका छन् । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुनुअघि बुधबार शाही सम्पर्कविहीन भएका थिए । जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन भएको भन्दै निवेदन दिएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो […]
१५ वैशाख, जनकपुरधाम । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सप्तरीका एकजना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर १ तेतरिया बस्ने भगाई सदाका १६ वर्षीय छोरा राम सदा रहेको प्रहरीले जनाएको छ । मोबाइल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लग्दै गर्दा […]
१५ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताएका छन् । नेपालको कानून बमोजिम ओलीले आफूहरुलाई कारबाही गर्न नसक्ने उनले दाबी गरे । बुधबार नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेता रावलले ओलीले पार्टी विधान विपरितका क्रियाकलाप गरेकाले त्यो […]
१५ वैशाख, धनगढी । छिमेकी मुलुक भारतमा यतिबेला कोरोना भाइरस संक्रमण भयावह बन्दै गएको छ । भारतमा दैनिक साढे तीन लाखभन्दा बढी संक्रमित हुने गरेको तथ्यांक आइरहेको छ । सोही मुलुकबाट कैलालीसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाका हुँदै एक हप्तामा ५ हजार ९७ जना नेपाली स्वदेश फर्किए । सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा स्थायी घर भएर […]
१५ वैशाख, काठमाडौं । नदीजन्य पदार्थको अवैध उत्खनन र दोहन रोक्न कानुनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण तथा कानुन समाजमा आवद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठसहित ७ वटै प्रदेशका कानून व्यवसायीले प्राकृतिक स्रोत उत्खनन तथा नियन्त्रण कानुन माग गर्दै संयुक्त रुपमा रिट दिएका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, वन तथा […]
१५ वैशाख, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि रुपन्देहीमा बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार एक आदेश जारी गर्दै तीव्र रुपमा फैलिएको कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि बिहीबार बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएको […]
१५ वैशाख, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ नागबेलीमा बलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना १ च ९३९ नम्बरको बलेरो अनियन्त्रित भई सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा बलेरोमा सवार उदयपुरगढी गाउँपालिका–१ का ३७ वर्षीय शिव खत्रीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा हुँदै थप उपचारको क्रममा […]
१५ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएको उनको भनाइ छ । ‘एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीमा संक्रमण हुँदा उपचारमा […]
१५ वैशाख, रौतहट । रौतहटमा कोरोनाको दोस्रो लहरबाट संक्रमित हुनेको संख्या एक सय नाघेको छ । बुधबार थप १४ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १०७ पुगेको हो । गौर अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २८ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी २५ जना संक्रमित […]
१५ वैशाख, पोखरा । सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् । यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ । प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् । उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार विहान अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले […]
१५ वैशाख, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरुमा पौडेलले बुधबार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । मुख्यमन्त्री पौडेलले एमालेका मुख्य सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सांसद सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा […]
१५ बैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ७ रामटोल बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा बुधबार मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्वास्थ्यमा समस्या भएपछि बैशाख १२ गते उनलाई नारायणी अस्पतालमा उपचार गरिएको थियो । सोही दिन गरिएको एन्टीजेन […]
१५ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् । राष्ट्रिय जनमोर्चाका तीन सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै […]
१५ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि सुझाव संकलनको काम पूरा भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टीम अब बजेट लेखनको तयारीमा जुटेको छ । मन्त्रालयका अधिकारीका अनुसार बजेट सम्बन्धी अबको छलफल सरकारी संयन्त्र र सरोकारवाला बीच मात्र हुनेछ । करिब एक महीनाको अवधि अर्थमन्त्री र उनको टीम बजेट […]
१५ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ । संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी हुन् । सांसद थापाले मंगलबार संसदीय दलकाे बैठक […]
१५ वैशाख, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका ८ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै ८ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको उल्लेख गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्राधिकरणबाट प्रवाह हुने सबै सेवा बुधबारदेखि अनलाइनमार्फत हुने जनाएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका […]
from समाचार – Online Khabar https://ift.tt/2PzmGuW
via IFTTT