समाचार
१३ वैशाख, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई विदेश जान आइतबारसम्म नेपाल आइपुगेका विदेशी नागरिकको पीसीआर परीक्षण हुने भएको छ । यसअघि मन्त्रालयले आइतबार कुनै मिति नतोकी नेपाललाई ट्रान्जिट बनाइ विदेश जान आएका विदेशीको पीसीआर परीक्षण रोक्न प्रयोगशालाहरुलाई निर्देशन दिएको थियो । निर्णय सच्याउँदै सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका र एयर […]
१३ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध नीति देखिएपछि यातायात व्यवसायीले असन्तुष्टि पोखेका हुन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले असोज १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर […]
१३ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना संक्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा खोप खरिदलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ । कोरोनाको चेन ब्रेक गर्न तत्काल खोप लगाउनु पर्ने भन्दै परिसंघको सोमबार बसेको आकस्मिक बैठकले यस अभियानमा निजी क्षेत्रलाई समेत सहभागी गराउन माग गरेको छ । खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत […]
१३ वैशाख, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)का कारण अत्यावश्यक कन्सुलर सेवा प्रवाह वैशाख १४ देखि इमेल र फोन मार्फत हुने भएको छ । कन्सुलर विभागले सोमबार अत्यन्त जरुरी सूचना निकालेर इमेल वा फोन मार्फत हुने जनाएको छ । विभागका अनुसार कन्सुलर तथा कानुनी परामर्शका लागि १०९/१०५ वा [email protected]मा, कागजात प्रमाणीकरणका लागि १०७/१०१ वा [email protected]मा, कूटनैतिक […]
१३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डर र त्यसका लागि आवश्यक पर्ने उपकरण आयात सहज बनाउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । कोभिड संकट गहिरिँदै जाँदा हुनसक्ने अक्सिजन अभाव चिर्न अक्सिजन ग्यासको सिलिण्डर र त्यसका लागि आवश्यक पर्ने उपकरणमा भन्सार महसुल, अन्तशुल्क र भ्याट मिनाहा गर्न स्वस्थ्य मन्त्रालयबाट प्रस्ताव आएको अर्थ मन्त्रालयले […]
१३ वैशाख, पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव […]
१३ वैशाख, बझाङ । कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले बझाङमा जनचेतनाका कार्यक्रम शुरुवात गरेको छ । सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चोकचोक र सडकमा माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना संक्रमण दर […]
१३ वैशाख, पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टीले नयाँ सत्ता गठबन्धनबारे लिखित सहमित गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग माग गरेको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता गराएको अविश्वास प्रस्ताव टेबुल भएको छ । जनता समाजवादी पार्टीले अविश्वासको प्रस्तावको पक्षमा मत दिने तर ४ […]
१३ वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा.समीर […]
१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ । आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) […]
१३ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १÷१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान पौने ६ बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख ७ गते कोरोना संक्रमण पुष्टि […]
१३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बाह्य शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गरेका हुन् । अहिले व्यायामका लागि करिब ८ लाख रुपैयाँ बराबरका सामान तथा उपकरण राखिएका छन् । यसरी राखिएका उपकरणमा एब्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, […]
१३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा नेपाल आएका विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरुलाई दिएको निर्देशनले सयौं भारतीय नागरिक काठमाडौंमा अड्किने भएका छन् । अहिले १४ दिन क्वारेन्टिनमा बस्ने गरी काठमाडौंका होटेलमा सयौं भारतीय नागरिक बसेका छन् । होटेल संघ नेपाल (हान)का अनुसार यसरी नेपालबाट विदेश उड्न आएका भारतीयको संख्या ३ हजारभन्दा […]
१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ । २५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या […]
१३ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले आईसीयूमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिइन् । वैशाख ११ गते एन्टिजेन पोजेटिभ देखिएका उनको श्वासप्रश्वासमा समस्या […]
१३ वैशाख, पोखरा । स्याङ्जा वालिङकी एक महिलामा शनिबार लक्षणसहित कोरोना संक्रमण देखियो । अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गर्नुपर्ने भयो । गण्डकी प्रदेशभरिमा कोरोना संक्रमित बिरामी राख्ने एकमात्र अस्पताल हो, संक्रामक तथा सरुवा रोग अस्पताल । बिरामीका आफन्तले अस्पतालमा फोन गरेर अवस्था बताए, तर अस्पतालले बेड उपलब्ध गराउन नसक्ने जानकारी गरायो । बिरामीको […]
१३ वैशाख, सर्लाही । सशस्त्र प्रहरीले दुई नाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी बिसनपुरका २२ वर्षीय सकलदिप कुमार रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा-६ खुटौनाबाट पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरीले उनको साथबाट २ सयग्राम चरेससमेत बरामद गरेको छ […]
१३ वैशाख, काठमाडौं । कोभिड–१९ को महामारीले काम रोकिएको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको काम पुनःसुरु भएको छ । करिब १४ महिनापछि आयोजनामा फेरि काम सुरु भएको हो । नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन सकेका थिएनन् । चीनबाट उपकरण तथा सामग्री […]
१३ वैशाख, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा ७ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलकाअनुसार उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।वैशाख […]
१३ वैशाख, रुकुमपूर्व । भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख सविन शाहले जानकारी दिए । पहिराले पुरेको स्काभेटरको […]
१३ वैशाख, काठमाडौं । बिमा कम्पनीहरुले कोरोना बिमा दावी भुक्तानी रोक्न थालेका छन् । सरकारले दिने भनेको रकम नदिएको भन्दै बिमा कम्पनीहरुले भुक्तानी रोक्न थालेका हुन् । शिखर इन्स्योरेन्स, प्राइम इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतले पछिल्लो केही दिन यता भुक्तानी नै ठप्प पारेका छन् । उता नेपाल इन्स्योरेन्सले पनि सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी […]
from समाचार – Online Khabar https://ift.tt/3aEXMkU
via IFTTT