समाचार
१२ वैशाख, काठमाडौं । बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १–११ गतेसम्मको हो । वैशाख १–४ गतेसम्म प्रत्येक दिन एक/एकजना संक्रमितको […]
१२ वैशाख, जनकपुरधाम । बिरामीको मृत्युको विषयलाई लिएर आइतबार जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल तोडफोड भएको छ । धनुषाको मिथिला नगरपालिका– ८ कुसुमबिसौनामा मोटरसाइकल दुर्घटनामा घाइते भएका २८ वर्षका सुनील शर्माको मृत्युको विषयलाई लिएर आफन्तसहितको समूहले हस्पिटलमा तोडफोड गरेको हो । घाइते शर्मालाई अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्कालै सुविधासम्पन्न अस्पतालमा […]
१२ वैशाख, सुर्खेत । फ्लोर क्रस गर्ने कर्णालीका चार प्रदेश सभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ । फ्लोर क्रस गरेका एमालेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनिहरुले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी माओवादी केन्द्रका मुख्यमन्त्री […]
१२ वैशाख, धनगढी । कैलालीमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७५ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार धनगढी उप–महानगरपालिकाका ५ महिला र ९ पुरुष गरेर १४ जना तथा गोदावरी नगरपालिकाका एक पुरुषमा कोरोना […]
१२ वैशाख, काठमाडौं । आइतबार नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् । आइतबारमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ […]
१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख […]
१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटी सदस्य शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पद सम्हालेका छन् । केन्द्रीय कार्यालय बबरमहलमा कार्यालय प्रमुख रहेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् । गएको १० वैशाखको बैठकबाट तामाङले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले तामाङलाई बागमती प्रदेशको सहइन्चार्जको समेत […]
१२ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई भर्ना गर्न सकिने […]
१२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत बर्दियाका एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका–४ का ५६ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो । शनिबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना […]
१२ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा […]
१२ वैशाख, काठमाडौं । सरकारले कोरोनाभाइरसको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निष्कर्ष निकालेको छ । शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा भएको छलफलबारे आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक समितिका सदस्यलाई जानकारी गराएका छन् । बैठकमा सहभागी एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्वास्थ्य संरचनाले महामारीको […]
१२ वैशाख, नेपालगञ्ज । बाँकेस्थित भेरी अञ्चल अस्पतालको आईसीयू शय्यामा एक अधबैंसे महिला आलाप-विलाप गरिरहेकी थिइन् । आईसीयू मनिटरको चर्को आवाजले बोली प्रष्ट नसुनिए पनि ‘मेरो मुटुको टुक्रा…मेरो मुटुको टुक्रा…’ भनेको विरक्त चिच्याहट बाहिरसम्म सुनिइरहेको थियो । उनी बोलिरहँदा बेडमा रहेका अन्दाजी बीस-पच्चीस वर्षका युवाको शरीर अनियन्त्रित थियो । अक्सिजन सपोर्टमा छट्पटाइरहेका ती युवा आफ्नो […]
१२ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बाँकेको कोहलपुर –१३ का ५७ वर्षीय पुरुषको आइतबार दिउँसो १:४० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ४ गते उनको पीसीआर परीक्षण […]
१२ वैशाख, मकवानपुर । वागमती प्रदेशको राजधानी हेटौंडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारी साधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौंडाको विभिन्न क्षेत्रमा आवतजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी (सफारी)लाई तोकिएको स्थानमा […]
१२ वैशाख, काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक […]
१२ वैशाख, काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट रु ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर रु एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ छलेका अभियोगमा अनिल गुप्ता एण्ड एशोसिएट्सका […]
१२ वैशाख, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । वैशाख ३ गते विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो । उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, […]
११ वैशाख, काठमाडौं । अनलाइन कक्षामा इन्टेरनेटको क्षमता कमजोर रहेको एक अध्ययनले देखाएको छ । कोरोना महामारीका कारण नेपालका धेरै विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन हुँदै आएका छन् । वैकल्पिक सिकाइ अन्तगर्गतको अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखिएको सो अध्ययनले देखाएको छ । युभर्सिटी अफ अक्सफोर्ड र लुनिभा बाल सरोकार समूहले ६ महिना लगाएर ‘नेपालको विद्यालय […]
१० वैशाख, काठमाडौं । शुक्रबार बिहान भारतको राजधानी दिल्लीमा २५ परिवारले गंगाराम अस्पतालमा उपचार गराइरहेका आफन्त बिरामीले पर्याप्त अक्सिजन पाउन नसक्दा मृत्यु भएको समाचार पाए । अस्पतालका मेडिकल निर्देशकले अक्सिजनको चरम अभावका कारण गम्भीर अवस्थामा रहेका २५ बिरामीमा पर्याप्त अक्सिजन नपुगेको बताए । उनीहरूलाई उच्च चापमा स्थिर रूपमा अक्सिजन दिनुपर्थ्यो । यस्तो दुःखद् घटना दिल्लीका […]
१२ वैशाख, काठमाडौँ । औषधि व्यवस्था विभागका तीनजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विभागमा कार्यरत तीनजनामा कोरोना संक्रमण देखिएको विभागका प्रवक्ता सन्तोष केसीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार संक्रमितहरुको सम्पर्कमा आएका ८ जना होम आइशोलेशनमा बसेका छन्। यस्तै औषधि पसल नवीकरणबाहेकका सबै सेवा अवरुद्ध भएका छन् ।
१२ वैशाख, काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्याँसको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्याँस आयात हुने मुलुक भारतमा कोभिड महामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ । गत वर्ष ग्याँस भर्न […]
from समाचार – Online Khabar https://ift.tt/3sW30PC
via IFTTT






















