Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धरानमा विराटनगरका कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, विराटनगर । कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका विराटनगरका एक पुरुषको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे विराटनगर महानगरपालिका– १५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषलाई नोबेल मेडिकल कलेजले उपचारका लागि धरान रेफर गरेको थियो । उनलाई वैशाख […]

भारतमा २४ घण्टामा थपिए ३ लाख २३ हजारभन्दा धेरै संक्रमित

१४ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा २ हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ७६ लाख नाघेको छ । त्यस्तै अहिलेसम्म […]

वीरगञ्जमा दुई संक्रमितको मृत्यु

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा मंगलबार एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ का ४० वर्षीया र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षीया दुई जना महिलाको मृत्यु भएको हो । दुवै जनाको मृत्यु नारायणी अस्पतालको आइसोलेसन वार्डमा भएको अस्पतालले जनाएको छ । बाराकी ४० वर्षीया महिलालाई वैशाख ९ गते […]

काठमाडौं उपत्यकाबाट घर फर्किनेहरु बढे

१४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा विहीबारबाट लकडाउन सुरु हुने भएपछि घर फर्किने यात्रुहरुको भिड बढेको छ । गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रमा घर फर्किनेहरुको संख्या बढेको देख्न सकिन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा […]

बाँके र दाङका तीनजना संक्रमितको नेपालगन्जमा मृत्यु

१४ वैशाख, बुटवल । बाँकेको नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एकजनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो । यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी […]

निषेधाज्ञामा सेयर बजार बन्द नहुने

१४ वैशाख, काठमाडौं । बिहीबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा सरकारले २ हप्तासम्म हुने बताएको छ । तर यो अवधिमा पनि सेयर बजार भने खुलै रहने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट […]

अविश्वास प्रस्तावमा चलखेल हुन नदिन सांसदहरुलाई रिसोर्टमा राखियो

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा फ्लोर क्रस हुने आशंकामा रहेका दलहरुले आफ्ना सांसदहरुलाई सुविधासम्पन्न रिसोर्टमा राखेका छन् । कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई मंगलबारदेखि पोखराको रिसोर्टमा राखेका हुन् । कांग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा छन् । जसपाले भने आफ्ना प्रदेशसभा सदस्यहरुलाई कुटी नजिकैको […]

प्रदेश १ मा कोरोना : अलमलियो सरकार, असन्तुष्ट फ्रन्टलाइनर

१४ वैशाख, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरका निजी र सरकारी अस्पतालको आइसोलेसनमा विरामी बढेका छन् । आइतबारबाट आइसोलेसन सुरु गरेको नोबेल मेडिकल कलेजमा ७ जना विरामी छन् । विराट मेडिकल कलेजमा २२ र प्रदेश सरकारले सञ्चालन गरेको कोभिड १९ उपचार केन्द्रमा ३२ जना सङ्क्रमित छन् । कोभिड १९ उपचार केन्द्रको क्षमता […]

उपत्यकामा २२ वैशाखदेखि फेरि एक हप्ता निषेधाज्ञा थपिने

१४ वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो । ‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको […]

जनगणनामा भाषामाथि राजनीति र अन्याय किन ?

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासाथ राष्ट्रिय जनगणनाको १२औं शृंखला यही जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ । नेपालको जनगणनाले ११० वर्ष पूरा गरे पनि देशमा नयाँ संविधान निर्माण र संघीय गणतान्त्रिक संरचनाको यो पहिलो जनगणना हो । तसर्थ, यस पटकको जनगणनाले विशेष महत्व बोकेको छ । नेपालको संविधान, २०७२ अनुसार निर्वाचन […]

दलहरूले छल्न खोज्ने मुख्य तीन कुरा- संघीयता सुहाउँदो संरचना, महिला सहभागिता र लेखा परीक्षण

१४ वैशाख, काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अद्यावधिक सूची अनुसार नेपालमा दर्ता भएका राजनीतिक दलहरूको संख्या १३२ छ । आयोगमा दर्ता भएपछि संविधान र कानूनको पालना गर्नु दलहरूको दायित्व हो । तर, दलहरूलाई सो दायरामा ल्याउने कार्य आयोगका लागि केही वर्षयता निकै सकसको विषय बनेको छ । गोप्य रूपमा पत्र पठाएर केही नलागेपछि आयोगले सार्वजनिक […]

चिनियाँ विदेशमन्त्रीले नेपालसहित दक्षिण एसियाली देशसँग सामूहिक छलफल गर्ने

१४ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणबारे चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्नेछन् । पछिल्लो समयमा भारतमा खोपको तीव्र अभाव भएको सन्दर्भमा हुन लागेको सो छलफलमा […]

आईपीएलमा कोलकाताको दोस्रो जित

१४ वैशाख, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा पन्जा किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकता अन्तिम स्थानबाट फड्को मार्दै पाँचौ स्थानमा उक्लेको छ । ६ खेलबाट कोलकाताको ४ अंक छ । साथै कोलकाताले लगातार चार हारको शृंखला पनि अन्त्य गरेको छ […]

गण्डकी संक्रामक अस्पताल : कोरोनाका गम्भीर बिरामीलाई पनि छैन बेड

१३ वैशाख, पोखरा । स्याङ्जा वालिङकी एक महिलामा शनिबार लक्षणसहित कोरोना संक्रमण देखियो । अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गर्नुपर्ने भयो । गण्डकी प्रदेशभरिमा कोरोना संक्रमित बिरामी राख्ने एकमात्र अस्पताल हो, संक्रामक तथा सरुवा रोग अस्पताल । बिरामीका आफन्तले अस्पतालमा फोन गरेर अवस्था बताए, तर अस्पतालले बेड उपलब्ध गराउन नसक्ने जानकारी गरायो । बिरामीको […]

कास्कीमा बुधबारदेखि निषेधाज्ञा, सवारी साधनमा जोड विजोर लागू

१३ वैशाख, पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । ‘कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि निषेधाज्ञा नै जारी […]

एमालेमा नेपाल पक्षमाथि कारबाही रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

१३ वैशाख, काठमाडौं । माधव कुमार नेपालसहित नेकपा एमालेका नेताहरुले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वैशाख ६ गते एमाले […]

सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु

१२ वैशाख, सुर्खेत । वीरेन्द्रनगर–१२ मा नेपाली सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्र भट्टका अनुसार दुर्घटनामा मनिकला सपकोटा भट्टको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकालाई अस्पताल लैजान वार्ता नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । दुर्घटनापछि घाइते भएकी सापकोटालाई उपचारका लागि अस्पताल लैजानुको साटो चालक ब्यारेकमा […]

उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा : के बन्द, के खुल्ला ?

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको हो । के के बन्द ? प्रमुख जिल्ला […]

वीरगञ्जमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

१३ वैशाख, वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ । योसँगै सोमबार पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । वीरगञ्ज महानगरपालिका–८ कि ३८ वर्षकी महिला र बहुदरमाइ नगरपालिका–७ कि ४५ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिए । […]

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

१३ वैशाख, पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव […]

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

१३ वैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या […]



from समाचार – Online Khabar https://ift.tt/3u1wv3S
via IFTTT
Powered by Blogger.