Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्वास्थ्य कार्यालयका कर्मचारी संक्रमित भएपछि स्वाब संकलन प्रभावित

१५ वैशाख, सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सात कर्मचारीलाई कोरोना संक्रमण हुँदा स्वाब संकलन प्रभावित भएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख, प्रयोगशाला प्रमुख, प्रशासन प्रमुखलगायत कर्मचारी एकै पटक संक्रमित भएको कार्यालयका अहेब अमर रानाले जानकारी दिए । उनका अनुसार कर्मचारी संक्रमित भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन लगायतका काम रोकिएका छन् । ‘प्रयोगशालाका सबै […]

घर फर्किंदै हुनुहुन्छ ? यस्तो छ सबै सवारी रूटको भाडादर

१६ वैशाख, काठमाडौं । बिहीबारबाट लागू हुने गरी काठमाडौं उपत्यकामा १४ दिनका लागि निषेधाज्ञा जारी भएपछि राजधानीबाट आफ्नो घर फर्किनेहरु बसको टिकट काट्न लाइनमा छन् । काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भिड लागेको छ । एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा […]

गण्डकी प्रदेशमा थप दुईजना संक्रमितको मृत्यु

१५ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बागलुङकी एकजना महिला र गोरखाका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बागलुङ नगरपालिका–११ की ६१ वर्षीया महिलाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा वैशाख १३ गते राति सवा १२ बजे मृत्यु भएको हो […]

कलंकीमा माधव नेपाल समूहको स्थायी कमिटी बैठक

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी वैठक कलंकीको एक पार्टी प्यालेसमा बसिरहेको छ । भूगोल र जनसंगठनमा समानान्तर कमिटी बनाइरहेको यो समूहले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक गरेको जनाएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार विपरीत निर्णय लिएको भन्दै यो […]

कर्णाली सरकारका तीन मन्त्रीले लिए पुनः सपथ

१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले पुनः पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले बुधबार दिउँसो पुनः सपथ लिएका हुन् । अमरबहादुर थापा भौतिक पूर्वाधार विकास, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण र कुर्मराज शाहीले भूमि, व्यवस्था, कृषि तथा […]

१५ जनासम्म सहभागी हुने गरी विवाहका दुईवटा गाडीलाई अनुमति पास नचाहिने

१५ वैशाख, काठमाडौं । निषेधाज्ञा अवधिमा काठमाडौं उपत्यकामा विवाह तथा ब्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी प्रयोग हुने सवारी साधनले अनुमति पास लिनु नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा विवाह तथा ब्रतबन्धका लागि ब्यानरसहित दुई वटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक नपर्ने […]

गण्डकीमा एमाले सांसदले भने : नयाँ गठबन्धन फाटेको धोतीजस्तो, धेरै टिक्दैन

१५ वैशाख, काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अप्राकृतिक, सत्तालिप्सामा केन्द्रित र प्रदेशका जनताले दिएको अभिमतको विरुद्धमा भएको बताएको छ । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै एमाले सांसद कृष्णबहादुर थापाले प्रदेशको सबैभन्दा ठूलो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नु अप्राकृतिक र सत्तालिप्साको उदाहरण भएको बताए । अहिलेको सरकारलाई एमालेको २७ […]

राष्ट्रियसभा सदस्य खड्का पदमुक्त

१५ वैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिवले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका हुन् । खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २६ घर जले

१५ वैशाख, काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका, पिराले गाउँमा मंगलबार रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएका छन् । घनवाङ जंगलमा लागेको आगो हावाले गाउँमा पुर्‍याएपछि फुसका घरहरु जलेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका डीएसपी नवराज सापकोटाले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनामा कुनै मानविय क्षति भएको छैन, १६ बाख्रा र […]

खाद्यान्‍न र इन्धनको जोहो गर्दै सर्वसाधारण

१५ वैशाख, काठमाडौं । बालाजुको न्यू थापा किराना स्टोरमा सोमबार साँझ खाद्यान्न किन्ने ग्राहकको घुइँचो थियो । खाद्य सामग्री बिक्री स्टोरको लाइनमा लागेकी थिइन् सर्लाही स्थायी घर भएर सोही ठाउँमा डेरा गरी बस्ने शर्मिला पौडेल । झमक्क साँझ पर्दै गर्दा उनले किराना पसलबाट एक बोरा चामल, चार किलो दाल, दुई किलो गेडागुडी, एक किलो लुगा […]

निषेधाज्ञा अवधिभर सुन आयात नहुने

१५ वैशाख, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । निषेधाज्ञाका कारण देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । अहिले हरेक दिन बैंकमार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ । बिहीबारदेखि प्रमुख शहरमा कारोबार […]

आगोमा जलेर महोत्तरीमा बालकको मृत्यु

१५ वैशाख, काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–५ मा आगोमा जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ का श्रवण यादवका सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मंगलबार राति ९ बजेतिर श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक सुतिरहेको बेला ओछ्यान नजिकै […]

सेती नदीमा मोटरेबल पुल निर्माण सम्पन्‍न

१५ वैशाख, बझाङ । सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्शन प्रालिसँग करीब नौ करोडमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार स्थानीय पूर्वाधार विभागको आर्थिक सहयोगमा […]

ग्रेटर टुँडिखेल : एक स्वप्निल आयोजना

१५ वैशाख, काठमाडौं । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पको समयमा जब घर छाडेर खुला चौरमा बस्नुपर्‍यो, धेरैले खुला स्थानको महत्व बुझे । त्यहीबेलादेखि शहरको मुख्यभागमा अवस्थित टुँडिखेलका साथै अरु सार्वजनिक स्थानलाई अतिक्रमणमुक्त बनाउनुपर्ने आवाज पनि चर्कोसँग उठ्यो । अभियन्ताहरुले ‘अकुपाई टुँडिखेल’ अभियान नै चलाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसबारे चासो देखाएपनि त्यसले मूर्त रुप […]

पर्सामा थप एकजना संक्रमितको मृत्यु

१५ वैशाख, वीरगञ्ज । पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–२७ की ६० वर्षीया महिलाको बुधबार बिहान १० बजेतिर मृत्यु भएको हो । ती महिलालाई बुधबार नै एन्टिजेन पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

वाग्मती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्री थपिए

१५ वैशाख, हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री,  सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिश गरेकाे उनी निकट स्रोतले जानकारी दिएको छ । थपिएका मन्त्रीहरुको […]

टिपरको ठक्करबाट घाइते साइकलयात्रीको मृत्यु

१५ वैशाख, सप्तरी । टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको बुधबार बिहान मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

१५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार १८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ३ हजार २९३ जनाको मृत्यु भएको छ । […]

भेरी अस्पतालमा २८८ नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि

१५ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार पछिल्लो ३६ घण्टामा गरिएको परीक्षणमा १३९ जना पुरुष र ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार कोरोना संक्रमण दर ८०.९ प्रतिशत हो । संक्रमण पुष्टिमा हुनेमा २०८ जना बाँकेका छन् […]

फेरि घर फर्किनेको लर्को (फोटो फिचर)

१५ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सेवा, पसल र यातायात बन्द हुने भएपछि उपत्यका छाड्नेहरु बढेका छन् । कोरोना भाइरस संक्रमण बढेपछि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन् भने उपत्यकाबाहिरका पनि धेरै जिल्लामा निषेधाज्ञा लगाउन थालिएको छ । काठमाडौंमा पढ्न, व्यवसाय गर्न, मजदुरी गर्न र रोजगारीका […]

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

१५ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचारको क्रममा नेपालगञ्ज–१७ की ३९ वर्षीया महिला र नेपालगञ्ज–१२ का ६५ वषीय पुरुषको मृत्यु भएको हो । ३९ वर्षीया महिलाको वैशाख ८ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट संक्रमण पुष्टि […]



from समाचार – Online Khabar https://ift.tt/3xtYISQ
via IFTTT
Powered by Blogger.