Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोभिडको कहरले शहर छाड्नेको लहर [ फोटो फिचर ]

१४ वैशाख, काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रयासमा पर्सिबाट निषेधाज्ञा लागू हुने भएपछि उपत्यका छाड्ने क्रम बढेको छ । मंगलबार विहानबाटै सुरु भएको शहर छाड्ने क्रम साँझ पनि उस्तै देखिएको छ । झिटीगुटा बोकेर कलंकी, गोंगबु लगायतका स्थानमा मानिसहरु पुगेका छन् । स्थानीय प्रशासनले १६ वैशाखबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । तर […]

जसपामा बैठक बस्नै जुटेन सहमति

१४ वैशाख, काठमाडौं । आन्तरिक मतभेदका कारण अनिणिर्त बनेको जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरु मंगलबार पार्टी कार्यालय बालकुमारीमा जम्मा त भए, तर १५/२० मिनेट भन्दा बैठक चलेन । कार्यकारिणी समिति बैठक बोलाउन समेत सहमति नभएको नेताहरुले बताएका छन् । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नेपाली कांग्रेसको नेतृत्वमा नयाँ […]

पीपीईमा १६ घण्टासम्म बाफिन्छन् स्वास्थ्यकर्मी

१४ वैशाख, काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा. विनोद प्याकुरेलको हात्केला चाउरी परेको र पटपटी फुटेको जस्तो देखिन्छ । उनले हत्केला प्रयोग हुने कुनै शारीरिक परिश्रम गरेर हातको स्वरुप बिग्रेको होइन, दैनिक १६ घण्टाभन्दा बढी समय पञ्जा (ग्लोब्स) लगाउँदा हात यस्तो भएको हो । लगातार पञ्जा लगाउँदा हात बाफिएको उनी बताउँछन् । […]

वीरगञ्जमा एकै दिनमा चार जनाको मृत्यु

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा मंगलबार साँझ थप एक जना कोरोना संक्रमितको मृत्यु भएपछि एकै दिन मृत्यु हुनेको संख्या ४ पुगेको छ । मंगलबार साँझ साढे सात बजे पोखरिया नगरपालिका– २ बस्ने ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना गरिएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि […]

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पास गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ । यो तत्काल लागू हुनेछ । पार्टीको सबै समितिको पदाधिकारीमा एकजना महिला अनिवार्य […]

राष्ट्रसंघका विज्ञले भने : मानवअधिकार आयोगको नियुक्ति सच्याऊ

१४ वैशाख, काठमाडौं । मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयको एक विज्ञ समूहले राष्ट्रिय मानवअधिकार आयोगमा हालै गरिएको पदाधिकारी नियुक्ति आयोगको स्वायत्तता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै सच्याउन आग्रह गरेको छ । उच्चायुक्तको कार्यालयका ८ विज्ञहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आयोगमा हालै भएको नियुक्ति सच्याएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन आग्रह गरेका छन् […]

वीरगञ्जमा निःशुल्क अक्सिजन बैंक स्थापना

१४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा निशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ । वीरगञ्ज महानगरपालिकाले लायन्स क्लबहरुसँग मिलेर निशुल्क अक्सिजन बैंक स्थापना गरेको हो । कोभिड–१९ संक्रमणबाट जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन बैंकको स्थापना गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । अक्सिजन बैंक स्थापनाका लागि लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर सिमरा, कलैया र गञ्जभवानीपुरले […]

थप ४५ सय २४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

१४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको […]

विकास आयोजनालाई फेरि महामारीको खड्गो

१३ वैशाख, काठमाडौं । खोटाङको हलेसीमा निर्माणाधीन खानेपानी आयोजनाको वाटर लिफ्टिङ पम्प ५ साताअघि नै नेपाल आइपुग्नुपर्ने हो । तर, भारतमा फेरि कोरोनाको महामारी फैलिएपछि अर्डर गरेको लामो समयसम्म पनि मेसिन आएको छैन । ठेकदार कम्पनी महादेव खिम्ति सेवाका अनुसार अझै २–३ हप्ता सामान आइपुग्न समय लाग्ने अवस्था छ । यसले गर्दा आयोजनाको काम प्रभावित […]

संसदीय समितिको निर्देशन : अस्पतालमा आईसीयू र भेन्टिलेटर व्यवस्था गर्नू

१४ वैशाख, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई अस्पतालहरुमा अक्सिजन र भेन्टिलेटरसहितको आईसीयू व्यवस्था गर्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिरहेको उल्लेख गर्दै अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयूको अभावमा बिरामीको मृत्यु हुन सक्ने भन्दै सरकारलाई यस्तो निर्देशन दिएको हो । व्यवस्थित लकडाउन गर्न निर्देशन समितिले व्यवस्थित […]

नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर सहयोग

१४ वैशाख, चितवन । सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर उपलब्ध गराएको छ । सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पतालमा एक महिनाका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको हो । अस्पतालमा कोरोनाका विरामीहरु बढ्‍दै गएपछि उनीहरुको उपचारमा सहजताका लागि थप भेन्टिलेटरहरु उपलब्ध गराएको सानो पाइलाकी सचिव डा. सुष्मा तिवारीले बताइन् […]

बजेट छैन भन्‍दै गुल्मीमा कोरोना परीक्षण रोकियो

१४ वैशाख, गुल्मी । महामारीका बेला कोरोनाको परीक्षण देशभर भइरहँदा गुल्मीमा भने कोरोना परीक्षण रोकिएको छ । प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति अभावको कारण देखाउँदै कोरोना परीक्षण रोकिएको हो । गत वर्ष कोरोनाले महामारीको रुप लिन थालेपछि जिल्लाका स्थानीय तहको सहयोगमा जिल्लामै स्वाब परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला बन्द भएको हो । […]

१० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा (सूची)

१४ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो । त्यही निर्णयमा […]

चीनले नेपाललाई झण्डै एक अर्बको स्वास्थ्य सामग्री दिने

१४ वैशाख, काठमाडौं । चीनले नेपाललाई करिब एक अर्ब रुपैयाँ (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक […]

मकवानपुरमा स्थानीय तहका आइसोलेसन सेन्टरलाई सुचारु गरिने

१४ वैशाख, हेटौंडा । मकवानपुरका स्थानीय तहहरुले गत वर्षमा सञ्चालन गरेका आइसोलेसन सेन्टरहरुलाई पुनः सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मकवानपुरको बैठकले गत वर्ष पालिका तथा अस्पतालहरुले सञ्चालन गरेको आइसोलेसनलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकपछि हेटौंडा उपमहानगरपालिका, थाहा […]

सगरमाथा आरोहणका लागि ४२ समूहलाई अनुमति

१४ वैशाख, काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४२ आरोही समूहका ३९४ जनाले आरोहण अनुमति लिएका छन् । यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका पर्यटन विभागले हालसम्म जारी […]

माओवादी केन्द्रको प्रस्ताव : कोभिडविरुद्ध लड्न सर्वपक्षीय राजनीतिक संयन्त्र

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक समाज, स्वाथ्यकर्मी, जनस्वास्थ्यविद् सबै एकताबद्ध भएर हातेमालो गर्दै अघि बढ्न अपील गरेको छ । ‘यसका निम्ति सर्वपक्षीय राजनीतिक संयन्त्र […]

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एक करोड ६१ लाख खर्च हुने अनुमान

१४ वैशाख, काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि रु एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ । कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको आयोगका प्रवक्ता […]

पाँचजना कोरोना संक्रमित थपिदा कालिकोटमा आंशिक निषेधाज्ञा

१४ वैशाख, काठमाडौँ । कालिकोटमा ५ जना कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले आंशिक निषेधाज्ञा जारी गरेको छ । वैशाख ९ गते एकजनामा कोरोना संक्रमण र कन्ट्याक्ट ट्रेसिङबाट १० गते चारजना गरी पाँचजनामा कोरोना संक्रमण देखिपछि प्रशासनले आंशिक निषेधाज्ञा गरेको हो । प्रशासनले जारीगरेको विज्ञप्तिमा भनिएको छ, ‘ जिल्लाको खाँडाचक्र नगरपालिका वडा ११ रेङ्गालीमा […]

सर्वोच्च अदालतका धेरैजसो सेवा वैशाख मसान्तसम्म स्थगित

१४ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सर्वोच्च अदालतले आफूले दिने सेवामा कटौती गरेको छ । वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमाथि मात्र दर्ता र सुनुवाई गर्ने सर्वोच्च अदालतले जनाएको छ । मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले ती बाहेकका […]

कर्णालीमा एकैदिन थपिए १३८ कोरोना संक्रमित

१४ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा १३८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १३८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १२९ जना छन् । यस्तै जाजरकोटका […]



from समाचार – Online Khabar https://ift.tt/3viNf6G
via IFTTT
Powered by Blogger.