समाचार
१७ वैशाख, काठमाडौँ । आगामी जुलाई महिना अगाडी भारतले नेपालसहित छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंका लगायतलाई खोप उपलब्ध गराउने सम्भावना कम रहेको भारतीय अधिकारीहरुले बताएका छन् । भारतमा कोरोना संक्रमितको संख्या केही साता यता ह्वात्तै बढेको छ भने मे १ देखि भारतले १८ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान शुरु गर्ने तयारी गदैछ । सेरम […]
१७ वैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशको प्रदेश कमिटी विस्तार गरेर १४७ सदस्यीय बनाएको छ । कर्णाली प्रदेश संगठन कमिटीका इन्चार्ज, सहइन्चार्जहरु, अध्यक्ष तथा सचिवद्वारा प्रस्तुत नामावलीलाई पार्टी केन्द्रीय कमिटीले अनुमोदन गरेको प्रदेश कमिटीका सचिव धर्मराज रेग्मीले जानकारी दिए । वैशाख १३ गते महासचिव ईश्वर पोखरेलले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा कर्णाली […]
१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनलाई सहज बनाउने अध्यादेश ल्याएपछि रातारात एक भएको जनता समाजवादी पार्टी (जसपा)मा उनै ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विवादमा अल्झिएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा छन् । मुद्दा फिर्ता लगायतका माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक […]
१७ वैशाख, काठमाडौं । निषेधाज्ञाका बीच हवाई उडानमा आधा भन्दा बढी उडान संख्या कम भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शुक्रबार आन्तरिकतर्फ मात्र ७७ वटा उडान–अवतरणको तालीका रहेको छ । यसअघि निषेधाज्ञा शुरु हुने अघिल्लो दिन बुधबार कुल १४९ वटा उडान अवतरण भएका थिए । यो संख्या कोरोना महामारी शुरु भएयताकै सबैभन्दा […]
१७ वैशाख, काठमाडौँ । टोखा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रमबाट आएको रु २५ लाख र टोखाको कृषि शाखाबाट विनियोजन गरिएको रु २५ लाख गरी रु ५० लाख बराबरको कृषि सामग्री वितरण गरेको हो । नगरपालिका प्रमुख प्रकाश अधिकारीले उक्त कार्यक्रमअनुसार कृषकलाई […]
१७ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना टर्दै गएपछि विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी थालेका छन् । काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षा ऐन, नियमावलीमा भएको व्यवस्थाअनुसार आन्तरिक मूल्यांकनबाट विद्यार्थीको कक्षा उन्नती गर्ने तयारी गरेको बताए । पाठ्यक्रम अनुसार सबै कक्षाको पढाइ सकिएकाले परियोजना कार्य, […]
१७ वैशाख, काठमाडौँ । सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म रहेको छ । ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको […]
१७ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कास्कीको पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो । ८२ वर्षीया महिलाको […]
१७ वैशाख, काठमाडौं । नेपाल सरकारको संचित कोषबाट निवृत्तिभरण बुझिरहेका व्यक्तिले पेन्सन खाता सक्रिय गराउन बैंक धाइरहनु नपर्ने भएको छ । नियम अनुसार पेन्सन खाता हरेक ६/६ महिनामा सक्रिय बनाउनु पर्छ । यसका लागि बैंकमै पुग्नुपर्छ । तर, कोरोना भाइरसको महामारीका बीच पेन्सन खाता सक्रिय बनाउन आगामी असार मसान्तसम्म बैंक जानु नपर्ने व्यवस्था मिलाइएको महालेखा […]
१७ बैशाख, सुर्खेत । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् । प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको दलको बैठकले कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउन सो निर्णय गरेको प्रमुख सचेतक सिता नेपालीले जानकारी दिइन् […]
१७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को महामारीको अवस्थालाई मध्यनजर राख्दै एम्बुलेन्सलाई एकीकृत रूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सह–प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले शुक्रबार एक परिपत्र जारी गर्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृत रूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन सबै […]
१७ वैशाख, काठमाडौं । काठमाडौं । कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या बढेसँगै पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा जलाउन लगिने शवको संख्या बढेको छ । उक्त शवदाह गृहमा बिहीबार २५ वटा शव जलाइएको छ । यो दोस्रो लहरको कोरोना भाइरसको महामारी सुरु भएपछिको सबैभन्दा धेरै हो । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार गत वर्ष […]
१७ वैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ जिल्ला कारागार चितवनबाट रिहा भएका छन् । जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए । उनलाई शुक्रबार नै जिल्ला अदालत पश्चिम नवलपरासी समक्ष बुझाइएको छ । ‘हाम्रा साथीहरुले उहाँलाई नवलपरासी (सुस्ता […]
१७ वैशाख, रुकुम(पूर्व) । कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा शुरु भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले […]
१७ वैशाख, नवलपरासी (पश्चिम)। श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले एक युवालाई प्रकाउ गरेको छ । प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ। घरायसी विषयमा विवाद हुँदा […]
१७ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १७५ जना पुरुष र ४४ जना महिला छन् । अस्पतालका अनुसार परीक्षणका लागि बिहीबार गरिएको नमुना संकलनमा ६०.७६ प्रतिशतमा सक्रमण देखिएको हो । संक्रमित हुनेमा पर्साका १३१ जना, बाराका ३४ जना, रौतहटका ३ […]
१७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह निटक युवा संघ नेपालले कोरोना रोकथामका लागि देशभर दश हजार स्वयम सेवक परिचालन गर्ने भएको हो । केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यालय कमिटीको बैठकले स्वयम् सेवक परिचालन गर्न केन्द्रीय समन्वय कमिटीले संयोजन गर्ने प्रवक्ता सञ्जीव राईले बताए । संघका उपाध्यक्ष नितेश पौडेलको […]
१७ वैशाख, विराटनगर । वारी पारी सडक छन् । बिचमा खोल्सो । वारीको सडकमा हातमा लौरो बोकेर बर्दीधारी उभिएका छन् । पारीपट्टी र खोल्सोमा झोला बोकेर बस्नेहरुको संख्या बाक्लो छ । वारी प्रहरीको आँखा छल्दै भिडबाट बेला बेला दौडेर आउँछन् र बाटो लाग्छन् । यो दृश्य विराटनगरको सीमावर्ती क्षेत्र विराटनगर रानीबाट पश्चिमतर्फको दरैया बस्तीको हो […]
१७ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै मृत्यु भएको छ । वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी […]
१७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक सहायता तथा अनुदानका नाममा वर्षेनि ठूलो रकम वितरण गर्छ । जनताबाट उठेको कर अनुत्पादक तथा जनतालाई प्रतिफल नदिने क्षेत्रमा सहायताका रूपमा बाँड्ने काममा १७ वर्षपछि आएका निर्वाचित जनप्रतिनिधिले कर्मचारीलाई समेत जितेका छन् । अझ विभिन्न दलका नेता निकटले खोलेका र नेताहरूको नाम जोडिएका संघ–संस्थालाई त महानगरकोे अनुदान र […]
१७ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार निकुञ्जको सुखिभार क्षेत्रको बूढीराप्ती फाँटमा बिहीबार एउटा भाले गैंडा मृत भेटिएको हो । सो गैंडा अन्दाजी ३० वर्षजतिको थियो । गैंडाको खाग र खुर सुरक्षित छ । निकुञ्जको सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैंडाको बसोबास रहँदै […]
from समाचार – Online Khabar https://ift.tt/3t7frIn
via IFTTT