समाचार
१७ वैशाख, सुर्खेत । रुकुम पश्चिममा वैशाख १९ गते आइतबार विहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले १९ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । जिल्लामा संक्रमितको संख्या बढिरहेकाले […]
१७ वैशाख, धनगढी । धनगढीको कोभिड-१९ अस्थायी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया गाउँपालिका-५ की ४० वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका अनुसार उनीमा कडा खालको निमोनिया थियो । वैशाख १५ गते अस्पताल भर्ना भएकी उनको आईसीयूमा राखेर उपचार गरिए […]
१७ वैशाख, मुस्ताङ । मुस्ताङमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मुस्ताङ घरपजोड गाउँपालिका-४ की ७२ वर्षीया महिलाको १६ गते बेलुका उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ । उनी उच्च रक्तचाप, मधुमेहको रोगी थिइन् । योसँगै मुस्ताङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ ।
१७ वैशाख, गोरखा । गोरखामा शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टारमा मात्रै ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । केही दिनअघि २९ जनामा संक्रमण पुष्टि भएपछि सो गाउँबाट १ सय ७३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो । उनीहरुमध्य ३३ जनामा […]
१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै सुनसरी जिल्ला इन्चार्जमा भगवती चौधरीलाई थप गरेका छन् । जगदीश कुसियतलाई इन्चार्जको जिम्मेवारी दिइएपछि १० वैशाखको बैठकमा असन्तुष्टि जनाउँदै चौधरी बाहिरिएकी थिइन् । तर, अपानि मार्फत् कुशवाह र चौधरी दुवै जना इन्चार्ज भएको जानकारी दिइएको छ । ‘जिल्लामा एउटै […]
१७ वैशाख, काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ । युनाइटेडसँग प्राप्ति सम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर समेत भएको छ । प्रँप्ति सम्बन्धी सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट मर्जर उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मनिष खेम्काले हस्ताक्षर गरे । उपाध्यक्ष नबिल बैंकको र खेम्का युनाइटेडको मर्जर समितिका संयोजक हुन् […]
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आएको बताएका छन् । शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संस्थाले धान्नै नसक्ने स्थिति बनेको र आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनको अभाव हुन थालेको बताएका हुन् । ‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम […]
१७ वैशाख, धनगढी । कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्न सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा निजी अस्पताल पनि तयार भएका छन् । कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालसहितका अन्य १० निजी अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयबीच शुक्रबार कोरोना संक्रमितको उपचार गर्न सहमति भएको हो । निजी अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले प्रदेश सरकारसँगको सम्झौताअनुसार […]
१६ वैशाख, काठमाडौं । नखिपोट, ललितपुरकी उषा राई कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेको तीन दिन भयो । उनलाई ज्वरो आउनुका साथै खोकी लाग्ने, घाँटी देख्ने, आँखा पोल्ने, शरीर दुख्ने जस्ता समस्या देखिएको छ । गत वर्ष पनि उनलाई कोरोना संक्रमण भएको थियो । त्यसबेला संक्रमित भएको २४ घण्टाभित्रै महानगरपालिका र वडा कार्यलयले फोन गरेर स्वास्थ्य […]
१७ वैशाख, काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणमा पुगेका आरोहीहरु एक साता भित्रै चुचुरोतर्फ जान शुरु गर्ने भएका छन् । पछिल्लो मौसम अपडेट अनुसार पहिलो चरणमा शुक्रबारदेखि मे ९ सम्म सगरमाथामा मौसम अनुकुल हुने पूर्वानुमान रहेको छ । यही समयमा सम्भव भएसम्म आरोहणको केही टोली चुचुरोतर्फ लाग्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । […]
१७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको […]
१७ वैशाख, काठमाडौं । सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, […]
१७ वैशाख, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सचिव दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् । उनले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको २०७७ मंसिर २८ गतेको आदेश आधारहीन र प्रमाणहीन हुनुका साथै उक्त आदेशका कारण आफ्नो संविधान प्रदत्त मौलिक हकमा आघात पुगेको […]
१७ वैशाख, काठमाडौँ । आगामी जुलाई महिना अगाडी भारतले नेपालसहित छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंका लगायतलाई खोप उपलब्ध गराउने सम्भावना कम रहेको भारतीय अधिकारीहरुले बताएका छन् । भारतमा कोरोना संक्रमितको संख्या केही साता यता ह्वात्तै बढेको छ भने मे १ देखि भारतले १८ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान शुरु गर्ने तयारी गदैछ । सेरम […]
१७ वैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशको प्रदेश कमिटी विस्तार गरेर १४७ सदस्यीय बनाएको छ । कर्णाली प्रदेश संगठन कमिटीका इन्चार्ज, सहइन्चार्जहरु, अध्यक्ष तथा सचिवद्वारा प्रस्तुत नामावलीलाई पार्टी केन्द्रीय कमिटीले अनुमोदन गरेको प्रदेश कमिटीका सचिव धर्मराज रेग्मीले जानकारी दिए । वैशाख १३ गते महासचिव ईश्वर पोखरेलले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा कर्णाली […]
१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनलाई सहज बनाउने अध्यादेश ल्याएपछि रातारात एक भएको जनता समाजवादी पार्टी (जसपा)मा उनै ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विवादमा अल्झिएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा छन् । मुद्दा फिर्ता लगायतका माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक […]
१७ वैशाख, काठमाडौं । निषेधाज्ञाका बीच हवाई उडानमा आधा भन्दा बढी उडान संख्या कम भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शुक्रबार आन्तरिकतर्फ मात्र ७७ वटा उडान–अवतरणको तालीका रहेको छ । यसअघि निषेधाज्ञा शुरु हुने अघिल्लो दिन बुधबार कुल १४९ वटा उडान अवतरण भएका थिए । यो संख्या कोरोना महामारी शुरु भएयताकै सबैभन्दा […]
१७ वैशाख, काठमाडौँ । टोखा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रमबाट आएको रु २५ लाख र टोखाको कृषि शाखाबाट विनियोजन गरिएको रु २५ लाख गरी रु ५० लाख बराबरको कृषि सामग्री वितरण गरेको हो । नगरपालिका प्रमुख प्रकाश अधिकारीले उक्त कार्यक्रमअनुसार कृषकलाई […]
१७ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् । पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा […]
१७ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना टर्दै गएपछि विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी थालेका छन् । काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षा ऐन, नियमावलीमा भएको व्यवस्थाअनुसार आन्तरिक मूल्यांकनबाट विद्यार्थीको कक्षा उन्नती गर्ने तयारी गरेको बताए । पाठ्यक्रम अनुसार सबै कक्षाको पढाइ सकिएकाले परियोजना कार्य, […]
१७ वैशाख, काठमाडौँ । सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म रहेको छ । ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको […]
from समाचार – Online Khabar https://ift.tt/3u69Ymd
via IFTTT