समाचार
१६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले निषेधाज्ञा अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । अस्पतालमा जानुपर्ने महानगरपालिकभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिन लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजश्वर ज्ञावालीका अनुसार ११८० र १०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने छ । महानगरपालिकाले यसअघिदेखि नै महानगरका वृद्ध नागरिकका लागि यस्तो सुविधा […]
१६ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको मृत्यु भएको जानकारी […]
१६ वैशाख, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । सैनामैना–१ वनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेका छन् । अस्पतालमा अक्सिजन सिलिण्डर थप भएमा ५० बेडमै लक्षणसहितका संक्रमितलाई […]
१६ वैशाख, काठमाडौं । देशभित्र कोरोना स्रंक्रमितको संख्या अप्रत्यासित रुपमा बढेसँगै भारतले खोप निर्यातमा ‘अघोषित प्रतिबन्ध’ लगाएपछि नेपाल सरकारले अन्य मुलुकबाट खोप ल्याउने गृहकार्य अगाडि बढाएको छ । अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोप भारतबाट अप्रिल महिनाको अन्तसम्म ल्याउने र थप ५० लाख डोज खोप खरिदका लागि सेरम इन्स्टिच्युटसँग सम्झौता गर्ने तयारीमा सरकार थियो […]
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् । कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीलाई आईसीयूमा राखिएको भन्दै उनले यसबारे छानविन गर्न माग गरेका हुन् । स्वास्थ्य संस्थाहरुलाई समेत प्रयोग गरेर कीर्ते गरिएको भन्दै उनले भने, ‘सांसद ठूलो चलखेलमा […]
१६ वैशाख, विराटनगर । कोरोना महामारीको दोस्रो लहरले जनजीवन प्रभावित हुँदा प्रदेश सरकार हराएको प्रतिपक्षी दलका नेताहरुले बताएका छन् । संक्रमणका कारण जनता छटपटाइरहँदा प्रदेश १ सरकार भने हराएको उनीहरुको आरोप छ । कोरोना महामारीको पहिलो लहरमा देखिनेगरी काम गरेको प्रदेश १ सरकार दोस्रो लहर शुरु हुँदै गर्दा कामबाट विमुख भएको नेकपा माओवादी केन्द्र प्रदेश […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहरको प्रकोप रोक्न सरकारले घोषणा गरेको १५ दिन लामो निषेधाज्ञा बिहीबारबाट सुरु भएको छ । संघीय राजधानी काठमाडौंसहित कोरोना अति प्रभावित जिल्लाहरुमा सुरु हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने स्थानीय प्रशासनहरुले घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनाअनुसार अत्यावश्यक सेवा भित्र […]
१६ वैशाख, पोखरा । कलेजोसम्बन्धी समस्याले राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सांसद टेकबहादुर घर्तीको २०७५ साल मंसिर २६ गते मृत्यु भयो । बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ बाट चुनाव जितेका घर्तीको उपचारको क्रममा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुने भयो । मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रदेशसभा सदस्य जनमोर्चाले र वडाध्यक्षमा नेकपाले तालमेल गर्ने सहमति […]
१६ वैशाख, काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा ६१ प १५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको हो । बुधबार राति भएको दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलंकीमा बिहीबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ […]
१६ वैशाख,काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञा अवधिभर उपत्यकाका चार वटा बिक्री केन्द्रमार्फत खाद्यान्न बिक्री गर्ने भएको छ । निषेधाज्ञमा बजार मूल्यमा हस्तक्षेप गर्न थापाथली, नख्खु, रामशाहपथ र सूर्यबिनायक बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने निर्णय भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । रामशाहपथ र सूर्यबिनायक बिक्री […]
१५ वैशाख, काठमाडौं । भारत अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सामना गरिरहेको छ । महामारीको दोस्रो लहरबाट समस्यामा परेको भारतका केही तस्वीरले समग्र विश्व नै आश्चर्यमा परेको छ । यद्यपि भारतमा देखिएको कोरोनाको महामारी भारतको मात्र संकट भने होइन, यो संकट प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सबैको संकट हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)की प्रमुख वैज्ञानिक […]
१६ वैशाख, काठमाडौं । बिहीबारदेखि लागु निषेधाज्ञाको उल्लंघन गर्दै विना काम सडकमा निस्किएको आरोपमा एक हजार ४५७ जना कारबाहीमा परेका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसपी सुशील सिंह राठौरका अनुसार उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कारबाहीमा परेका हुन् । ‘मास्क नलगाइ हिँडेकादेखि विना काम हिँडेकासम्मलाई होल्ड गराएका छौं, मास्क पनि वितरण गरेका […]
१६ वैशाख, काठमाडौं । डडेलधुरा अस्पतालको कोभिड आइसोलेसनमा जनशक्तिको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ । तीव्र रुपमा कोरोना संक्रमित थपिँदै जाँदा अस्पतालमा भएका जनशक्ति पनि संक्रमित भएर आइसोलेसनमा बस्नु पर्दा उपचारमा समस्या आएको अस्पतालकी नर्सिङ अधिकृत मनकेशरी महर्जनले अनलाइनखबरलाई जानकारी दिइन् । ‘प्यारामेडिक्ससहित ५ जना कर्मचारी संक्रमित भइसकेका छन् । जसमध्ये एकजना […]
१६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालकाे काेभिड अस्थायी अस्पतालमा उपचाररत थप दुई जना काेराेना संक्रमितकाे मृत्युु भएकाे छ । संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीकाे घाेडाघाेडी नगरपालिका- १० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका-२ का ३३ वर्षीय पुरूषकाे मृत्युु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुधबार अस्पताल भर्ना […]
१५ वैशाख, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण भएको छ । महासचिव गौतमसहित संघीय संसदका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । यस्तै, संघीय सांसद पुष्पाकुमारी कर्ण कायस्थलाई पनि कोरोना संक्रमण भएको छ । मंगलबार स्वाब दिएको र मंगलबार नै रिपोर्ट पोजेटिभ आएको सांसद कायस्थले […]
१६ वैशाख, भोजपुर। ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । दोर्चीले ती महिलालाई सोमबार साँझ जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१६ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्क फ्रम होम र आलोपालो प्रणालीमा काम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आजबाट सुरु भएको निषेधआज्ञाको समयमा आलोपालो प्रणालीमा गर्ने, घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यवस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यलय प्रमुखले कोभिड काज बनाउने निर्णय गरेको […]
बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालको आइसीयू कक्षको बार्दलीमा एक जोडी अनुहार निकै उदास मुद्रामा थियो । बार्दलीको कुनामा ओछ्याइएको म्याटमा उनीहरू झोक्राएर बसिरहेका भेटिए । उनीहरू यसरी झोक्राएर बसेको आठ दिन बितिसकेको छ । कोरोना संक्रमित आमाको कुरूवा बनेर बसेका यी छोरी-ज्वाँइले विगत दुई सातादेखि भोक-निद्रा भन्न पाएका छ्रैनन् । ज्यानको पीडाको के कुरा, खप्नै […]
१६ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो । विराट मेडिकल कलेजमा ६२ वर्षीया महिलाको मृत्यु भएको छ । विराट कोभिड–१९ अस्पतालका इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति […]
१६ वैशाख, मोरङ । विपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख ९ गते सोमबार अस्पताल भर्ना भएका सप्तरीका २४ वर्षीय संक्रमित पुरुषको दिँउसो १२: १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । ती संक्रमित पुरुष सुगर र प्रेसरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ […]
१६ वैशाख, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनी आफैंले ट्वीटरमार्फत् दिएका हुन् । ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् । आफूलाई खासै अप्ठ्यारो नभएको र आफ्नो ख्याल गरिरहेको उनले उल्लेख गरेका छन् । समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय […]
from समाचार – Online Khabar https://ift.tt/3u1Ln28
via IFTTT