समाचार
१७ वैशाख, रुकुम(पूर्व) । कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा शुरु भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले […]
१७ वैशाख, नवलपरासी (पश्चिम)। श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले श्रीमान्लाई प्रकाउ गरेको छ । प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ। घरायसी विषयमा विवाद हुँदा श्रीमानले […]
१७ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १७५ जना पुरुष र ४४ जना महिला छन् । अस्पतालका अनुसार परीक्षणका लागि बिहीबार गरिएको नमुना संकलनमा ६०.७६ प्रतिशतमा सक्रमण देखिएको हो । संक्रमित हुनेमा पर्साका १३१ जना, बाराका ३४ जना, रौतहटका ३ […]
१७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह निटक युवा संघ नेपालले कोरोना रोकथामका लागि देशभर दश हजार स्वयम सेवक परिचालन गर्ने भएको हो । केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यालय कमिटीको बैठकले स्वयम् सेवक परिचालन गर्न केन्द्रीय समन्वय कमिटीले संयोजन गर्ने प्रवक्ता सञ्जीव राईले बताए । संघका उपाध्यक्ष नितेश पौडेलको […]
१७ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै मृत्यु भएको छ । वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी […]
१६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक सहायता तथा अनुदानका नाममा वर्षेनि ठूलो रकम वितरण गर्छ । जनताबाट उठेको कर अनुत्पादक तथा जनतालाई प्रतिफल नदिने क्षेत्रमा सहायताका रूपमा बाँड्ने काममा १७ वर्षपछि आएका निर्वाचित जनप्रतिनिधिले कर्मचारीलाई समेत जितेका छन् । अझ विभिन्न दलका नेता निकटले खोलेका र नेताहरूको नाम जोडिएका संघ–संस्थालाई त महानगरकोे अनुदान र […]
१७ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार निकुञ्जको सुखिभार क्षेत्रको बूढीराप्ती फाँटमा बिहीबार एउटा भाले गैंडा मृत भेटिएको हो । सो गैंडा अन्दाजी ३० वर्षजतिको थियो । गैंडाको खाग र खुर सुरक्षित छ । निकुञ्जको सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैंडाको बसोबास रहँदै […]
१७ वैशाख, काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । चार दिन अगाडि थापाको छोरीलाई […]
१७ वैशाख, काठमाडौं । विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नेदेखिएको बताएका छन् । नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै सहमति नगरेको समेत उनले बताए । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रचण्डले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार […]
१७ वैशाख, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज शुक्रबारेदेखि आवेदन खुला भएको छ । प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ […]
अहिले स्थानीय तहमा तुलनात्मक रूपमा राम्रो आर्थिक स्रोत छ । पहिले त स्थानीय तहमा त्यति ठूलो स्रोत हुँदैनथ्यो । त्यसैले पनि ठूलो आर्थिक सहायता दिन सम्भव थिएन । अहिले अवस्था फरक बन्दै गएको छ । सहायता भन्नासाथ नकारात्मक रूपमा नै हेर्नुहुँदैन । कतिपय सहायता सामाजिक दृष्टिकोणले आवश्यक पनि हुन्छन् । यस्ता सहायताले समाजका पिछडिएका, संरक्षण, […]
१७ वैशाख, काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालमै उपचाररत पूर्व राजा […]
धेरै स्थानीय तहमा वित्तीय अनुशासन र सुशासनको पक्ष कमजोर छ । यसबारे विवेचना गर्नुअघि कानूनीपक्ष हेर्नुपर्छ । हाम्रो संविधानले स्थानीय तहलाई राज्यशक्तिको अधिकार दिएको छ । राज्यशक्ति भनेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहितको अधिकार हो । त्यसकै आधारमा हामीले गाउँ–गाउँमा सिंहदरबार पुगेको भनेका हौं । संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहअस्तित्व, सहकार्य र समन्वयका […]
१७ वैशाख, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जका दुई जना महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक जना पुरुषको मृत्यु भएको हो । अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासका अनुसार वीरगञ्ज–१६ नगवा निवासी ४८ वर्षीया महिलाको शुक्रबार बिहान पौने २ बजे निधन भएको […]
१७ वैशाख, धनगढी । झ्याल बाहिर अक्सिजनका सिलिण्डर । इमर्जेन्सी वार्डमा रहेका सबै शय्या भरिभराउ । ग्यालरीमा समेत बेड राखेर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको छ । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा पुग्ने जो–कोहीले यही दृश्य देख्न सक्छ । कतिपय बिरामी त अक्सिजन समेत नपाएर तड्पिरहेको हृदयविदारक दृश्य पनि देख्न […]
१७ वैशाख, बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् । कारागार चलान […]
१७ वैशाख, काठमाडौं । सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताए ।ट्राफिक जामका कारण बाटोमै अड्किएका […]
१७ वैशाख, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । अध्यक्ष कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका अध्यक्ष कुशवाहाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । पछिल्लो केही दिनयता वीरगञ्जस्थित डेरामा राखेर उपचार भइरहेको थियो । उनको छोरा नै डाक्टर हुन् […]
१७ वैशाख, काठमाडौं । दाङ जिल्लामा शुक्रबार बिहानबाट निषेधाज्ञा लागू भएको छ । वैशाख १७ गते विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको […]
१७ वैशाख, काठमाडौं । नेपालले अर्को महिला इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले एसियन कपको उपाधि जितिसकेको राष्ट्र इराकसँग मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको बिहीबार जनाएको छ । तीन दिनअघि इराक फुटबल संघले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्नेबारे समाचार सार्वजनिक गरेको थियो । तर एन्फाले भने […]
१७ वैशाख, काठमाडौं । इजरायलमा यहुदी पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । यो घटना उत्तरी इजरायलस्थित माउन्ट मेरोनको हो । घटनामा कम्तिमा ३८ जनाको मृत्यु भएको स्थानीय एक पत्रिकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ठूलो आपत आइलागेको भन्दै घाइतेहरुको शीघ्र […]
from समाचार – Online Khabar https://ift.tt/331rnRb
via IFTTT