समाचार
१७ वैशाख, काठमाडौं । दाङ जिल्लामा शुक्रबार बिहानबाट निषेधाज्ञा लागू भएको छ । वैशाख १७ गते विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको […]
१७ वैशाख, नेपालगञ्ज । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय […]
१७ वैशाख, काठमाडौं । नेपालले अर्को महिला इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले एसियन कपको उपाधि जितिसकेको राष्ट्र इराकसँग मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको बिहीबार जनाएको छ । तीन दिनअघि इराक फुटबल संघले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्नेबारे समाचार सार्वजनिक गरेको थियो । तर एन्फाले भने […]
१७ वैशाख, काठमाडौं । इजरायलमा यहुदी पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । यो घटना उत्तरी इजरायलस्थित माउन्ट मेरोनको हो । घटनामा कम्तिमा ३८ जनाको मृत्यु भएको स्थानीय एक पत्रिकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ठूलो आपत आइलागेको भन्दै घाइतेहरुको शीघ्र […]
१७ वैशाख, धनगढी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि […]
१७ वैशाख, धनगढी । झ्याल बाहिर अक्सिजनका सिलिण्डर । इमर्जेन्सी वार्डमा रहेका सबै शय्या भरिभराउ । ग्यालरीमा समेत बेड राखेर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको छ । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा पुग्ने जो–कोहीले यही दृश्य देख्न सक्छ । कतिपय बिरामी त अक्सिजन समेत नपाएर तड्पिरहेको हृदयविदारक दृश्य पनि देख्न […]
१६ पोखरा, वैशाख । प्रदेशसभामा आफूलाई स्वतन्त्र सांसदको हैसियतमा छुट्टै बस्ने ठाउँको माग गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे बुधबार एकाएक गायब बने । जबकि प्रदेशसभा सचिवालयले उनको मागअनुसार नै स्वतन्त्र सांसदका रुपमा बस्ने व्यवस्था मिलाएको थियो । र, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले ल्याएको अविश्वासको प्रस्तावमाथि […]
१६ वैशाख, काठमाडौं । स्थान : कलंकी, बाबा पेट्रोल पम्प छेउ । समयः दिउँसो साढे १२ बजे । सडक किनारमा एक अधवैंशे पुरुष टुक्रुक्क बसेका छन् । छेउमा दुईवटा जेब्रा झोला र एउटा प्लाष्टिकको बोरा छ । तिनमा केही लुगाफाटा पोको पारेका छन् । घरि यता, घरि उता गरिरहन्छन् । झोला देखेरै उनको बेचैनीको कारण […]
१५ वैशाख, काठमाडौं । बिहीबार दिउँसो १२ बजे शुक्रराज अस्पताल टेकुमा ‘श्री शान्ति युवा क्लब कैलाली’ लेखिएको एम्बुलेन्स तीव्र गतिमा इमर्जेन्सी अगाडि रोकियो । हतारिंदै अधबैंसे पुरुष एम्बुलेन्सको अघिल्लो ढोकाबाट निस्किए । निकै हतास देखिएका उनी महेन्द्रनगरदेखि काठमाडौं आइपुग्दा घण्टौं लामो जाममा परे । यसैले जतिसक्दो चाँडो बिरामी श्रीमतीलाई जाँच गराउन चाहन्थे । बुधबार बिहानै […]
१६ वैशाख, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका छन् । आठ सदस्यीय मन्त्रिपरिषदमा दोलखाकी बस्नेत एक्ली महिला मन्त्री हुन् । तीन वर्षअघि गठित पौडेल नेतृत्वको सरकारमा पुरुष मन्त्री मात्रै थिए । लैङ्गिक हिसाबले बस्नेत पहिलो र एक्ली महिला मन्त्री बने पनि मन्त्रिपरिषद् पूरै असमावेशी छ । एमाले र […]
१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता नै खारेजीको घोषणा गरे पनि अनौठो मान्नु नपर्ने टिप्पणी गरेका छन् । नोबेल कोरोनाभfइरस (कोभिड–१९) को महामारी रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकालपूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ । ‘संघीय संसदको बजेट अधिवेशन शुरु गर्ने बेला भयो, […]
१६ वैशाख, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई नै पत्र लेखेर फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । यसअघि लेखा समितिले तीन पटक रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्र्याकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो । ‘रक्षा मन्त्रालयलाई पटक पटक पत्र पठाउँदा समेत निर्देशन […]
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको आज पहिलो दिन । विहान ६ बजे नै प्रहरीले राजधानी शहरका धेरै सडक बन्द गर्न डिभाइडर तेर्स्याइसकेको छ । कालिमाटीबाट हुइँकिएर टेकुतर्फ आएको ट्याक्सीलाई एक प्रहरी निरीक्षकले रोक्न इशारा गरे । हातमा रजिस्ट्रर र डटपेन बोकेर छेउमै प्रहरी हवल्दार उभिएका छन् । ‘कहाँसम्म हउ, सर ?’ […]
१६ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार लामा थुनामुक्त भएका हुन् । उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो […]
१६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट […]
१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । […]
१६ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कोरोना परीक्षण गराउन आएका ४ जनामध्ये औसत ३ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको पाइएको छ । अस्पतालको तथ्यांकअनुसार वैशाख १ गतेदेखि १५ गतेसम्म ३३८० जनाको नमुना परीक्षण गर्दा २५१६ जनामा संक्रमण पुष्टि भएको हो । यो भनेको संक्रमणदर ७४.४४ प्रतिशत हो । यसरी हेर्दा औसतमा कोरोना परीक्षणका […]
१६ वैशाख, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले सरकार दुई सातामै जानसक्ने बताएका छन् । तर चुनावमा मुख्यमन्त्रीले आफूलाई सहयोग गरेकाले गुन तिरेको उनले बताए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएका थिए, जसमा मनाङ्गेलाई नियुक्त गरिएको छ । शुक्रबार सपथ लिएका […]
१६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष […]
१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर १ हजार भाइल खरिद गर्ने भएको छ । कोरोना नियन्त्रणबारे उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकमा प्रदेश सरकारले रेम्डिसिभिर खरिद गर्ने निर्णय गरेको हो । संक्रमितका लागि सबै भन्दा महत्वपूर्ण औषधी मानिएको रेम्डिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य […]
१६ वैशाख, काठमाडौं । २०५० देखि ७५ सालसम्म काठमाडौं प्रहरी प्रमुखमा जो प्रमुख भएर आए, हरेकको सूचीमा हुन्थे राजीव गुरुङ उर्फ दिपक मनाङ्ग । चुनाव हुँदा होस् या ‘गुण्डा समूह’सँग जोडिएका जुनसुकै घटना हुँदा होस्, उनी पक्राउ पर्नु सामान्य बनिसकेको थियो । पक्राउ परेनन् भने चाहिँ उनी आफैं कनिष्ठ प्रहरीहरुसँग सोध्थे, ‘मलाई … (प्रहरी प्रमुखको […]
from समाचार – Online Khabar https://ift.tt/3e3P6GM
via IFTTT