Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोशी कोभिड अस्पतालका डाक्टर र नर्स काम छाडेर आन्दोलनमा

१३ वैशाख, विराटनगर । सरकारले तोकेको न्यूनतम सुविधा नपाएपछि विराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको उपचारमा खटिरहेका डाक्टर र नर्सले न्यूनतम सुविधा नपाएको भन्‍दै काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । १८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना […]

कोरोना भाइरसविरुद्धको खोप लगाउन खचाखच लाइन

१३ वैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबार काठमाडौंको परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाहिर लामाे लाइन लागेको छ । चीनमा विकास भएको खोप भेरोसेल लगाउन सर्वसाधारण चर्को घाममा लाइन लागेका थिए । छाता ओढेर लाइन बसेकामा धेरैजसो महिला थिए । उनीहरुले मास्क त लगाएका थिए तर लामो लाइन र छिटो खोप लगाउने […]

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने  स्रोतले जानकारी दिएको छ । आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) […]

त्रिभुवन विश्‍वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

१३ वैशाख, काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो । त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड- १९ को दोस्रो लहरको प्रकोपका कारण देशका […]

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

१३ वैशाख, पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव […]

लगातार दोस्रो दिन पनि उच्च अंकले घट्यो नेप्से

१३ वैशाख, काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन उच्च अंकले घटेको छ । आइतबार ठूलै करेक्सनको सामना गरेको सेयर बजारमा सोमबार समेत लगानीकर्ताको आत्मविश्वास फर्कन सकेन । सोमबार बजार ६५.५८ अंक (२.५५ प्रतिशत) ले घटेको छ । सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ । बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार […]

वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित

१३ वैशाख, काठमाडौँ । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि यही वैशाख १९ […]

तीन वर्षमा ४६ करोड किलो अक्सिजन आयात

१३ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षमा झण्डै ४६ करोड किलो तरल अक्सिजन आयात भएको पाइएको छ । भारत अमेरिका, चीन लगायतका मुलुकबाट पछिल्लो तीन वर्षमा उक्त परिमाणको अक्सिजन आयात भएको भन्सार विभागले जनाएको छ । आर्थिक वर्षमा २०७५/७६ देखि चालु आवको १० महिनासम्म ३४ करोड ४७ लाख रुपैयाँ बराबरको ४५ करोड ९९ लाख […]

स्वास्थ्य मन्त्रालयले सच्यायो निर्णय, आइतबारसम्म आएका विदेशीको पीसीआर परीक्षण हुने

१३ वैशाख, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई विदेश जान आइतबारसम्म नेपाल आइपुगेका विदेशी नागरिकको पीसीआर परीक्षण हुने भएको छ । यसअघि मन्त्रालयले आइतबार कुनै मिति नतोकी नेपाललाई ट्रान्जिट बनाइ विदेश जान आएका विदेशीको पीसीआर परीक्षण रोक्न प्रयोगशालाहरुलाई निर्देशन दिएको थियो । निर्णय सच्याउँदै सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका र एयर […]

विमान चलिरहे सार्वजनिक सवारी पनि बन्द गर्दैनौं : यातायात व्यवसायी

१३ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध नीति देखिएपछि यातायात व्यवसायीले असन्तुष्टि पोखेका हुन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले असोज १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर […]

निजी क्षेत्रबाट खोप ल्याउने बाटो खोल्न परिसंघको माग

१३ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना संक्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा खोप खरिदलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ । कोरोनाको चेन ब्रेक गर्न तत्काल खोप लगाउनु पर्ने भन्दै परिसंघको सोमबार बसेको आकस्मिक बैठकले यस अभियानमा निजी क्षेत्रलाई समेत सहभागी गराउन माग गरेको छ । खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत […]

एमालेबाट निर्वाचित कर्णाली प्रदेशका चार सांसद पदमुक्त

१३ वैशाख, सुर्खेत । एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन् । पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा […]

गण्डकी संक्रामक अस्पताल : कोरोनाका गम्भीर बिरामीलाई पनि छैन बेड

१३ वैशाख, पोखरा । स्याङ्जा वालिङकी एक महिलामा शनिबार लक्षणसहित कोरोना संक्रमण देखियो । अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गर्नुपर्ने भयो । गण्डकी प्रदेशभरिमा कोरोना संक्रमित बिरामी राख्ने एकमात्र अस्पताल हो, संक्रामक तथा सरुवा रोग अस्पताल । बिरामीका आफन्तले अस्पतालमा फोन गरेर अवस्था बताए, तर अस्पतालले बेड उपलब्ध गराउन नसक्ने जानकारी गरायो । बिरामीको […]

नेपालगञ्जको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय

१३ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । अनलाइनखबरले भेरी अस्पतालका चिकित्सकहरु ‘भयावह स्थितिको सामना गर्न नसक्ने अवस्थामा रहेको’बारे आइतबार स्थलगत रिपोर्टिङ प्रकाशन गरेको थियो […]

कोरोनाका कारण कन्सुलरका सबै सेवा भोलिदेखि फोन र इमेलबाट

१३ वैशाख, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)का कारण अत्‍यावश्‍यक कन्सुलर सेवा प्रवाह वैशाख १४ देखि इमेल र फोन मार्फत हुने भएको छ । कन्सुलर विभागले सोमबार अत्यन्त जरुरी सूचना निकालेर इमेल वा फोन मार्फत हुने जनाएको छ । विभागका अनुसार कन्सुलर तथा कानुनी परामर्शका लागि १०९/१०५ वा [email protected]मा, कागजात प्रमाणीकरणका लागि १०७/१०१ वा [email protected]मा, कूटनैतिक […]

अक्सिजन सिलिण्डरको भन्सार शुल्क मिनाहा गर्न अर्थलाई स्वास्थ्य मन्त्रालयको प्रस्ताव

१३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डर र त्यसका लागि आवश्यक पर्ने उपकरण आयात सहज बनाउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । कोभिड संकट गहिरिँदै जाँदा हुनसक्ने अक्सिजन अभाव चिर्न अक्सिजन ग्यासको सिलिण्डर र त्यसका लागि आवश्यक पर्ने उपकरणमा भन्सार महसुल, अन्तशुल्क र भ्याट मिनाहा गर्न स्वस्थ्य मन्त्रालयबाट प्रस्ताव आएको अर्थ मन्त्रालयले […]

बझाङमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन जनचेतना कार्यक्रम

१३ वैशाख,  बझाङ । कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले बझाङमा जनचेतनाका कार्यक्रम शुरुवात गरेको छ ।  सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको  टोलीले चोकचोक र सडकमा माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना संक्रमण दर […]

संक्रमितले भरियो कर्णाली प्रदेश कोभिड अस्पताल, अक्सिजन अभाव

१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ । २५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या […]

अक्सिजन होइन, सिलिण्डरको अभाव छ !

१३ वैशाख, काठमाडौं । कोभिड १९ को दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको भारतमा ठूला शहरका अस्पतालहरू संक्रमितहरूले भरीभराउ हुन थालेका छन् । अक्सिजनकै अभावमा मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतमा जत्तिकै नभएपनि नेपालमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । बाँकेमा जटिल अवस्थाका संक्रमितहरुले बेड नपाउने अवस्था छ […]

गण्डकीमा सत्ता सहकार्यबारे लिखित सहमति गर्न जसपाको माग

१३ वैशाख, पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टीले नयाँ सत्ता गठबन्धनबारे लिखित सहमित गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग माग गरेको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता गराएको अविश्वास प्रस्ताव टेबुल भएको छ । जनता समाजवादी पार्टीले अविश्वासको प्रस्तावको पक्षमा मत दिने तर ४ […]

अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

१३ वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा.समीर […]



from समाचार – Online Khabar https://ift.tt/3eu6vaF
via IFTTT
Powered by Blogger.