Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारले भन्यो- तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क नलिनू

१४ वैशाख, काठमाडौं । सरकारले तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले तोकिएभन्दा बढी कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क उठाएको गुनासो आएकाले थप शुल्क नलिन आग्रह गरेको छ । सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र […]

सम्पदा पुनर्निर्माणपछिको मध्यपुर थिमी (फोटो फिचर)

१४ वैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका धेरै सम्पदा पुनर्निर्माण भएका छन् । संरक्षणको अभावमा जीर्ण भएका, अतिक्रमणमा परेका र भूकम्पका कारण जीर्ण भएका सम्पदाहरु अहिले पुनर्निर्माण भएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि मध्यपुर थिमीमा सम्पदा पुनर्निर्माणले गति लिएको हो अस्तित्व नै समाप्त भएका केही सम्पदा पुन उत्खनन्, जीर्ण भई अस्तित्व नै […]

जसपा बैठक : कार्यकारिणी समितिको बैठक बोलाउन सहमति जुटेन

१४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा छलफल भएपनि सहमति जुटेन । स्रोतका अनुसार संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने बताएका थिए । तर अध्यक्ष महन्थ ठाकुर […]

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, काठमाडौं । तनहुँ र गोरखामा गरी गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । ती पुरुषमा वैशाख ८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यसैगरी गोरखाको […]

भूकम्पको ६ वर्ष : पर्वतमा निजी आवास पुनःनिर्माण ७७ प्रतिशत सम्पन्न

१४ वैशाख, पर्वत । पर्वतमा भूकम्प गएको ६ वर्षमा तीन हजार ४४४ निजी आवास पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनःनिर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत सम्पन्न भएको जनाएको छ । जिल्लामा भूकम्पले घर भत्किएको भन्दै अनुदान सम्झौता गर्नेको […]

कोरोना संक्रमणबाट रौतहटमा एकजनाको मृत्यु

१४ वैशाख, रौतहट । कोरोना संक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ । गौर नगरपालिका–२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो । वैशाख ११ गते कोरोना संक्रामण पुष्टि भएपछि ती वृद्ध होम आइसोलेसनमा बसिरहेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि गौर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी […]

भेरी अस्पतालमा ४७६ नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि

१४ वैशाख, काठमडौं । बाँकेको भेरी अस्पतालमा ४७६ जनाको नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले जनाए अनुसार आइतबार गरिएको उक्त परीक्षणमा २०६ जना पुरुष र १७७ जना महिलामा संक्रमण पुष्टि भएको हो । संकलित नमुनाको चाप र डाटा इन्ट्री गर्ने सफ्टवेयरमा आएको समस्याले गर्दा सोमबार साँझ सार्वजनिक हुनुपर्ने रिपोर्ट […]

बैकिङ कसूर मुद्दामा दोषी ठहर भएका दुईजना पक्राउ

१४ वैशाख, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बैकिङ कसूर मुद्दामा दोषी ठहर भइ फरार रहेका दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ-१० बानेश्‍वरका ५० वर्षीय कैलाश प्रसाद श्रेष्ठ र काठमाडौँ चन्द्रागिरी-१० का ३३ वर्षीय नारायण अचार्य रहेका छन् । दुवैजना बैकिङ कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसूरदार ठहर भइ फरार […]

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

१४ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ । अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो ।

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, वीरगञ्‍ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको परवानीपुर गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगञ्जमा योसँगै मंगलबार मात्रै तीनजनाको मृत्यु भएको छ । बिहान मात्रै दुईजना संक्रमितको मृत्यु भएको थियो । ०७७ चैत ३० गते कोरोना संक्रमण पुष्टी भएपछि उनी होम आइसोलेसन मै थिए । […]

कोरोनाको दोस्रो लहर : प्रदेश २ सरकारले पूरा गरेन प्रतिबद्धता

१४ वैशाख, जनकपुरधाम । अहिलेको जस्तै गत वर्ष कोरोना भाइरस संक्रमणको पहिलो लहरका कारण अवस्था आक्रान्त थियो । त्यस अवस्थालाई झेलेको प्रदेश २ सरकारले १ असार २०७७ मा चालू आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न प्रतिबद्धता जनाएको थियो । बजेटको बुँदा नम्बर २५ मा कोरोना महामारीको प्रकोपको कारण आर्थिक […]

नेपालमा ट्रान्जिट बनाएर विदेशीले तेस्रो मुलुक उड्न नपाउने

१४ वैशाख, काठमाडौं । सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ । पछिल्लो समय भारतबाट ठूलो संख्यामा आएका भारतीय नागरिक नेपाल हुँदै खाडी मुलुक तथा साउदीमा उडिरहेका छन् । अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी […]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए । बैठकको एजेन्डा नखुलाइए पनि सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले ल्याउन लागेको अविश्वास प्रस्तावबारे छलफल गर्ने तयारी रहेको माओवादी केन्द्र स्रोतले जनाएको छ । मंगलबार […]

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज–६ की ७२ वर्षीया महिलाको मंगलबार बिहान ११ः२५ मा मृत्यु भएको हो । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार गरिएको नमुना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट […]

अविश्वास प्रस्तावमा चलखेल हुन नदिन सांसदहरुलाई रिसोर्टमा राखियो

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा फ्लोर क्रस हुने आशंकामा रहेका दलहरुले आफ्ना सांसदहरुलाई सुविधासम्पन्न रिसोर्टमा राखेका छन् । कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई मंगलबारदेखि पोखराको रिसोर्टमा राखेका हुन् । कांग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा छन् । जसपाले भने आफ्ना प्रदेशसभा सदस्यहरुलाई कुटी नजिकैको […]

गोकर्णेश्वर नगरपालिकाद्वारा कक्षा ८ को परीक्षा स्थगित

१४ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर स्तरीय आधारभूत तह (कक्षा ८) परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । नगरपालिकाको सूचना जारी गर्दै अर्को सूचना नभएसम्मको लागि स्थगित जनाएको छ । नगरपालिकाले १६ गतेदेखि परीक्षा गराउने समय तालिका सार्वजनिक गरेको थियो । २४ गतेभित्र सक्ने तयारी गरिरहेको नगरपालिकाले कोरोनाको संक्रमण बढिरहेकोले गरिने […]

ट्रकमा मोटरसाइकल ठोक्किँदा धादिङमा एकजनाको मृत्यु

१४ वैशाख, काठमाडौं । धादिङको गल्छी गाउँपालिका–७ बाइसकिलोमा ट्रकमा मोटसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान ना ३ ख ७६५७ नम्बरको ट्रकमा बा ६६ प ९०२५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका–७ का २३ वर्षीय दीपेश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा […]

पूर्वीनाका काँकडभिट्टामा छैन होल्डिङ सेन्टर

१४ वैशाख, झापा । पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ । स्थानीय श्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका […]

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–११ का ४० वर्षीय संक्रमितको सोमबार राति मृत्यु भएको हो । अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले सोमबार भारतबाट फर्किएर आईसीयूमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । भारतमै कोरोना पोजेटिभ देखिएका उनी स्वास्थ्यमा […]

लुम्बिनीका कोरोना अस्पताललाई १ करोड ७५ लाख बजेट

१४ वैशाख, बुटवल । अस्पतालमा अक्सिजनयुक्त बेड अभावमा कोरोना संक्रमितले उपचार नपाएपछि चौतर्फी आलोचित बनेको लुम्बिनी प्रदेश सरकारले चारवटा कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ । प्रदेश सरकारले एक वर्षअघि नै कोरोना विशेष अस्पतालहरुमा एचडीयू बेड थप्ने निर्णय गरेपनि कार्यान्वयन नहुँदा संक्रमितले उपचार पाउन सकेका छैनन् । कोरोना […]

जसपाका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल

१४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा बसेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा विहान शीर्ष नेताहरुबीच छलफल भएको हो । ‘त्यस्तो औपचारिक बैठक होइन । शीर्ष नेताहरु बीच अनौपचारिक छलफल भएको हो’, जसपाका एक नेताले भने । छलफल अनौपचारिक भएकाले कुनै निर्णय नभएको पनि ती नेताले बताए । उनका […]



from समाचार – Online Khabar https://ift.tt/3dTTwzW
via IFTTT
Powered by Blogger.