Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बाँकेमा एकैदिन पाँच जना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि-आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका […]

गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु

१३ वैशाख, गुल्मी । गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–२ ताल्तुङ्गमा बिजुलीको काम गर्ने क्रममा १८ वर्षीय प्रकाश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले […]

स्वयम्भुमा ‘हाउस पुलिङ’ गरेपछि एउटै छानमुनि आए १७ परिवार

१३ वैशाख, काठमाडौं । स्वयम्भु स्तुप परिसरका १७ वटा घर एकीकरण (हाउस पुलिङ) गरेर पुनर्निर्माण सम्पन्न भएको छ । ०७२ सालको भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका ती घरहरु घरधनीलाई हस्तान्तरण गरिएको छ । सोमबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले भवनको हस्तान्तरण गरे । स्वयम्भु पुनर्निर्माण समिति एवम् वडा १५ का अध्यक्ष इश्वरमान डंगोल स्वयम्भुका पुजारीका रुपमा […]

कोरोना संक्रमणबाट चितवनमा तीनजनाको मृत्यु

१३ वैशाख, चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लम्जुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् । अस्पतालका अनुसार वीरगञ्जका वृद्ध कोरोना सङ्क्रमण पुष्टि भई वैशाख ९ गते भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए […]

कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ को प्रदेशसभा स्थगित

१३ वैशाख, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभाका तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । प्रदेशसभाको पाँचौ अधिवेशन गत चैत ३० गतेबाट शुरु भएको छ । सोही दिन पहिलो बैठक बस्दा १० वैशाखमा दोस्रो बैठक बसेको […]

धरान उपमहानगरपालिकाले ५ कक्षामाथिको परीक्षा लिने

१३ वैशाख, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले कक्षा ५ देखि माथिका सबै कक्षाको मुख्य ५ विषयको परीक्षा लिने भएको छ । उपमहानगरपालिकाले विद्यालयहरुलाई पत्र पठाई वैशाख १८ गतेभित्र कक्षा ५ देखि माथिका कक्षाका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर लिन आग्रह गरेको छ । त्यस्तै अन्य विषयको परीक्षा […]

सिरहामा युवकको मृत्युपछि कोरोना पुष्टि

१३ वैशाख, जनकपुरधाम । सिरहामा एक युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । गोलबजार नगरपालिका–६ का ३४ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्थानीय भूमिजा अस्पतालमा उपचार गराइरहेका युवकको अवस्था जटिल भएपछि वैशाख ६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरान जाने […]

राजविराजको मालपोत कार्यालयमा सेवाग्राहीको भिड, छैन भौतिक दूरी

१३ वैशाख, सप्तरी । सरकारी निर्णय अवज्ञा गरी संचालन गर्दै आएको भन्दै सप्तरी सदरमुकाम राजविराजबाट ११ नीजि विद्यालयका संचालकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लियो । तर, राजविराजमै रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा भने कोरोना भाइरसलाई गिज्याउने गरी भिड देखियो । सोमबार दिउँसो यो मालपोत कार्यालयमा पुग्दा अत्यधिक भींड थियो । कार्यालयको प्राङ्गणदेखि चारैतिर सेवाग्राहीको भिड […]

आफूलाई स्वतन्त्र सांसदको छुट्टै कुर्सी उपलब्ध गराउन मनाङेको माग

१३ वैशाख, पोखरा । मनाङबाट स्वतन्त्र निर्वाचन जितेका सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले गण्डकी प्रदेशसभामा स्वतन्त्र सांसदका लागि छुट्टै कुर्सीको व्यवस्था गर्न माग गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भएकै दिन गुरुङले स्वतन्त्र सांसदलाई छुट्टै बस्ने व्यवस्था मिलाउन संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् । सोमबारको विशेष अधिवेशनको बैठकमा […]

यामलाल कँडेलको आक्रोश : फ्लोर क्रस गर्नेहरू भगौडा हुन्

१३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गरेका सांसदहरूलाई भगौडाको संज्ञा दिएका छन् । प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेता कँडेलले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने काम अनैतिक र राजनीतिक अपराध भएको बताए । प्रदेश सरकारमा राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै उनले यस्ता प्रवृत्तिले व्यवस्थामाथि नै […]

जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई प्रचण्डको आग्रह

१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका छन् । ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको […]

कैलाली र कञ्चनपुरमा रातिमा हिँडडुल गर्न रोक

१३ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा अत्यावश्यक कामबाहेक रातिको समयमा हिँडडुल गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । सोमबार धनगढीमा बसेको अन्तर जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सुझावका आधारमा दुवै जिल्लामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले […]

पुरानो मदरसा भत्काउने क्रममा च्यापिएर मजदूरको मृत्यु

१३ वैशाख, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा पुरानो मदरसा भत्काउने क्रममा एकजना मजदूरको च्यापिएर मृत्यु भएको छ । सम्सी गाउँपालिका २ पर्सास्थित पुरानो मदरसा भत्काउने क्रममा मजदूर स्थानीय ६५ वर्षीय मन्सुर मोमिनको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार पुरानो मदरसा भत्काउने क्रममा खसेको भवनमै च्यापिएर उनको घटनास्थमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले […]

कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ

१३ वैशाख, धनगढी । स्थानीय प्रशासनले भारतसँग जोडिएका कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ । सोमबार धनगढीमा बसेको अन्तरजिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका आधारमा गौरीफन्टा र गड्डाचौकी नाकामा थप कडाइ गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । उनले दुवै जिल्लामा किनमेल लगायतका […]

सरकारलाई देउवाको आग्रह : संक्रमण रोक्ने हरसम्भव उपायहरु अपनाऔं

१३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् । उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था […]

धनगढी कोभिड अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

धनगढीः धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरको वेदकोट नगरपालिका–१ का ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । बैशाख १५ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो साढे ३ बजेतिर मृत्यु भएको श्रेष्ठले […]

उपत्‍यकामा थपिए १९१२ जना कोरोना संक्रमित

१३ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी १९१२ जना कोरोना संक्रमित भेटिएका हुन् । सोमबार मात्रै देशभर ३५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्‍या  ३ लाख […]

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

१३ वैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या […]

एमालेमा नेपाल पक्षमाथि कारबाही रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

१३ वैशाख, काठमाडौं । माधव कुमार नेपालसहित नेकपा एमालेका नेताहरुले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वैशाख ६ गते एमाले […]

कर्णालीमा ८९ जनामा परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि

१३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ । भारतलगायतका मुलुकबाट सर्वसाधारण गाउँ फर्किन थालेपछि संक्रमणको दर पनि बढ्न थालेको हो । कोरोनाको दोस्रो लहर शुरु भएसँगै प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र संक्रमणको उच्च जोखिममा छ । सोमबार मात्रै प्रदेशमा ८९ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनालाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य […]

कोशी कोभिड अस्पतालका डाक्टर र नर्स काम छाडेर आन्दोलनमा

१३ वैशाख, विराटनगर । सरकारले तोकेको न्यूनतम सुविधा नपाएपछि विराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको उपचारमा खटिरहेका डाक्टर र नर्सले न्यूनतम सुविधा नपाएको भन्‍दै काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । १८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना […]



from समाचार – Online Khabar https://ift.tt/2Pmz9lo
via IFTTT
Powered by Blogger.