Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आगामी बजेटमा निजी क्षेत्रको मागै माग

१५ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि सुझाव संकलनको काम पूरा भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टीम अब बजेट लेखनको तयारीमा जुटेको छ । मन्त्रालयका अधिकारीका अनुसार बजेट सम्बन्धी अबको छलफल सरकारी संयन्त्र र सरोकारवाला बीच मात्र हुनेछ । करिब एक महीनाको अवधि अर्थमन्त्री र उनको टीम बजेट […]

दूरसञ्चार प्राधिकरणका ८ भन्‍दा बढी कर्मचारीमा कोरोना संक्रमण

१५ वैशाख, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका ८ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै ८ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको उल्लेख गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्राधिकरणबाट प्रवाह हुने सबै सेवा बुधबारदेखि अनलाइनमार्फत हुने जनाएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका […]

विपिन रावतलाई नेपाल भ्रमणको निम्तो पठाइने

१५ वैशाख, काठमाडौं । सरकारले भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतलाई नेपाल भ्रमणको निम्तो पठाउने भएको छ । वैशाख ९ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङ बुधबार सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको निर्णयमा दुवै पक्षको सहमतिअनुसार नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइने उल्लेख छ । गत वर्ष नोभेम्बरमा […]

टी-२० वरीयतामा कुशल भुर्तेल ६१ औं स्थानमा

१५ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी-२० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुगेका छन् । आईसीसीले बुधबार अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुगेका हुन् । यसअघि उनी पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा थिए । नेपालमै भएको त्रिकोणात्मक […]

विदेश जानेको पीसीआर रिपोर्टमा फोटो राख्नुपर्ने

१५ वैशाख, सुर्खेत । सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम बनाएको छ । विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको […]

पीसीआर रिपोर्ट लिएर भारतीय र चिनियाँ नागरिक स्थलमार्गबाट नेपाल आउन सक्ने

१५ वैशाख, काठमाडौं । भारतीय र चिनियाँ नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेश गर्न सरकारले दुई वटा शर्त अघि सारेको छ । ७२ घण्टा भित्र पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिर्पोट र १० दिन होटेल क्वारेन्टिनमा बस्ने गरी बुक भएको प्रमाण देखाएमा उनीहरुलाई नेपाल आउन सक्ने गरी सरकारले छुट दिएको हो । मन्त्रिपरिषद्को १३ वैशाखको बैठकले […]

एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

१५ वैशाख, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण कर्णाली प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ । वैठकको सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना महामारी रोकथामका लागि सरकारले निषेध आदेश जारी गरेका बेला संसद सञ्चालन हुँन नसक्ने बताए । ‘कोरोना महामारीले जनता लकडाउनमा छन्, कोठाभित्र थुनिएका छन्, यस्तो अवस्थामा संसद […]

निरन्तर घट्दै सेयर कारोबार रकम, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

१५ वैशाख, काठमाडौं । सेयर कारोबार रकम यस साता निरन्तर घटेको छ । साताको पहिलो दुई दिन सेयर कारोबार मापक नेप्से परिसूचक घटेको थियो । त्यसपछि मंगलबार बजार उच्च अंकले बढ्यो भने आज बुधबार बजार घटेको छ । बजारमा निकै ठूलो अंकको घटबढ भइरहे पनि सेयर कारोबार रकम भने निरन्तर घटेको हो । आइतबार सेयर […]

बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण

१५ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले अनलाइनखबरलाई बताए । दुईजना जनप्रतिनिधिसमेतलाई संक्रमण भएपछि दुई दिनलाई […]

बागमतीको मन्त्रिपरिषद् विस्तारमा सल्लाहसमेत गरिएन : माधव समूह

१५ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरुले मन्त्रीबाट राजीनामा दिएका थिए । रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री पौडेलले नयाँ मन्त्रीहरुलाई बुधबारै शपथ गराउँदैछन् । स्रोतका अनुसार एक साता अगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारी […]

चितवनमा वैशाख १६ गतेदेखि निषेधाज्ञा

१५, वैशाख, चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लागू गर्ने भएको छ । बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले चितवनको वैशाख १६ गते (भोली) रातीदेखि वैशाख ३१ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा कोरोना […]

स्थलमार्गबाट मात्रै यात्रुको आवागमन बन्द गराउने निर्णय पुनर्विचार गर्न माग

१५ वैशाख, काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघले स्थलमार्गबाट मात्रै हुने यात्रुको आवागमन बन्द गराउने गरी भएको निर्णय पुनर्विचार गर्न माग गरेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै हवाई यातायात खुला राखेर स्थल यातायात बन्द गर्ने निर्णय विभेदपूर्ण भएको बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले जारी गरेको विज्ञप्तिमा स्वास्थय मापदण्ड पालना गरी […]

सुरक्षा निकायमा फेरि फैलियो कोरोना संक्रमण

१५ वैशाख, काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयका ४० जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रहरीका उच्च अधिकारीहरुसहितलाई संक्रमण पुष्टि भएको स्रोतले बतायो । अघिल्लो वर्ष पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट कोरोना फैलिएको थियो । हाल देशभर ९२ जना प्रहरी कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये अधिकांश उपत्यकामा कार्यरत छन् […]

स्वास्थ्य कार्यालयका कर्मचारी संक्रमित भएपछि स्वाब संकलन प्रभावित

१५ वैशाख, सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सात कर्मचारीलाई कोरोना संक्रमण हुँदा स्वाब संकलन प्रभावित भएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख, प्रयोगशाला प्रमुख, प्रशासन प्रमुखलगायत कर्मचारी एकै पटक संक्रमित भएको कार्यालयका अहेब अमर रानाले जानकारी दिए । उनका अनुसार कर्मचारी संक्रमित भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन लगायतका काम रोकिएका छन् । ‘प्रयोगशालाका सबै […]

घर फर्किंदै हुनुहुन्छ ? यस्तो छ सबै सवारी रूटको भाडादर

१६ वैशाख, काठमाडौं । बिहीबारबाट लागू हुने गरी काठमाडौं उपत्यकामा १४ दिनका लागि निषेधाज्ञा जारी भएपछि राजधानीबाट आफ्नो घर फर्किनेहरु बसको टिकट काट्न लाइनमा छन् । काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भिड लागेको छ । एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा […]

गण्डकी प्रदेशमा थप दुईजना संक्रमितको मृत्यु

१५ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बागलुङकी एकजना महिला र गोरखाका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बागलुङ नगरपालिका–११ की ६१ वर्षीया महिलाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा वैशाख १३ गते राति सवा १२ बजे मृत्यु भएको हो […]

कलंकीमा माधव नेपाल समूहको स्थायी कमिटी बैठक

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी वैठक कलंकीको एक पार्टी प्यालेसमा बसिरहेको छ । भूगोल र जनसंगठनमा समानान्तर कमिटी बनाइरहेको यो समूहले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक गरेको जनाएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार विपरीत निर्णय लिएको भन्दै यो […]

कर्णाली सरकारका तीन मन्त्रीले लिए पुनः सपथ

१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले पुनः पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले बुधबार दिउँसो पुनः सपथ लिएका हुन् । अमरबहादुर थापा भौतिक पूर्वाधार विकास, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण र कुर्मराज शाहीले भूमि, व्यवस्था, कृषि तथा […]

१५ जनासम्म सहभागी हुने गरी विवाहका दुईवटा गाडीलाई अनुमति पास नचाहिने

१५ वैशाख, काठमाडौं । निषेधाज्ञा अवधिमा काठमाडौं उपत्यकामा विवाह तथा ब्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी प्रयोग हुने सवारी साधनले अनुमति पास लिनु नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा विवाह तथा ब्रतबन्धका लागि ब्यानरसहित दुई वटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक नपर्ने […]

गण्डकीमा एमाले नेतृत्वको सरकारको छिनोफानो आजै

१५ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने वा नरहने छिनोफानो बुधबार नै हुने भएको छ । वैशाख २ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएर १३ गते सदनमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार नै निर्णायार्थ पेश गर्ने कार्यसूची छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २५ […]

शिवपुरी जंगलमा आगलागी

१५ वैशाख, काठमाडौं । शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । बुधबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले टोखामाथिको जंगलमा आगलागी भएको देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसपछि आगो नियन्त्रणको प्रयास भइरहेको छ । अहिले त्यहाँ नेपाली […]



from समाचार – Online Khabar https://ift.tt/32SL39S
via IFTTT
Powered by Blogger.