Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पूर्वराजामा कोरोनाको लक्षण कम हुँदै गएको छ : नर्भिक अस्पताल

१२ वैशाख, काठमाडौं । कोरोना संक्रमित भई अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ । पूर्वराजपरिवारका सदस्य उपचाररत नर्भिक अस्पतालका अनुसार उनीहरुमा कोरोनाका लक्षणहरु कम हुँदै गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजपरिवारका तीनै जना सदस्य शनिबार दिउँसो […]

नेपाल टी-२० वरियताको १४ औं स्थानमा

१२ वैशाख, काठमाडौं । नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लेको हो । शनिबार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको नेपालले वरियतामा पनि सुधार गरेको हो । आईसीसीले अपडेट गरेको […]

कोभिडका बीच संसदीय समितिले अनुगमन गर्ने

१२ वैशाख, काठमाडौँ । मुलुकमा कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा संसदीय समितिले अनुगमन गर्ने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले कोभिड–१९ नियन्त्रण कार्यक्रमको प्रभावकारीतासँगै सुशासन र अन्य जनजीवनमा प्रभाव पार्ने विषयमा अनुगमन हुने समिति सभापति शशी श्रेष्ठले जानकारी दिए। ‘अहिलेको जटिल परिस्थितिमा हामी पन्छिन मिल्दैन, […]

हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिए । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ ।  

गोरखाका दुई विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरो

१२ वैशाख, गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् । उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक सातादेखि विद्यार्थीहरुमा उक्त समस्या देखिएको पाटनदेवी माविका प्रधानाध्यापक सन्तोष पोखरेलले बताए । ‘यही वैशाख पहिलो हप्ताबाट केही विद्यार्थीलाई टाउको दुख्ने, […]

वीरगञ्‍जमा निजी तथा सामुदायिक विद्यालयस्तरीय सम्पूर्ण परीक्षा स्थगित

१२ वैशाख, वीगञ्‍ज । वीरगञ्‍ज महानगरपालिकाले सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयस्तरीय परीक्षाहरु स्थगित गरेको छ । आइतबार महानगरपालिकाले विज्ञप्ति निकाल्‍दै  कक्षा ८को नगरस्तरीय लगायत विद्यालय स्तरीय सम्पूर्ण परीक्षाहरु  स्थगित गरेको हो । महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ संक्रमण दिन प्रतिदिन तीव्र रुपले बढ्‍दै गइरहेको अवस्थालाई मध्‍य नजर गर्दै मिति २०७८/०१/१२ देखि सञ्‍चालन भइरहेको […]

जनस्वास्थ्य मापदण्ड पालना गराउन सप्तरीका सिडिओको अनुगमन

१२ वैशाख, सप्तरी । सरकारद्वारा तोकिएको जनस्वास्थ्य मापदण्डलाई पालना गराउन सप्तरीका प्रमुख जिल्ला अधिकारी स्वयंले अग्रसरता देखाएका छन् । कोरोनाको संक्रमण दिनदिनै फैलिरहँदा पनि मास्क नलगाई हिंड्ने प्रवृत्ति बढेपछि प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल सदरमुकाम राजविराजसहित पूर्व पश्चिम राजमार्गमा गएर मास्क लगाए-नलगाएको अनुगमन गरेका छन् । सुरक्षा अधिकारीसहित अनुगमनमा निस्केका उनले राजविराजका पसल तथा बाटोबाट […]

केन्द्रीय सदस्यहरुको पीसीआर टेष्ट गरेर मात्र बैठक बस्ने कांग्रेसको निर्णय

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेर मात्र केन्द्रीय कार्यसमिति बैठक गर्ने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले सोमबार केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीहरुको पीसीआर टेष्ट गर्ने निर्णय गरेको हो । नेगेटिभ रिपोर्ट आएकाहरुको बैठक १५ गते बस्नेछ । यसअघि भोलि सोमबारका लागि बैठक बोलाइएको थियो ।  

कोरोनाबाट भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्यु

१२ वैशाख, काठमाडौँ । यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र […]

चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार चितवनको भरतपुर महानगरपालिका–२१ कान्छी चोकमा टिपरले साइकललाई ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ । ना ७ ख ८११९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका–१९ की ४६ वर्षीया गीता गुरुङको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको […]

सरकारले चलाएका उद्योग–व्यवसाय निजीकरण गर्न माग

१२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले चलाइरहेका उद्योग–व्यवसाय आवश्यक मोडालिटी अपनाएर निजीकरण गर्न माग गरेको छ । आगामी बजेट र आर्थिक ऐनबारे सरकारलाई सुझाव दिँदै महासंघले यस्तो माग गरेको हो । निर्यात वृद्धि र आयात प्रतिस्थापनको सम्भावना भएका वस्तुको पहिचान सरकार र निजी क्षेत्रको सहकार्यमा हुनुपर्ने भन्दै महासंघले सरकारी उद्योग वा व्यवसायको […]

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१२ वैशाख, धनगढी । डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो अजयमेरु गाउँपालिका-१ इरानी खोलामा से २ च १४७२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक कैलालीको गौरीगंगा नगरपालिका–१ का २८ वर्षीय प्रेम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ट्रयाक्टरमा सवार पवन सिजापती घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा […]

सुदूरपश्चिमका अस्पतालमा जनशक्ति नहुँदा आईसीयू र भेन्टिलेटर थन्किए

१२ वैशाख, धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीया पुरुष गत चैत २९ गते भारतबाट घर फर्किएका थिए । भारतको तमिलनाडुमा रोजगारी गर्दै आएका उनी दोस्रो लहरको कोरोनाभाइरसको संक्रमण तीव्र बनेका कारण जोगिन घर फर्किएका थिए । वैशाख १ गते जिल्ला अस्पताल सिमखेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसिरहेका थिए […]

गुल्मीका कोरोना संक्रमितको भैरहवामा मृत्यु

१२ बैशाख, बुटवल । गुल्मीको पिपलधाराका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गुल्मीको पिपलधाराका ४१ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा आइतबार बिहान मृत्यु भएको हो । सशष्त्र प्रहरीका सेवानिवृत्त उनी भारतमा सेक्युरिटी गार्डको रोजगारीमा थिए । भारतमै कोरोनाका लक्षण देखिएपछि नेपाल फर्केका उनमा बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो […]

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा १० जना पक्राउ

१२ वैशाख, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले कर्मचारी र बिचौलियासहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ जना विद्यार्थी छन् । एकजना विचौलिया र अर्का एक विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । प्रश्नपत्र आउट प्रकरणमा विराटनगर महानगरपालिका–८ का […]

प्रदेश-२ मा मास्क नलगाउनेसँग ३ लाख ५२ हजार राजस्व संकलन

१२ वैशाख, जनकपुरधाम। कोरोनाको दोस्रो चरणको रोकथाम तथा नियन्त्रणका लागि खटेको प्रहरीले प्रदेश-२ बाट मास्क नलगाउने ३ हजार भन्दा बढी व्यक्तिसँग जरिवाना संकलन गरेको छ । प्रदेशको ८ वटै जिल्लाबाट मास्क नलगाउने ३ हजार ५ सय २४ जनालाई रु. १ सयका दरले जरिवाना तिराइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । उनीहरुलाई संक्रामक रोग निवारण […]

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : वैशाख २४ गते उम्मेदवारी दर्ता

१२ वैशाख काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । आइतबार उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने […]

कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

१२ वैशाख, काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–८ भवानचुलीका २४ वर्षीय विजय भन्ने आयुष मोक्तान छन् । उनले काभ्रे पाँचखालका प्रेमबहादुर तामाङसहित ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा […]

स्वास्थ्य मन्त्रालयले भन्यो–ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगराउनू

१२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न भनेको हो । विज्ञप्तिमा भनिएको छ, ‘ नेपाललाई ट्रन्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएक कुनै […]

सुरिया ल्याबले ‘पोजिटिभ स्वाब’ लिएर ‘नेगेटिभ’ नतिजा दिएको भेटियो : प्रहरी

१२ वैशाख, काठमाडौं । सिनामंगलको सुरिया हेल्थ केयरले कोभिड–१९ भाइरसको पोजिटिभ स्वाब परीक्षण गरेर नेगेटिभ रिपोर्ट दिएको पाइएको प्रहरीले जनाएको छ । अपराध महाशाखाले चलाएको विशेष अपरेशनमा नेगेटिभ रिपोर्ट प्राप्त चारजनाको भनेर परीक्षण गराइएको स्वाब पुनः जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको प्रहरीले जनाएको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला […]

टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुई बालिकाको मृत्यु

१२ वैशाख, बुटवल । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुईजना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिएको हो । […]



from समाचार – Online Khabar https://ift.tt/3sOU66l
via IFTTT
Powered by Blogger.