समाचार
१६ वैशाख, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनी आफैंले ट्वीटरमार्फत् दिएका हुन् । ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् । आफूलाई खासै अप्ठ्यारो नभएको र आफ्नो ख्याल गरिरहेको उनले उल्लेख गरेका छन् । समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय […]
१६ वशाख, धनगढी । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ती संक्रमित महिला सुगर र प्रेसरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।
१६ वैशाख, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन ग्यासको खपत ह्वात्तै बढेको छ । भारतमा अक्सिजन अभावको समाचार आइरहँदा नेपालमा पनि सिलिण्डर ‘होल्ड’ गर्न थालिएको छ । कोशी अस्पताल विराटनगरका सुपरिटेन्डेन्ट चुमनलाल दासका अनुसार केही दिन यता विराटनगरमा धेरैले सिलिण्डर होल्ड गरेका छन् । अक्सिजन अभाव हुनसक्ने त्रासले सिलिण्डर होल्ड भएको हो । तर […]
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् । नागढुंगा क्षेत्रमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई आफैं खटिएका छन् । निषेधाज्ञासँगै भित्री सडकहरुमा […]
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि […]
१६ वैशाख, काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो । वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय […]
१६ वैशाख, बुटवल । रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र […]
१६ वैशाख, काठमाडौं । मानव जातिलाई चन्द्रमामा पुर्याउने पहिलो अभियान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । उनी एपोलो–११ मिसनको क्रू–मेम्बर थिए । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने […]
१६ वैशाख, काठमाडौं । अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निजी वकिलको घर र कार्यालयमा छापा मारेको छ । ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारिएको र विद्युत्तीय सामग्रीहरु नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । खानतलासी गर्न एफबीआईको टोली बुधबार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु […]
१५ वैशाख, काठमाडौं । सरकारले वैशाख ९ गते मन्त्रिपरिषद्मार्फत ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’का लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिने निर्णय गर्यो । ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित संयन्त्र हो । सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिने […]
१५ वैशाख, पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने कि नयाँ सरकार बन्ने छिनोफानो हुने भनिएको दिन बुधबार गण्डकी प्रदेशसभामा एकपछि अर्को नाटकीय घटना देखियो । मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल सकेर बुधबार मतदान गर्ने भनिएको थियो । शुरुमा सत्तापक्ष मतदानलाई पर धकेल्न […]
१५ वैशाख, काठमाडौं । प्रदेशसभा सदस्य खिमबिक्रम शाही सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय जनमोर्चाले दिएको निवेदनका आधारमा गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सचेतक पियारी थापाले आफ्नो सांसद सम्पर्कविहीन भएकाले बैठक स्थगित गर्न निवेदन दिनुका साथै खोजी गरिदिन आन्तरिक मामिला तथा कानून मन्त्री रामशरण बस्नेतलाई पत्र समेत दिएकी थिइन् । तर मुख्यमन्त्री पृथ्वीसुब्बा […]
१५ बैशाख, काठमाडौँ । आज साँझदेखि महानगरले खुला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगाएको छ । साँझ परेपछि वीरअस्पतालतर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो । सवारी प्रवेश रोक भएपछि भित्र रहेका सवारीलाई निकालेर विद्युत प्राधिकरणतर्फको ढोकामा ताला लगाइनेछ । अहिले बसपार्क खाली गराउने काम भइरहेको छ । बैशाख […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– ७ का पप्पु सर्राफ नारायणी अस्पतालको आइसोलेसन वार्डमा बाहिरभित्र गर्छन् । वार्डमा छटपटाईरहेका बुवाको अवस्थाले कता हो कता उनको छाती पोल्छ । आमाले नदेखुन भनेर अर्कोतिर फर्किन्छन्, रुन्छन् । नारायणी अस्पतालको आइसोलेसन बाहिर झोक्राएर बसेका सर्राफको आँसु थामिएको छैन । कोरोना संक्रमणका कारण उनका बुवा अस्पतालको वार्डमा छटपटाईरहेका छन् […]
१५ वैशाख, वीरगञ्ज । ज्वरो र खोकीका साथै सास फेर्न गाह्रो भएपछि बाराको सुवर्ण गाउँपालिका- ७ की ३० वर्षीया महिला दुई दिनअघि नारायणी अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकहरुका अनुसार अक्सिजन दिँदा पनि स्याचुरेसन लेभल ८८/९० भन्दा बढेको थिएन । एकदमै छिटो सास फेरिरहेकी थिइन, ३२ देखि ३६ प्रतिमिनेट । जबकी वश्यक व्यक्तिको श्वासप्रश्वास प्रति […]
१५ वैशाख, काठमाडौं । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पको समयमा जब घर छाडेर खुला चौरमा बस्नुपर्यो, धेरैले खुला स्थानको महत्व बुझे । त्यहीबेलादेखि शहरको मुख्यभागमा अवस्थित टुँडिखेलका साथै अरु सार्वजनिक स्थानलाई अतिक्रमणमुक्त बनाउनुपर्ने आवाज पनि चर्कोसँग उठ्यो । अभियन्ताहरुले ‘अकुपाई टुँडिखेल’ अभियान नै चलाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसबारे चासो देखाएपनि त्यसले मूर्त रुप […]
१५ वैशाख, धनगढी । छिमेकी मुलुक भारतमा यतिबेला कोरोना भाइरस संक्रमण भयावह बन्दै गएको छ । भारतमा दैनिक साढे तीन लाखभन्दा बढी संक्रमित हुने गरेको तथ्यांक आइरहेको छ । सोही मुलुकबाट कैलालीसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाका हुँदै एक हप्तामा ५ हजार ९७ जना नेपाली स्वदेश फर्किए । सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा स्थायी घर भएर […]
१५ वैशाख, काठमाडौं । ‘सुई लगायो भने कोरोना लाग्दैन भनेर छोराले ल्याएको’ ५० वर्षीय जनमाया श्रेष्ठ कोरोना संक्रमणविरुद्धको खोप लगाउनेको लाइनको बीचमा चप्पल बिछ्याएर बसेकी थिइन् । बुधबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगेकी जनमाया तीन घन्टा उभिएपछि थकाइ लागेर भुइँमा बसेकी थिइन् । कोरोनाभाइरस संक्रमणबाट धेरै मानिसको मृत्यु भएको सुनेर उनी भक्तपुरदेखि खोप […]
१५ वैशाख, काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा)ले माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम मुद्दा फिर्ता लिइएको भन्दै उनले […]
१५ वैशाख, काठमाडौं । बालाजुको न्यू थापा किराना स्टोरमा सोमबार साँझ खाद्यान्न किन्ने ग्राहकको घुइँचो थियो । खाद्य सामग्री बिक्री स्टोरको लाइनमा लागेकी थिइन् सर्लाही स्थायी घर भएर सोही ठाउँमा डेरा गरी बस्ने शर्मिला पौडेल । झमक्क साँझ पर्दै गर्दा उनले किराना पसलबाट एक बोरा चामल, चार किलो दाल, दुई किलो गेडागुडी, एक किलो लुगा […]
१५ वैशाख, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुन नसक्ने बताएका छन् । वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेता/कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिएको छ । तर जसपाले माग गरेबमोजिम रेशम चौधरीको मुद्दा भने फिर्ता भएको छैन । किन फिर्ता हुन सकेन रेशम […]
from समाचार – Online Khabar https://ift.tt/3nxKtHX
via IFTTT