समाचार
१५ वैशाख, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ नागबेलीमा बलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना १ च ९३९ नम्बरको बलेरो अनियन्त्रित भई सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा बलेरोमा सवार उदयपुरगढी गाउँपालिका–१ का ३७ वर्षीय शिव खत्रीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा हुँदै थप उपचारको क्रममा […]
१५ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएको उनको भनाइ छ । ‘एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीमा संक्रमण हुँदा उपचारमा […]
१५ वैशाख, रौतहट । रौतहटमा कोरोनाको दोस्रो लहरबाट संक्रमित हुनेको संख्या एक सय नाघेको छ । बुधबार थप १४ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १०७ पुगेको हो । गौर अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २८ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी २५ जना संक्रमित […]
१५ बैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ७ रामटोल बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा बुधबार मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्वास्थ्यमा समस्या भएपछि बैशाख १२ गते उनलाई नारायणी अस्पतालमा उपचार गरिएको थियो । सोही दिन गरिएको एन्टीजेन […]
१५ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् । राष्ट्रिय जनमोर्चाका तीन सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै […]
१५ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि सुझाव संकलनको काम पूरा भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टीम अब बजेट लेखनको तयारीमा जुटेको छ । मन्त्रालयका अधिकारीका अनुसार बजेट सम्बन्धी अबको छलफल सरकारी संयन्त्र र सरोकारवाला बीच मात्र हुनेछ । करिब एक महीनाको अवधि अर्थमन्त्री र उनको टीम बजेट […]
१५ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ । संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी हुन् । सांसद थापाले मंगलबार संसदीय दलकाे बैठक […]
१५ वैशाख, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका ८ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै ८ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको उल्लेख गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्राधिकरणबाट प्रवाह हुने सबै सेवा बुधबारदेखि अनलाइनमार्फत हुने जनाएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका […]
१५ वैशाख, काठमाडौं । सरकारले भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतलाई नेपाल भ्रमणको निम्तो पठाउने भएको छ । वैशाख ९ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङ बुधबार सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको निर्णयमा दुवै पक्षको सहमतिअनुसार नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइने उल्लेख छ । गत वर्ष नोभेम्बरमा […]
१५ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा २ हजार ४७ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका १४६४ जना, भक्तपुरका २३२ जना र ललितपुरका ३५१ जना रहेका छन् । बुधबार मात्रै देशभर थप ४ हजार ८ सय ९७ […]
१५ वैशाख, पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा बुधबार गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजे शुरु हुने बैठकमा मतदान गर्ने कार्यसूची छ । तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । […]
१५ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी-२० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुगेका छन् । आईसीसीले बुधबार अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुगेका हुन् । यसअघि उनी पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा थिए । नेपालमै भएको त्रिकोणात्मक […]
१५ वैशाख, सुर्खेत । सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम बनाएको छ । विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– ७ का पप्पु सर्राफ नारायणी अस्पतालको आइसोलेसन वार्डमा बाहिरभित्र गर्छन् । वार्डमा छटपटाईरहेका बुवाको अवस्थाले कता हो कता उनको छाती पोल्छ । आमाले नदेखुन भनेर अर्कोतिर फर्किन्छन्, रुन्छन् । नारायणी अस्पतालको आइसोलेसन बाहिर झोक्राएर बसेका सर्राफको आँसु थामिएको छैन । कोरोना संक्रमणका कारण उनका बुवा अस्पतालको वार्डमा छटपटाईरहेका छन् […]
१५ वैशाख, काठमाडौं । भारतीय र चिनियाँ नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेश गर्न सरकारले दुई वटा शर्त अघि सारेको छ । ७२ घण्टा भित्र पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिर्पोट र १० दिन होटेल क्वारेन्टिनमा बस्ने गरी बुक भएको प्रमाण देखाएमा उनीहरुलाई नेपाल आउन सक्ने गरी सरकारले छुट दिएको हो । मन्त्रिपरिषद्को १३ वैशाखको बैठकले […]
१५ वैशाख, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण कर्णाली प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ । वैठकको सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना महामारी रोकथामका लागि सरकारले निषेध आदेश जारी गरेका बेला संसद सञ्चालन हुँन नसक्ने बताए । ‘कोरोना महामारीले जनता लकडाउनमा छन्, कोठाभित्र थुनिएका छन्, यस्तो अवस्थामा संसद […]
१५ वैशाख, काठमाडौं । सेयर कारोबार रकम यस साता निरन्तर घटेको छ । साताको पहिलो दुई दिन सेयर कारोबार मापक नेप्से परिसूचक घटेको थियो । त्यसपछि मंगलबार बजार उच्च अंकले बढ्यो भने आज बुधबार बजार घटेको छ । बजारमा निकै ठूलो अंकको घटबढ भइरहे पनि सेयर कारोबार रकम भने निरन्तर घटेको हो । आइतबार सेयर […]
१५ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले अनलाइनखबरलाई बताए । दुईजना जनप्रतिनिधिसमेतलाई संक्रमण भएपछि दुई दिनलाई […]
१५ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरुले मन्त्रीबाट राजीनामा दिएका थिए । रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री पौडेलले नयाँ मन्त्रीहरुलाई बुधबारै शपथ गराउँदैछन् । स्रोतका अनुसार एक साता अगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारी […]
१५, वैशाख, चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लागू गर्ने भएको छ । बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले चितवनको वैशाख १६ गते (भोली) रातीदेखि वैशाख ३१ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा कोरोना […]
१५ वैशाख, काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघले स्थलमार्गबाट मात्रै हुने यात्रुको आवागमन बन्द गराउने गरी भएको निर्णय पुनर्विचार गर्न माग गरेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै हवाई यातायात खुला राखेर स्थल यातायात बन्द गर्ने निर्णय विभेदपूर्ण भएको बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले जारी गरेको विज्ञप्तिमा स्वास्थय मापदण्ड पालना गरी […]
from समाचार – Online Khabar https://ift.tt/2QwuX3k
via IFTTT