समाचार
१४ वैशाख, काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अद्यावधिक सूची अनुसार नेपालमा दर्ता भएका राजनीतिक दलहरूको संख्या १३२ छ । आयोगमा दर्ता भएपछि संविधान र कानूनको पालना गर्नु दलहरूको दायित्व हो । तर, दलहरूलाई सो दायरामा ल्याउने कार्य आयोगका लागि केही वर्षयता निकै सकसको विषय बनेको छ । गोप्य रूपमा पत्र पठाएर केही नलागेपछि आयोगले सार्वजनिक […]
१४ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणबारे चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्नेछन् । पछिल्लो समयमा भारतमा खोपको तीव्र अभाव भएको सन्दर्भमा हुन लागेको सो छलफलमा […]
१४ वैशाख, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरका निजी र सरकारी अस्पतालको आइसोलेसनमा विरामी बढेका छन् । आइतबारबाट आइसोलेसन सुरु गरेको नोबेल मेडिकल कलेजमा ७ जना विरामी छन् । विराट मेडिकल कलेजमा २२ र प्रदेश सरकारले सञ्चालन गरेको कोभिड १९ उपचार केन्द्रमा ३२ जना सङ्क्रमित छन् । कोभिड १९ उपचार केन्द्रको क्षमता […]
१४ वैशाख, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा पन्जा किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकता अन्तिम स्थानबाट फड्को मार्दै पाँचौ स्थानमा उक्लेको छ । ६ खेलबाट कोलकाताको ४ अंक छ । साथै कोलकाताले लगातार चार हारको शृंखला पनि अन्त्य गरेको छ […]
१३ वैशाख, पोखरा । स्याङ्जा वालिङकी एक महिलामा शनिबार लक्षणसहित कोरोना संक्रमण देखियो । अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गर्नुपर्ने भयो । गण्डकी प्रदेशभरिमा कोरोना संक्रमित बिरामी राख्ने एकमात्र अस्पताल हो, संक्रामक तथा सरुवा रोग अस्पताल । बिरामीका आफन्तले अस्पतालमा फोन गरेर अवस्था बताए, तर अस्पतालले बेड उपलब्ध गराउन नसक्ने जानकारी गरायो । बिरामीको […]
१३ वैशाख, पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । ‘कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि निषेधाज्ञा नै जारी […]
१३ वैशाख, काठमाडौं । माधव कुमार नेपालसहित नेकपा एमालेका नेताहरुले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वैशाख ६ गते एमाले […]
१२ वैशाख, सुर्खेत । वीरेन्द्रनगर–१२ मा नेपाली सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्र भट्टका अनुसार दुर्घटनामा मनिकला सपकोटा भट्टको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकालाई अस्पताल लैजान वार्ता नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । दुर्घटनापछि घाइते भएकी सापकोटालाई उपचारका लागि अस्पताल लैजानुको साटो चालक ब्यारेकमा […]
१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको हो । के के बन्द ? प्रमुख जिल्ला […]
१३ वैशाख, वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ । योसँगै सोमबार पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । वीरगञ्ज महानगरपालिका–८ कि ३८ वर्षकी महिला र बहुदरमाइ नगरपालिका–७ कि ४५ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिए । […]
१३ वैशाख, पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव […]
१३ वैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या […]
१३ वैशाख, काठमाडौं । कोभिड १९ को दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको भारतमा ठूला शहरका अस्पतालहरू संक्रमितहरूले भरीभराउ हुन थालेका छन् । अक्सिजनकै अभावमा मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतमा जत्तिकै नभएपनि नेपालमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । बाँकेमा जटिल अवस्थाका संक्रमितहरुले बेड नपाउने अवस्था छ […]
१३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् । उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था […]
१२ वैशाख, काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिश अनुसार निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय […]
१३ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि-आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका […]
१२ वैशाख, जमुनाहा नाका (बाँके) । आइतबार अपरान्ह तीन बजेको छ । बाँकेस्थित जमुनाहा नाकामा भारतबाट पोकापुन्तुरा बोकेर आउनेको लर्को छ, हेल्थ डेस्कमा उस्तै चाप । त्यही बेला हेल्थ डेस्क छेउमा एउटा गाडी आइपुग्यो र दुईजना फटाफट चढेर हुँइकिए । गाडी अगाडि बढेपछि हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘कोरोना संक्रमितलाई त्यत्तिकै घर पठाउनु अपराध हो, […]
१३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांशलाई अक्सिजन सपोर्ट दिनु परेको चिकित्सकहरुले बताएका छन् । यदि अक्सिजन आपूर्तिको श्रृङ्खला (चेन) मिलाउन नसक्ने हो भने कर्णाली र सुदूरपश्चिममा संक्रमितको उपचार प्रभावित हुने खतरा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार साँझसम्म २२ हजार २३४ सक्रिय संक्रमित छन् […]
१३ वैशाख, सुर्खेत । एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन् । पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा […]
१३ वैशाख, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले कक्षा ५ देखि माथिका सबै कक्षाको मुख्य ५ विषयको परीक्षा लिने भएको छ । उपमहानगरपालिकाले विद्यालयहरुलाई पत्र पठाई वैशाख १८ गतेभित्र कक्षा ५ देखि माथिका कक्षाका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर लिन आग्रह गरेको छ । त्यस्तै अन्य विषयको परीक्षा […]
१३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गरेका सांसदहरूलाई भगौडाको संज्ञा दिएका छन् । प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेता कँडेलले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने काम अनैतिक र राजनीतिक अपराध भएको बताए । प्रदेश सरकारमा राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै उनले यस्ता प्रवृत्तिले व्यवस्थामाथि नै […]
from समाचार – Online Khabar https://ift.tt/3dRQ8W7
via IFTTT