समाचार
१३ वैशाख, काठमाडौं । स्याङ्जामा वनमा लागेको डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेतिर आँधीखोला गाउँपालिका-१ अर्घौंदीकी ७२ वर्षकी टीकाकुमारी तिवारीको डढेलोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए । अर्घौदीमा ब्रतबन्धको निम्तो मानेर घर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको डढेलकोको मुस्लोमा […]
१३ वैशाख, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुस्नापुर स्यानिभञ्ज्याङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । ग्रामीण सामुदायिक विद्युत उपभोक्ता ढोरफिर्दीका कर्मचारी शुक्लागण्डकी–११ का ५८ वर्षीय युवराज शर्माको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
१३ वैशाख, हेटौंडा । दोश्रो चरणमा कोरोना संक्रमणको दर बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि प्रशासनले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । यात्राका क्रममा मास्क नलगाउनेलाई प्रशासनले सय रुपैयाँ जरिवाना तोकेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कोरोना दर बढ्दै गएपछि प्रहरी परिचानल गरिएको छ । हेटौंडाको बुद्ध चौकमा मास्क नलगाइ हिड्नेलाई जरिवाना र […]
१३ वैशाख, धनगढी । कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत टीकापुर नगरपालिका–१० का ५५ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । वैशाख ७ गते अस्पताल भर्ना भएका ती संक्रमितमा श्वासप्रश्वास सम्बन्धी समस्या र निमोनिया रहेको उनले बताए । आइतबार बिहान पनि […]
१३ वैशाख, जनकपुरधाम । गोली लोड भएको पस्तोल र लागूऔषध चरेससहित सर्लाही सदरमुकाम मलंगवाबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी थाना कन्हौली ग्राम पञ्चायत बिसनपुर आधार वडा नम्बर ८ बस्ने २४ वर्षीय सकलदीप कुमार महतो छन् । महतो सवार बीआर३०एस ६२०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको […]
१३ वैशाख, सुर्खेत । कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुँदैछ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको उनले बताए । ‘कोरोना […]
१३ वैशाख, काठमाडौं । काठमाडौंका थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् । वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ गरे । ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिँदै पिएर उद्घाटन गरेका हुन् । यसअघि गएको माघ २९ गते […]
१३ वैशाख, काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले भने, ‘पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी गरेका […]
१३ वैशाख, विराटनगर । कोरोना महामारीले आक्रान्त बनाइरहेको अवस्थामा प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्राण्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गठन गरेकी हुन् । कार्यदलमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, […]
१३ वैशाख, काठमाडौं । आइतबार ठूलो अंकले पहिरो गएको सेयर बजारमा सोमबार पनि कारोबार खुलेसँगै ठूलो अंकको गिरावट देखिएको छ । साताको दोस्रो दिन सोमबार कारोबार खुलेको २० मिनेटमा ५५ अंकले नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने म्युचुअल फण्डबाहेकका सबै सवइन्डेक्सहरु घटेका छन् । बजार ठूलो अंकले घट्दा पनि विशाल बजार […]
१३ वैशाख, विराटनगर । तस्करीको सामान लुकाएको आशंकामा गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ । विराटनगरका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । तस्करीको कपडा र हार्डवेयरका सामग्री लुकाएको आशङ्कामा राजस्व अनुसन्धान र प्रहरीको टोली आइतबार साँझ […]
१३ वैशाख, विराटनगर । कोरोना संक्रमितका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा ४० वर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नोबेल मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा आइतबार राति १०ः१५ बजे उनको मृत्यु भएको हो । आइसोलेसनमा […]
१३ वैशाख, काभ्रे । कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो । नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ […]
१३ वैशाख, सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख […]
१३ वैशाख, काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार भारतमा ३ लाख ४९ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या विश्वभर एकैदिनमा थपिने कोरोना संक्रमित संख्याको करिब एक तिहाइ हो । कोरोनाको दोस्रो लहर अहिले भारतभर फैलिएको छ । केही राज्यले कोरोना संक्रमण नियन्त्रणको लागि सामाजिक गतिविधिमा कडाइ गर्ने नियमहरु ल्याएका […]
१३ वैशाख, काठमाडौं । केही दिन अगाडि लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ दललाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले आइतबार फेरि कानूनको पालना सम्बन्धमा ९ बुँदामा ध्यानाकर्षण गराएको छ । कानून उल्लंघन गर्नेहरुलाई दल दर्ता खारेजसम्मको कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । आयोगले ठूला–साना सबै दलहरुले कुनै न कुनै रुपमा कानून पालना नगरेको भन्दै ध्यानाकर्षण गराउने […]
१३ वैशाख, काठमाडौं । संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जनाएको छ । प्याब्सन अध्यक्ष टिका पुरीले सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको बताए । यदि कसैले परीक्षा गराएको पाइए नियम संगत नहुने बताए । एन प्याब्सन आवद्ध विद्यालय भने केहीले आजको परीक्षा यथावत […]
१३ वैशाख, म्याग्दी । कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकामा तीनवटै […]
१३ वैशाख, काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि […]
१३ वैशाख, दाङ । दाङमा झाडापखालाबाट एकै घरका दिदी-बहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको मृत्यु भएको हो । दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी […]
१३ वैशाख, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए […]
from समाचार – Online Khabar https://ift.tt/3tU1Sgr
via IFTTT






















