समाचार
१४ वैशाख, गुल्मी । महामारीका बेला कोरोनाको परीक्षण देशभर भइरहँदा गुल्मीमा भने कोरोना परीक्षण रोकिएको छ । प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति अभावको कारण देखाउँदै कोरोना परीक्षण रोकिएको हो । गत वर्ष कोरोनाले महामारीको रुप लिन थालेपछि जिल्लाका स्थानीय तहको सहयोगमा जिल्लामै स्वाब परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला बन्द भएको हो । […]
१४ वैशाख, काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम […]
१४ वैशाख, हेटौंडा । मकवानपुरका स्थानीय तहहरुले गत वर्षमा सञ्चालन गरेका आइसोलेसन सेन्टरहरुलाई पुनः सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मकवानपुरको बैठकले गत वर्ष पालिका तथा अस्पतालहरुले सञ्चालन गरेको आइसोलेसनलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकपछि हेटौंडा उपमहानगरपालिका, थाहा […]
१४ वैशाख, काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४२ आरोही समूहका ३९४ जनाले आरोहण अनुमति लिएका छन् । यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका पर्यटन विभागले हालसम्म जारी […]
१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पास गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ । यो तत्काल लागू हुनेछ । पार्टीको सबै समितिको पदाधिकारीमा एकजना महिला अनिवार्य […]
१४ वैशाख, काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि रु एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ । कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको आयोगका प्रवक्ता […]
१४ वैशाख, काठमाडौँ । कालिकोटमा ५ जना कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले आंशिक निषेधाज्ञा जारी गरेको छ । वैशाख ९ गते एकजनामा कोरोना संक्रमण र कन्ट्याक्ट ट्रेसिङबाट १० गते चारजना गरी पाँचजनामा कोरोना संक्रमण देखिपछि प्रशासनले आंशिक निषेधाज्ञा गरेको हो । प्रशासनले जारीगरेको विज्ञप्तिमा भनिएको छ, ‘ जिल्लाको खाँडाचक्र नगरपालिका वडा ११ रेङ्गालीमा […]
१४ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सर्वोच्च अदालतले आफूले दिने सेवामा कटौती गरेको छ । वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमाथि मात्र दर्ता र सुनुवाई गर्ने सर्वोच्च अदालतले जनाएको छ । मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले ती बाहेकका […]
१४ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा १३८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १३८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १२९ जना छन् । यस्तै जाजरकोटका […]
१४ वैशाख, काठमाडौं । उच्च मूल्य वृद्धिको रेकर्ड बनाएको ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । यो साता मात्रै दुई पटक गरेर किलोमा ३० रुपैयाँले कुखुराको तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य […]
१४ वैशाख, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि प्रदेश १ मा अक्सिजनको खपत बढेको छ । सङ्क्रमित भएकाहरूमा श्वासप्रश्वासको समस्या बढ्न थालेसँगै अस्पताल र घरमा समेत अक्सिजनको माग बढेको छ । होम आइसोलेसनमा बसेका कतिपयले घरमै अक्सिजन राखेका छन् । कोशी अस्पताल कोशी अस्पताल विराटनगरका सुपरिटेन्डेन्ट चुमनलाल दासले खपत बढेकाले विक्रेतालाई आपूर्ति नियमित […]
१३ वैशाख, गोरखा । गोरखामा मंगलबार एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमसेनथापा गाउँपालिकामा २७, गोरखा नगरपालिकामा १२ र पालुङटार नगरपालिकामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । भीमसेनथापा गाउँपालिकाका सबै संक्रमित वडा नम्बर ७ क्यामुन्टारका रहेका छन् । केही दिनअघि उनीहरुमा रुघाखोकी तथा ज्वरो देखिएपछि पीसीआर परीक्षण गरिएको […]
१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले अथैतन्त्र थप प्रभावित हुने बताएका छन् । राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीे कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका हुन् । […]
१४ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले मंगलबार अस्पतालहरुलाई पत्र लेख्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकाहरुलाई पनि बोलाउन निर्देशन दिएको हो । त्यस्तै कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण […]
१४ वैशाख, सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतमा थप एकजनाको मृत्यु भएको छ । तिला गाँउपालिका–२ जुम्लाका ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । सूचना अधिकारी चौधरीका अनुसार ती पुरुषको मंगलबार बिहान उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा मृत्यु भएको हो । उनी वीरेन्द्रनगरमा बस्दै […]
१४ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि क्षेत्रीय र अन्तराष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा नेपालले जोड दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुसँग आयोजना गरेको सामूहिक छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो धारणा व्यक्त गरेका हुन् । सो छलफलको बारेमा ट्वीट गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ,‘परराष्ट्रमन्त्रीले ६ देशको भिडियो सम्मेलनलाई सम्बोधन […]
१४ वैशाख, बुटवल । जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्र (डीसीएमसी)ले दाङमा शुक्रबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार एकैदिन २१० जनामा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार बसेको डीसीसीएमसीको बैठकले वैशाख १७ गतेदेखि वैशाख २५ गते साँझ ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिमा अत्यावश्यकबाहेक सबै सेवा र व्यवसाय बन्द हुने दाङका […]
१४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको […]
१४ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण […]
१४ वैशाख, भक्तपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को नयाँ भेरियण्ट संक्रमणबाट बालग्राममा आश्रित बालबालिकालाई बचाउन एसओएस बालग्राम नेपालले विभिन्न उपाय अवलम्वन गरेको छ । मुलुकभर रहेका १० वटा बालग्राममा रहेका १ हजार २६० जना बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि बालग्रामले स्वास्थ्य सुरक्षा सचेतना अपनाएको एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले बताए […]
१४ वैशाख, पोखरा । सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछिमात्रै बस्ने गरी गण्डकी प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्तासँगै सोमबार सुरु भएको विशेष अधिवेशनमा कोरोना परीक्षण बिना बैठक चल्न नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेले मंगलकार संसद बैठक अवरुद्ध गरेको थियो । सरकारका प्रवक्ता र मन्त्री नै सहभागी […]
from समाचार – Online Khabar https://ift.tt/3xqUkUL
via IFTTT