समाचार
१३ वैशाख, पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले पर्सि बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संक्रमाकम रोग ऐन र स्थानीय प्रशासन ऐनअनुसार वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते साति १२ बजेसम्मका लागि आदेश जारी गरेका हुन् । ‘कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि निषेधाज्ञा नै […]
१३ वैशाख, काठमाडौं । माधव कुमार नेपालसहित नेकपा एमालेका नेताहरुले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वैशाख ६ गते एमाले […]
१२ वैशाख, सुर्खेत । वीरेन्द्रनगर–१२ मा नेपाली सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्र भट्टका अनुसार दुर्घटनामा मनिकला सपकोटा भट्टको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकालाई अस्पताल लैजान वार्ता नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । दुर्घटनापछि घाइते भएकी सापकोटालाई उपचारका लागि अस्पताल लैजानुको साटो चालक ब्यारेकमा […]
१३ वैशाख, वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ । योसँगै सोमबार पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । वीरगञ्ज महानगरपालिका–८ कि ३८ वर्षकी महिला र बहुदरमाइ नगरपालिका–७ कि ४५ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिए । […]
१३ वैशाख, पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव […]
१३ वैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या […]
१३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् । उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था […]
१३ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि-आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका […]
१३ वैशाख, पोखरा । स्याङ्जा वालिङकी एक महिलामा शनिबार लक्षणसहित कोरोना संक्रमण देखियो । अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गर्नुपर्ने भयो । गण्डकी प्रदेशभरिमा कोरोना संक्रमित बिरामी राख्ने एकमात्र अस्पताल हो, संक्रामक तथा सरुवा रोग अस्पताल । बिरामीका आफन्तले अस्पतालमा फोन गरेर अवस्था बताए, तर अस्पतालले बेड उपलब्ध गराउन नसक्ने जानकारी गरायो । बिरामीको […]
१३ वैशाख, सुर्खेत । एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन् । पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा […]
१३ वैशाख, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले कक्षा ५ देखि माथिका सबै कक्षाको मुख्य ५ विषयको परीक्षा लिने भएको छ । उपमहानगरपालिकाले विद्यालयहरुलाई पत्र पठाई वैशाख १८ गतेभित्र कक्षा ५ देखि माथिका कक्षाका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर लिन आग्रह गरेको छ । त्यस्तै अन्य विषयको परीक्षा […]
१३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गरेका सांसदहरूलाई भगौडाको संज्ञा दिएका छन् । प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेता कँडेलले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने काम अनैतिक र राजनीतिक अपराध भएको बताए । प्रदेश सरकारमा राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै उनले यस्ता प्रवृत्तिले व्यवस्थामाथि नै […]
१३ वैशाख, गुल्मी । गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–२ ताल्तुङ्गमा बिजुलीको काम गर्ने क्रममा १८ वर्षीय प्रकाश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले […]
१३ वैशाख, काठमाडौं । स्वयम्भु स्तुप परिसरका १७ वटा घर एकीकरण (हाउस पुलिङ) गरेर पुनर्निर्माण सम्पन्न भएको छ । ०७२ सालको भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका ती घरहरु घरधनीलाई हस्तान्तरण गरिएको छ । सोमबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले भवनको हस्तान्तरण गरे । स्वयम्भु पुनर्निर्माण समिति एवम् वडा १५ का अध्यक्ष इश्वरमान डंगोल स्वयम्भुका पुजारीका रुपमा […]
१३ वैशाख, चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लम्जुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् । अस्पतालका अनुसार वीरगञ्जका वृद्ध कोरोना सङ्क्रमण पुष्टि भई वैशाख ९ गते भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए […]
१३ वैशाख, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभाका तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । प्रदेशसभाको पाँचौ अधिवेशन गत चैत ३० गतेबाट शुरु भएको छ । सोही दिन पहिलो बैठक बस्दा १० वैशाखमा दोस्रो बैठक बसेको […]
१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । कोरोनाभाइरसको नयाँ […]
१३ वैशाख, जनकपुरधाम । सिरहामा एक युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । गोलबजार नगरपालिका–६ का ३४ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्थानीय भूमिजा अस्पतालमा उपचार गराइरहेका युवकको अवस्था जटिल भएपछि वैशाख ६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरान जाने […]
१३ वैशाख, सप्तरी । सरकारी निर्णय अवज्ञा गरी संचालन गर्दै आएको भन्दै सप्तरी सदरमुकाम राजविराजबाट ११ निजी विद्यालयका संचालकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लियो । तर, राजविराजमै रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा भने कोरोना भाइरसलाई गिज्याउने गरी भीड देखियो । सोमबार दिउँसो यो मालपोत कार्यालयमा पुग्दा अत्यधिक भीड थियो । कार्यालयको प्राङ्गणदेखि चारैतिर सेवाग्राहीको भीड […]
१३ वैशाख, पोखरा । मनाङबाट स्वतन्त्र निर्वाचन जितेका सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले गण्डकी प्रदेशसभामा स्वतन्त्र सांसदका लागि छुट्टै कुर्सीको व्यवस्था गर्न माग गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भएकै दिन गुरुङले स्वतन्त्र सांसदलाई छुट्टै बस्ने व्यवस्था मिलाउन संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् । सोमबारको विशेष अधिवेशनको बैठकमा […]
१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका छन् । ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको […]
from समाचार – Online Khabar https://ift.tt/3gLjc3x
via IFTTT