समाचार
१३ वैशाख, काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर-४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बाह्य शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गरेका हुन् । अहिले व्यायामका लागि करिब ८ लाख रुपैयाँ बराबरका सामान तथा उपकरण राखिएका छन् । यसरी राखिएका उपकरणमा एब्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, […]
१३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा नेपाल आएका विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरुलाई दिएको निर्देशनले सयौं भारतीय नागरिक काठमाडौंमा अड्किने भएका छन् । अहिले १४ दिन क्वारेन्टिनमा बस्ने गरी काठमाडौंका होटेलमा सयौं भारतीय नागरिक बसेका छन् । होटेल संघ नेपाल (हान)का अनुसार यसरी नेपालबाट विदेश उड्न आएका भारतीयको संख्या ३ हजारभन्दा […]
१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ । २५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या […]
१३ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले आईसीयूमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिइन् । वैशाख ११ गते एन्टिजेन पोजेटिभ देखिएका उनको श्वासप्रश्वासमा समस्या […]
१३ वैशाख, सर्लाही । सशस्त्र प्रहरीले दुई नाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी बिसनपुरका २२ वर्षीय सकलदिप कुमार रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा-६ खुटौनाबाट पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरीले उनको साथबाट २ सयग्राम चरेससमेत बरामद गरेको छ […]
१३ वैशाख, काठमाडौं । कोभिड–१९ को महामारीले काम रोकिएको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको काम पुनःसुरु भएको छ । करिब १४ महिनापछि आयोजनामा फेरि काम सुरु भएको हो । नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन सकेका थिएनन् । चीनबाट उपकरण तथा सामग्री […]
१३ वैशाख, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा ७ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलकाअनुसार उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।वैशाख […]
१३ वैशाख, रुकुमपूर्व । भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख सविन शाहले जानकारी दिए । पहिराले पुरेको स्काभेटरको […]
१३ वैशाख, काठमाडौं । बिमा कम्पनीहरुले कोरोना बिमा दावी भुक्तानी रोक्न थालेका छन् । सरकारले दिने भनेको रकम नदिएको भन्दै बिमा कम्पनीहरुले भुक्तानी रोक्न थालेका हुन् । शिखर इन्स्योरेन्स, प्राइम इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतले पछिल्लो केही दिन यता भुक्तानी नै ठप्प पारेका छन् । उता नेपाल इन्स्योरेन्सले पनि सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी […]
१३ वैशाख, काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ मजुवास्थित ताम्ली खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ । खोलाको छेउमा खेल्ने क्रममा ढुंगाबाट चिप्लेर दहमा डुबेर ६ वर्षीया जेनिशा विकको आइतबार दिउँसो मृत्यु भएको हो । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ स्थित भोटेकोशी नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । भोटेकोशी गाउँपालिका–१ मा […]
१३ वैशाख, डोटी । जिल्ला अस्पतालमा १२ शय्याको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लामा पनि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै आइसोलेशन कक्ष स्थापना गरिएको […]
१३ वैशाख, काठमाडौं । स्याङ्जामा वनमा लागेको डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेतिर आँधीखोला गाउँपालिका-१ अर्घौंदीकी ७२ वर्षकी टीकाकुमारी तिवारीको डढेलोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए । अर्घौदीमा ब्रतबन्धको निम्तो मानेर घर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको डढेलकोको मुस्लोमा […]
१३ वैशाख, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुस्नापुर स्यानिभञ्ज्याङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । ग्रामीण सामुदायिक विद्युत उपभोक्ता ढोरफिर्दीका कर्मचारी शुक्लागण्डकी–११ का ५८ वर्षीय युवराज शर्माको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
१३ वैशाख, हेटौंडा । दोश्रो चरणमा कोरोना संक्रमणको दर बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि प्रशासनले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । यात्राका क्रममा मास्क नलगाउनेलाई प्रशासनले सय रुपैयाँ जरिवाना तोकेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कोरोना दर बढ्दै गएपछि प्रहरी परिचानल गरिएको छ । हेटौंडाको बुद्ध चौकमा मास्क नलगाइ हिड्नेलाई जरिवाना र […]
१३ वैशाख, धनगढी । कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत टीकापुर नगरपालिका–१० का ५५ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । वैशाख ७ गते अस्पताल भर्ना भएका ती संक्रमितमा श्वासप्रश्वास सम्बन्धी समस्या र निमोनिया रहेको उनले बताए । आइतबार बिहान पनि […]
१३ वैशाख, जनकपुरधाम । गोली लोड भएको पस्तोल र लागूऔषध चरेससहित सर्लाही सदरमुकाम मलंगवाबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी थाना कन्हौली ग्राम पञ्चायत बिसनपुर आधार वडा नम्बर ८ बस्ने २४ वर्षीय सकलदीप कुमार महतो छन् । महतो सवार बीआर३०एस ६२०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको […]
१३ वैशाख, सुर्खेत । कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुँदैछ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको उनले बताए । ‘कोरोना […]
१३ वैशाख, काठमाडौं । काठमाडौंका थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् । वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ गरे । ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिँदै पिएर उद्घाटन गरेका हुन् । यसअघि गएको माघ २९ गते […]
१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।’ सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागू गर्न […]
१३ वैशाख, काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले भने, ‘पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी गरेका […]
१३ वैशाख, विराटनगर । कोरोना महामारीले आक्रान्त बनाइरहेको अवस्थामा प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्राण्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गठन गरेकी हुन् । कार्यदलमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, […]
from समाचार – Online Khabar https://ift.tt/3viWILh
via IFTTT






















