समाचार
१५ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ । ती देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ […]
१५ वैशाख, काठमाडौं । काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्काले क्षति पुर्याएको छैन । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा आठ हजार बढीले ज्यान गुमाएका थिए […]
१५ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड नपाएपछि एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै ज्यान गएको छ । देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती थिइन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा […]
१५ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम बनाएको छ । मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. नारायण प्रसाद रेग्मीले बताए । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ […]
१५ वैशाख, काठमाडौं । रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २ सय १० जनाको पीसीआर परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भएपछि वीरगञ्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी […]
१४ वैशाख, काठमाडौं । सोमबार मात्र पोखरामा कास्कीका दुई र स्याङ्जाका एक कोरोना संक्रमितको मृत्यु भयो । कोभिड–१९ को संक्रमण भएर अवस्था गम्भीर हुँदा पनि अस्पतालमा बेड नपाउनेहरुको संख्या त्यतिकै छ । तर जनताकf प्रतिनिधिहरुको थलो प्रदेशसभामा भने को मुख्यमन्त्री बन्ने भन्ने बहस भइरहेको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल भएसँगै […]
१४ वैशाख, काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रयासमा पर्सिबाट निषेधाज्ञा लागू हुने भएपछि उपत्यका छाड्ने क्रम बढेको छ । मंगलबार विहानबाटै सुरु भएको शहर छाड्ने क्रम साँझ पनि उस्तै देखिएको छ । झिटीगुटा बोकेर कलंकी, गोंगबु लगायतका स्थानमा मानिसहरु पुगेका छन् । स्थानीय प्रशासनले १६ वैशाखबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । तर […]
१४ वैशाख, काठमाडौं । आन्तरिक मतभेदका कारण अनिर्णित बनेको जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरु मंगलबार पार्टी कार्यालय बालकुमारीमा जम्मा त भए, तर १५/२० मिनेट भन्दा बैठक चलेन । कार्यकारिणी समिति बैठक बोलाउन समेत सहमति नभएको नेताहरुले बताएका छन् । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नेपाली कांग्रेसको नेतृत्वमा नयाँ […]
१४ वैशाख, नेपालगञ्ज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षका बेड कोरोना संक्रमितले भरिभराउ छन् । अक्सिजनको सपोर्टमा छटपटाइरहेका शरीरहरुले असह्य पीडा व्यक्त गरिरहेका छन् । ‘यहाँ यसरी भर्ना भएकाहरुको पीसीआर रिपोर्ट आउन बाँकी छ’ बिरामीको चापका बीच आकस्मिक विभागमा खटिएका डा. देवेन्द्र आचार्यले भने, ‘सबैलाई कोरोना संक्रमण भएको चाहिं निश्चित हो ।’ डा. आचार्यको […]
१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पास गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ । यो तत्काल लागू हुनेछ । पार्टीको सबै समितिको पदाधिकारीमा एकजना महिला अनिवार्य […]
१४ वैशाख, काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा. विनोद प्याकुरेलको हात्केला चाउरी परेको र पटपटी फुटेको जस्तो देखिन्छ । उनले हत्केला प्रयोग हुने कुनै शारीरिक परिश्रम गरेर हातको स्वरुप बिग्रेको होइन, दैनिक १६ घण्टाभन्दा बढी समय पञ्जा (ग्लोब्स) लगाउँदा हात यस्तो भएको हो । लगातार पञ्जा लगाउँदा हात बाफिएको उनी बताउँछन् । […]
१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा मंगलबार साँझ थप एक जना कोरोना संक्रमितको मृत्यु भएपछि एकै दिन मृत्यु हुनेको संख्या ४ पुगेको छ । मंगलबार साँझ साढे सात बजे पोखरिया नगरपालिका– २ बस्ने ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना गरिएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि […]
१४ वैशाख, काठमाडौं । मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयको एक विज्ञ समूहले राष्ट्रिय मानवअधिकार आयोगमा हालै गरिएको पदाधिकारी नियुक्ति आयोगको स्वायत्तता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै सच्याउन आग्रह गरेको छ । उच्चायुक्तको कार्यालयका ८ विज्ञहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आयोगमा हालै भएको नियुक्ति सच्याएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन आग्रह गरेका छन् […]
१४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा निशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ । वीरगञ्ज महानगरपालिकाले लायन्स क्लबहरुसँग मिलेर निशुल्क अक्सिजन बैंक स्थापना गरेको हो । कोभिड–१९ संक्रमणबाट जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन बैंकको स्थापना गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । अक्सिजन बैंक स्थापनाका लागि लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर सिमरा, कलैया र गञ्जभवानीपुरले […]
१४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको […]
१३ वैशाख, काठमाडौं । खोटाङको हलेसीमा निर्माणाधीन खानेपानी आयोजनाको वाटर लिफ्टिङ पम्प ५ साताअघि नै नेपाल आइपुग्नुपर्ने हो । तर, भारतमा फेरि कोरोनाको महामारी फैलिएपछि अर्डर गरेको लामो समयसम्म पनि मेसिन आएको छैन । ठेकदार कम्पनी महादेव खिम्ति सेवाका अनुसार अझै २–३ हप्ता सामान आइपुग्न समय लाग्ने अवस्था छ । यसले गर्दा आयोजनाको काम प्रभावित […]
१४ वैशाख, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई अस्पतालहरुमा अक्सिजन र भेन्टिलेटरसहितको आईसीयू व्यवस्था गर्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिरहेको उल्लेख गर्दै अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयूको अभावमा बिरामीको मृत्यु हुन सक्ने भन्दै सरकारलाई यस्तो निर्देशन दिएको हो । व्यवस्थित लकडाउन गर्न निर्देशन समितिले व्यवस्थित […]
१४ वैशाख, चितवन । सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर उपलब्ध गराएको छ । सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पतालमा एक महिनाका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको हो । अस्पतालमा कोरोनाका विरामीहरु बढ्दै गएपछि उनीहरुको उपचारमा सहजताका लागि थप भेन्टिलेटरहरु उपलब्ध गराएको सानो पाइलाकी सचिव डा. सुष्मा तिवारीले बताइन् […]
१४ वैशाख, गुल्मी । महामारीका बेला कोरोनाको परीक्षण देशभर भइरहँदा गुल्मीमा भने कोरोना परीक्षण रोकिएको छ । प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति अभावको कारण देखाउँदै कोरोना परीक्षण रोकिएको हो । गत वर्ष कोरोनाले महामारीको रुप लिन थालेपछि जिल्लाका स्थानीय तहको सहयोगमा जिल्लामै स्वाब परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला बन्द भएको हो । […]
१४ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो । त्यही निर्णयमा […]
from समाचार – Online Khabar https://ift.tt/3tXKvvq
via IFTTT