Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सञ्चार गृहबाट दुईजना पत्रकार पक्राउ

१२ वैशाख, काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक […]

दुई अर्ब राजस्व छलेको अभियोगमा १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा

१२ वैशाख, काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट रु ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर रु एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ छलेका अभियोगमा अनिल गुप्ता एण्ड एशोसिएट्सका […]

प्रश्नपत्र आउट गराएको आरोपमा १० जना पक्राउ

१२ वैशाख, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । वैशाख ३ गते विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो । उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, […]

‘अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखियो’

११ वैशाख, काठमाडौं । अनलाइन कक्षामा इन्टेरनेटको क्षमता कमजोर रहेको एक अध्ययनले देखाएको छ । कोरोना महामारीका कारण नेपालका धेरै विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन हुँदै आएका छन् । वैकल्पिक सिकाइ अन्तगर्गतको अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखिएको सो अध्ययनले देखाएको छ । युभर्सिटी अफ अक्सफोर्ड र लुनिभा बाल सरोकार समूहले ६ महिना लगाएर ‘नेपालको विद्यालय […]

भारतमा फेरि अक्सिजनको अभाव, अवस्था पहिलाको भन्दा गम्भीर

१० वैशाख, काठमाडौं । शुक्रबार बिहान भारतको राजधानी दिल्लीमा २५ परिवारले गंगाराम अस्पतालमा उपचार गराइरहेका आफन्त बिरामीले पर्याप्त अक्सिजन पाउन नसक्दा मृत्यु भएको समाचार पाए । अस्पतालका मेडिकल निर्देशकले अक्सिजनको चरम अभावका कारण गम्भीर अवस्थामा रहेका २५ बिरामीमा पर्याप्त अक्सिजन नपुगेको बताए । उनीहरूलाई उच्च चापमा स्थिर रूपमा अक्सिजन दिनुपर्थ्यो । यस्तो दुःखद् घटना दिल्लीका […]

औषधि व्यवस्था विभागका तीनजना कर्मचारीलाई कोरोना संक्रमण

१२ वैशाख, काठमाडौँ । औषधि व्यवस्था विभागका तीनजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विभागमा कार्यरत तीनजनामा कोरोना संक्रमण देखिएको विभागका प्रवक्ता सन्तोष केसीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार संक्रमितहरुको सम्पर्कमा आएका ८ जना होम आइशोलेशनमा बसेका छन्। यस्तै औषधि पसल नवीकरणबाहेकका सबै सेवा अवरुद्ध भएका छन् ।

कोरोना महामारी यही रुपमा बढ्यो भने गाह्रो पर्नसक्छ : मन्त्री ज्ञवाली

१२ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निश्कर्ष निकालेको छ । शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा भएको छलफलबारे आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक समितिका सदस्यलाई जानकारी गराएका छन् । बैठकमा सहभागी एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्वास्थ्य संरचनाले […]

उपभोक्तालाई ग्यास उद्योग संघको आग्रह : खाली सिलिण्डर भर्नुस्

१२ वैशाख, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्यास आयात हुने मुलुक भारतमा कोभिड माहामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ । गत वर्ष ग्यास भर्न […]

देवघाट पुलबाट खसेर एक कामदारको मृत्‍यु, ८ जना घाइते

१२ वैशाख, चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन् । […]

आज ३ बजे सीसीएमसीको बैठक बस्दै

१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आइतबार अपरान्ह ३ बजे बस्दैछ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । त्यही विषयमा छलफल […]

होटेल क्वारेन्टिनमा बसेका पाहुनालाई स्वास्थ्य मापदण्ड पालना गर्न व्यवसायीको आग्रह

१२ वैशाख, काठमाडौं । होटेल क्वारेन्टिनमा बसेका पाहुनालाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न व्यवसायीले आग्रह गरेका छन् । होटेल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले होटेल परिसरबाट अतिआवश्यक काम नपरेसम्म बाहिर नजान आग्रह गरेका छन् । होटेलमा बसेका भारतीय नागरिक तथा अन्य मुलुकका नागरिकसमेत स्वतःस्फूर्त होटेलबाट निस्कने गरेको गुनासो बढेपछि हानले सचेत गराएको हो । […]

आरोहण दलका सम्पर्क अधिकृतलाई फिल्डमा खटिन विभागको आग्रह

१२ वैशाख, काठमाडौं । हिमाल आरोहणका दौरान खटिएका सबै सम्पर्क अधिकृतलाई फिल्डमा जान पर्यटन विभागले आग्रह गरेको छ । विभिन्न बाहनामा तोकिएको हिमालको आधार शिविरसम्म नपुगी फर्कने प्रवृत्ति सम्पर्क अधिकृतमा रहेको भन्दै विभागले यस्तो आह्वान गरेको हो । अहिले सगरमाथासहितका हिमालमा सयौं आरोही र उनीहरुका सहयोगी पुगिसकेका छन् । ती आरोहीको निगरानी र सरकारी संयन्त्रका […]

आंशिक लकडाउन हुनसक्छ, देशभर लकडाउन गर्दैनौं : परराष्ट्रमन्त्री ज्ञवाली

१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना […]

सम्पदा पुनर्निर्माण : ठेकेदारभन्दा उपभोक्ता समिति अब्बल

२०७२ साल वैशाख १२ गते आजैको दिन विनाशकारी भूकम्प गयो । गोरखाको वारपाक केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पले ठूलो जनधनसँगै ८९१ साना एवं ठूला सम्पदाहरूमा पनि क्षति पुर्‍यायो । त्यसमध्ये दुईतिहाइ सम्पदाको पुनर्निर्माण अझै सम्पन्न भएको छैन । कैयौं सम्पदा पुनर्निर्माण भए त कैयौं हुँदैछन् । निर्माण सम्पन्न हुनेमा पनि ठेकेदारले पुनर्निर्माण गरिरहेकाभन्दा उपभोक्ता समितिले […]

तिलोत्तमाका शैक्षिक संस्था अनिश्चितकालीन बन्द

१२ वैशाख, बुटवल । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि तिलोत्तमा नगरपालिकाले नगरभित्रका शैक्षिक संस्थाहरु अनिश्चितकालसम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले आइतबारदेखि नै लागू हुनेगरी विद्यालय, कलेज, होस्टेल, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने र सबै प्रकारका परीक्षाहरु समेत स्थगित गर्ने निर्णय […]

कोरोनाविरुद्धको लडाइँमा परिचालित हुन पार्टी कमिटीलाई एमालेको निर्देशन

१२ वैशाख, काठमाडौं । नेकपा एमालेले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन एमालेले निर्देशन दिएको हो । बैठकपछि एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ […]

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

१२ वैशाख, काठमाडौं । चिकित्सकसहित ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालका निर्देशक डा. कृष्ण आचार्यका अनुसार कोरोना जोखिमलाई मध्यनजर राखेर आइतबारदेखि शुक्रबारसम्मका लागि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो । डा. अधिकारीले अनलाइनखबसँग भने, ‘चिकित्सकसहित १० जनाको परीक्षण गर्दा ९ […]

‘एलजीले कोभिड प्रतिकूलतालाई अनुकूलतामा बदल्यो’

१२ वैशाख, काठमाडौं । दक्षिण कोरियाली कम्पनी एलजीले नेपालमा घरायसी विद्युतीय सामग्री बिक्री थालेको ३७ वर्षभन्दा धेरै भयो । एलजीको बिक्री–वितरण चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले गर्छ । वाशिङ मेशिन, फ्रिज, टेलिभिजन, एयर कण्डिसनलगायत दर्जनौं विद्युतीय उपकरण बिक्रीमा नेपाली बजारको लिडर भएको दाबी गर्ने एलजीले गत आर्थिक वर्ष कोभिड महामारीमा पनि बिक्री लक्ष्य पूरा गर्‍यो । […]

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै ताला

१२ वैशाख, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा स्थगनको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा शनिबार ताला लगाएका छन् । विश्वविद्यालयले वैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थी संगठनहरुले कोरोना भाइरसको महामारीमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएका हुन् । अनेरास्ववियू अध्यक्ष रोहित गजुरेल, नेविसंघका […]

बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक शुरु भएको हो । ६ र १० वैशाखमा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्य […]

बञ्‍चरो प्रहार गरी बाबुको हत्‍या

१२ वैशाख, मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा बञ्‍चरो प्रहार गरी बाबुको हत्या गरिएको छ । कैलाश-३ कटुञ्जेमा छोराले बञ्‍चरो प्रहार गर्दा स्थानीय ५० वर्षीय बलराम सापकोटाको घटनास्थलमै मृत्यु भएको हो । सापकोटालाई ३० वर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बञ्‍चरो प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बञ्‍चरोसहित नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान कार्य […]



from समाचार – Online Khabar https://ift.tt/3tOMLVy
via IFTTT
Powered by Blogger.