Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोनाका कारण बालाजु बाइसधारा मेला यसवर्ष पनि लागेन

१४ वैशाख, काठमाडौँ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ । मेलामा लाखौंको संख्यामा भक्तजनहरु आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले जनाएको छ । उद्यानका कार्यालय प्रमुख दामोदर लामाले मेला लाग्दा भिडभाड […]

पूर्वराजा र पूर्वरानीलाई अक्सिजन सपोर्टमा उपचार

१४ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ । अस्पतालले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको हो । पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट […]

सार्वजनिक यातायातमा रोक लगाउने सरकारको निर्णय पुनर्विचार गर्न व्‍यवसायीको माग

१४ वैशाख, काठमाडौँ । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् । कोरोना संक्रमणको अवस्था भयावह भए अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन […]

लाइसेन्सको अनलाइन आवेदन बन्द

१४ वैशाख, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको जानकारी दिए । उनका अनुसार अब अर्को […]

परीक्षा दिन हिंडेकी छात्राको बाटोमा लडेर मृत्यु

१४ वैशाख, सल्यान । सल्यानमा परीक्षा दिन हिंडेकी एक छात्राको बाटोमा लडेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–२ अत्तरकाँडाकी चन्द्रकला सार्की छिन् । छत्रेश्वरी–१ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की चन्द्रकलाको मंगलबार बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटोमा सल्ली कुसुममा चिप्लिएर लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

नेपालबाट ट्रान्जिट उडानमा रोक लागेपछि भारतले जारी गर्‍यो ट्राभल एडभाइजरी 

१४ वैशाख, काठमाडौं । नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा उड्न रोक लागेसँगै भारतले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै सचेत गराएको छ । अध्यागमन विभागले १५ वैशाखबाट लागु हुने नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाउने निर्णय गरेको छ । अहिले भारतबाट उडानमा प्रतिबन्ध लागेका मुलुकमा नेपाल ट्रान्जिट भई भारतीय नागरिक विदेश […]

कैलालीमा ‘तपाईंको मास्क खोई ?’ अभियान

१४ वैशाख, डोटी । मुखमा मास्क र एक हातमा ‘तपाईंको मास्क खोई ?’ लेखिएको प्ले कार्ड बोकेका ट्राफिक प्रहरी अर्को हातले मास्क लगाउन ईशारा गर्दैछन् । उनी भौतिक दूरी काम गरेर हिंड्न समेत आग्रह गर्दैछन् । जिल्ला ट्राफिक कार्यालय कैलालीले धनगढीमा ‘तपाईंको मास्क खोई ?’ अभियान चलाएपछि ट्राफिक प्रहरीहरु सडकमा यसरी देखिएका छन् । दोस्रो […]

नेप्सेमा फर्कियो उत्साह, ११ कम्पनीको ‘सर्किट’ लेभलमा कारोबार

१४ वैशाख, काठमाडौं । दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार भएको छ । नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव […]

भारतमा रहेका नेपालीलाई कोरोना संक्रमणबाट सुरक्षित रहन नेपाली दूतावासको आग्रह

१४  वैशाख, काठमाडौँ । भारतस्थित नेपाली दूतावासले त्‍यहाँ रहेका नेपालीहरुलाई कोभिड १९ महामारीको संक्रमणबाट सुरक्षित रहन आग्रह गरेको छ ।  मंगलबार दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९को संक्रमणबाट बच्‍न मास्कको उचित प्रयोग गर्न, अत्यावश्‍यक एवं जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन, भिडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक […]

बिहीबारदेखि कैलालीमा एक हप्ता निषेधाज्ञा

१४ वैशाख, धनगढी । कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

बजेट : कर्मचारीलाई बिदा पर्यटनमा पठाउने प्रस्ताव

१४ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन व्यवसायको पुनरुत्थानका लागि कर्मचारीलाई पुनः बिदा पर्यटनमा पठाउने प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि यस्तो प्रस्ताव गरेको हो । यसअघि आव २०७०/७१ मा सरकारले बिदा पर्यटन कार्यान्वयनमा ल्याएको थियो । त्यसबेला प्रति कर्मचारीलाई १५ हजार ८ सय रुपैयाँ […]

कोभिड अस्पतालमा डाक्टर अभाव : चार वर्षदेखि लोकसेवा खुलेन, करारमा कोही आउँदैनन्

१४ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना संक्रमितहरुको उपचारका लागि जनशक्ति अभाव भएको बताएका छन् । उनका अनुसार लोकसेवा आयोगबाट ४ वर्षदेखि मेडिकल अफिसरको विज्ञापन खुलेको छैनन् । करारमा जागिर खान डाक्टरहरु आउँदैनन् । संसदको शिक्षा तथा स्वाथ्य समितिको मंगलबार बसेको बैठकमा डा. पोखरेलले भने, ‘३ महिना वा […]

नेपालबाट कतार जान ४८ घण्टाभित्रको पीसीआर रिपाेर्ट मात्र मान्य हुने

१४ वैशाख, काठमाडौं । नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपाेर्ट मान्य हुने भएको छ । कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट आउने यात्रुका लागि कडा नियम बनाइएको छ । […]

रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा सिफारिश

१४ वैशाख, बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ । डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिश गर्ने निर्णय गरेको हो । उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला […]

पर्सामा बिहीबारदेखि निषेधाज्ञा

१४ वैशाख, वीरगञ्ज । पर्सामा वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त […]

सरकारले भन्यो- तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क नलिनू

१४ वैशाख, काठमाडौं । सरकारले तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले तोकिएभन्दा बढी कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क उठाएको गुनासो आएकाले थप शुल्क नलिन आग्रह गरेको छ । सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र […]

सम्पदा पुनर्निर्माणपछिको मध्यपुर थिमी (फोटो फिचर)

१४ वैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका धेरै सम्पदा पुनर्निर्माण भएका छन् । संरक्षणको अभावमा जीर्ण भएका, अतिक्रमणमा परेका र भूकम्पका कारण जीर्ण भएका सम्पदाहरु अहिले पुनर्निर्माण भएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि मध्यपुर थिमीमा सम्पदा पुनर्निर्माणले गति लिएको हो अस्तित्व नै समाप्त भएका केही सम्पदा पुन उत्खनन्, जीर्ण भई अस्तित्व नै […]

जसपा बैठक : कार्यकारिणी समितिको बैठक बोलाउन सहमति जुटेन

१४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा छलफल भएपनि सहमति जुटेन । स्रोतका अनुसार संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने बताएका थिए । तर अध्यक्ष महन्थ ठाकुर […]

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, काठमाडौं । तनहुँ र गोरखामा गरी गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । ती पुरुषमा वैशाख ८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यसैगरी गोरखाको […]

भूकम्पको ६ वर्ष : पर्वतमा निजी आवास पुनःनिर्माण ७७ प्रतिशत सम्पन्न

१४ वैशाख, पर्वत । पर्वतमा भूकम्प गएको ६ वर्षमा तीन हजार ४४४ निजी आवास पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनःनिर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत सम्पन्न भएको जनाएको छ । जिल्लामा भूकम्पले घर भत्किएको भन्दै अनुदान सम्झौता गर्नेको […]

कोरोना संक्रमणबाट रौतहटमा एकजनाको मृत्यु

१४ वैशाख, रौतहट । कोरोना संक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ । गौर नगरपालिका–२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो । वैशाख ११ गते कोरोना संक्रामण पुष्टि भएपछि ती वृद्ध होम आइसोलेसनमा बसिरहेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि गौर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी […]



from समाचार – Online Khabar https://ift.tt/3vkiYo4
via IFTTT
Powered by Blogger.