Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सांसद शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग

१६ वैशाख, गण्डकी । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग गरेका छन् । शाहीले मंगलबार प्रदेशसभा सचिवालयमा दिएको स्वाबको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको तर पछि लाइफ केयर डाइग्नोस्टिक ल्याबमा गरेको भनिएको परीक्षणमा पोजेटिभ देखिएको भन्दै उनीहरुले छानबिनको माग […]

वागमती प्रदेश सरकार पुनर्गठन : जनजाति बाहुल्य प्रदेशमा जनजातिलाई नै उपेक्षा

१६ वैशाख, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका छन् । आठ सदस्यीय मन्त्रिपरिषदमा दोलखाकी बस्नेत एक्ली महिला मन्त्री हुन् । तीन वर्षअघि गठित पौडेल नेतृत्वको सरकारमा पुरुष मन्त्री मात्रै थिए । लैङ्गिक हिसाबले बस्नेत पहिलो र एक्ली महिला मन्त्री बने पनि मन्त्रिपरिषद् पूरै असमावेशी छ । एमाले र […]

काठमाडौंमा यी सवारी चालकले पास लिनुपर्दैन

१६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामबाहेक सवारी पास जारी नगर्ने बताएको छ । निषेधाज्ञाका बेला सवारी साधन चलाउन पास लिनेहरु धेरै आएको भन्दै कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागि मात्र सवारी पास जारी गर्ने बताएको छ । कार्यालयले अत्यन्तै जरुरी काम के के हुन् भन्ने चाहिं […]

यात्रु व्यवस्थापन गर्न वायुसेवा सञ्चालकले बनाए अनुगमन समिति

१६ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी र निषेधाज्ञाकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको व्यवस्थापनमा सहजीकरण गर्न वायुसेवा सञ्चालकहरुले अनुगमन समिति बनाएका छन् । वायुसेवा संचालक संघ -आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी बनाएर काम थालेको छ । बिहीबार सीसीएमसीको अनुगमन कमिटीबाट […]

बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

१६ वैशाख, सल्यान । बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको […]

उपप्रधानमन्त्रीसँगको भेटमा धुर्मुसले भने : बल्ल सरकार छ भन्ने महसुस भयो

१६ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका उनको सचिवालयले जनाएको छ । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना […]

निषेधाज्ञा लागेपछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत सामान्य अवस्थाको भन्दा करिब ३० प्रतिशतसम्म वृद्धि भएको छ । धेरैै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जनाएको छ । इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीका […]

सरकारले ‘संघीयता खारेज गरें’ भन्यो भने अनौठो नमाने हुन्छ : देव गुरुङ

१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता नै खारेजीको घोषणा गरे पनि अनौठो मान्नु नपर्ने टिप्पणी गरेका छन् । नोबेल कोरोनाभfइरस (कोभिड–१९) को महामारी रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकालपूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ । ‘संघीय संसदको बजेट अधिवेशन शुरु गर्ने बेला भयो, […]

हवाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

१६ वैशाख, काठमाडौँ । निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले बिहीबार सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर […]

कोरोना देखिएपछि गाउँपालिका बन्द

१६ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा चार दिनका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले सम्भावित सङ्क्रमणको जोखिमलाई […]

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त

१६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष […]

कोरोना संक्रमितको उपचार गर्न बेड तयार पार्दै जनकपुर प्रादेशिक अस्पताल

१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकार मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारका लागि तयारी शुरु गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भइसकेपछि प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १० वटा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड तयार गरिसकेको छ । यस्तै १२ वटा आईसीयू बेड तयार भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. […]

नेपालमा ११ लाख बालश्रमिक, कर्णालीमा सबैभन्दा धेरै

१६ वैशाख, काठमाडौं । देशभर अझै ११ लाख बालश्रमिक रहेको सरकारी अध्ययनले देखाएको छ । केन्द्रिय तथ्यांक विभागले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)सँगको सहकार्यमा गरेको अध्ययनले ५ वर्षदेखि १७ वर्षभित्रका बालबालिकामध्ये १५.३ प्रतिशत जनसंख्या बाल श्रमिकका रुपमा रहेको देखाएको छ । यो उमेर समूहभित्र ७० लाख जनसंख्यामध्ये ११ लाख बाल श्रमिकका रुपमा पहिचान भएका छन् । […]

कोरोनाको त्रासकाबीच बैंकहरुले कमाए ५० अर्ब नाफा, नबिल पहिलाे हुँदा सेन्चुरी कमजोर

१६ वैशाख, काठमाडौं । कोरोना त्रासका बीच ‘क’ वर्गका बैंकहरुले राम्रो खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका छन् । गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो ५ अर्ब भन्दा धेरै रकम हो । गत […]

झपक्क निदाउँदा पनि ऐंठन हुन्छ !

१६ वैशाख, नेपालगञ्ज । ‘बेस्सरी घाँटी दुखेको छ, खै कसरी कुरा गर्नु ?’ उनले आफ्नो स्वास्थ्य समस्या सुनाइन् । सात दिनदेखि निरन्तर २४ घण्टे ड्युटीमा रहेकी उनलाई ज्वरो आउन थालेको दुई दिन भएको थियो । मंगलबार बिसाउने पालो भए पनि आईसीयू बाहिर बेडको प्रतीक्षामा रहेका बिरामीको हेरचाह गर्ने जिम्मा उनको काँधमा आएको थियो । उनी […]

२४ घण्टामा सुदूरपश्चिमका ११ जना संक्रमितको मृत्यु

१६ वैशाख, धनगढी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचारत ५ जना, महाकाली अस्पतालमा उपचाररत ३ जना, अछाम, बझाङ र कैलालीको होम आइसोलेसनमा बसेका एक/एक जना गरेर ११ जना संक्रमितको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले […]

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पाँच दल दर्ता

१६ वैशाख, काठमाडौँ । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनका लागि एमालेलाई सूर्य चिह्न […]

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

१६ वैशाख, कैलाली । बर्दगोरीया गाउँपालिका-१ कट्टिपुर बस्ने लिल बहादुर बुढाका छोरा १० वर्षीय टंक बहादुर बुढाको सोही ठाउँस्थित कांडा नदीमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको बर्दगोरीया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

नवनियुक्त मन्त्री मनाङ्गेको ठट्टा : अलिअलि निद्रा चाहिं लागिरा’छ

१६ वैशाख, पोखरा । दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । शपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मीहरुसँग कुरा गरे । युवा तथा खेलकुद किन रोज्नुभयो भन्ने प्रश्नमा उनले भने, […]

मन्त्री दीपक मनाङ्गेले लिए शपथ

१६ वैशाख, पोखरा । बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् । तस्वीरहरु […]

झण्डै २१ लाखले लगाए कोरोना खोप

१६ वैशाख, काठमाडौं । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड र भेरोसिल्ड गरी २० लाख ९१ हजार जनाले पहिलो डोज खोप लगाएका हुन् । भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले १४ माघ […]



from समाचार – Online Khabar https://ift.tt/2RcmamN
via IFTTT
Powered by Blogger.