Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बझाङमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन जनचेतना कार्यक्रम

१३ वैशाख,  बझाङ । कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले बझाङमा जनचेतनाका कार्यक्रम शुरुवात गरेको छ ।  सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको  टोलीले चोकचोक र सडकमा माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना संक्रमण दर […]

गण्डकीमा सत्ता सहकार्यबारे लिखित सहमति गर्न जसपाको माग

१३ वैशाख, पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टीले नयाँ सत्ता गठबन्धनबारे लिखित सहमित गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग माग गरेको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता गराएको अविश्वास प्रस्ताव टेबुल हुँदैछ । जनता समाजवादी पार्टीले अविश्वासको प्रस्तावको पक्षमा मत दिने तर ४ वटा […]

अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

१३ वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा.समीर […]

शंख पार्कमा राखियो शारीरिक व्यायाम गर्ने पूर्वाधार

१३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बाह्य शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गरेका हुन् । अहिले व्यायामका लागि करिब ८ लाख रुपैयाँ बराबरका सामान तथा उपकरण राखिएका छन् । यसरी राखिएका उपकरणमा एब्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, […]

विदेश जान ट्रान्जिट बनाएका सयौं भारतीय नागरिक नेपालमै अड्किने !

१३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा नेपाल आएका विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरुलाई दिएको निर्देशनले सयौं भारतीय नागरिक काठमाडौंमा अड्किने भएका छन् । अहिले १४ दिन क्वारेन्टिनमा बस्ने गरी काठमाडौंका होटेलमा सयौं भारतीय नागरिक बसेका छन् । होटेल संघ नेपाल (हान)का अनुसार यसरी नेपालबाट विदेश उड्न आएका भारतीयको संख्या ३ हजारभन्दा […]

संक्रमितले भरियो कर्णाली प्रदेश कोभिड अस्पताल, अक्सिजन अभाव

१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ । २५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या […]

महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले आईसीयूमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिइन् । वैशाख ११ गते एन्टिजेन पोजेटिभ देखिएका उनको श्वासप्रश्वासमा समस्या […]

कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

१३ वैशाख, सर्लाही । सशस्त्र प्रहरीले दुई नाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी बिसनपुरका २२ वर्षीय सकलदिप कुमार रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा-६ खुटौनाबाट पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरीले उनको साथबाट २ सयग्राम चरेससमेत बरामद गरेको छ […]

१४ महिनापछि माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनामा फेरि काम सुरु

१३ वैशाख, काठमाडौं । कोभिड–१९ को महामारीले काम रोकिएको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको काम पुनःसुरु भएको छ । करिब १४ महिनापछि आयोजनामा फेरि काम सुरु भएको हो । नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन सकेका थिएनन् । चीनबाट उपकरण तथा सामग्री […]

बीपी प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा ७ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलकाअनुसार उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।वैशाख […]

बाटो खन्‍ने क्रममा सुख्खा पहिरोले पुर्दा स्काभेटर चालकको मृत्यु

१३ वैशाख, रुकुमपूर्व । भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ)मा बाटो खन्‍ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख सविन शाहले जानकारी दिए । पहिराले पुरेको स्काभेटरको […]

सरकारले रकम नदिएको भन्दै कोरोना बिमा भुक्तानी रोकियो

१३ वैशाख, काठमाडौं । बिमा कम्पनीहरुले कोरोना बिमा दावी भुक्तानी रोक्न थालेका छन् । सरकारले दिने भनेको रकम नदिएको भन्दै बिमा कम्पनीहरुले भुक्तानी रोक्न थालेका हुन् । शिखर इन्स्योरेन्स, प्राइम इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतले पछिल्लो केही दिन यता भुक्तानी नै ठप्प पारेका छन् । उता नेपाल इन्स्योरेन्सले पनि सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी […]

सोलुखुम्बु र सिन्धुपाल्चोकमा खोलामा डुबेर दुईजनाको मृत्यु

१३ वैशाख, काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ मजुवास्थित ताम्ली खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ । खोलाको छेउमा खेल्ने क्रममा ढुंगाबाट चिप्लेर दहमा डुबेर ६ वर्षीया जेनिशा विकको आइतबार दिउँसो मृत्यु भएको हो । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ स्थित भोटेकोशी नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । भोटेकोशी गाउँपालिका–१ मा […]

डोटीमा १२ शय्याको आइसोलेशन कक्ष स्थापना

१३ वैशाख, डोटी । जिल्ला अस्पतालमा १२ शय्याको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लामा पनि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै आइसोलेशन कक्ष स्थापना गरिएको […]

स्याङ्जामा डढेलोमा जलेर वृद्धाको मृत्यु

१३ वैशाख, काठमाडौं । स्याङ्जामा वनमा लागेको डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेतिर आँधीखोला गाउँपालिका-१ अर्घौंदीकी ७२ वर्षकी टीकाकुमारी तिवारीको डढेलोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए । अर्घौदीमा ब्रतबन्धको निम्तो मानेर घर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको डढेलकोको मुस्लोमा […]

अक्सिजन होइन, सिलिण्डरको अभाव छ !

१३ वैशाख, काठमाडौं । कोभिड १९ को दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको भारतमा ठूला शहरका अस्पतालहरू संक्रमितहरूले भरीभराउ हुन थालेका छन् । अक्सिजनकै अभावमा मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतमा जत्तिकै नभएपनि नेपालमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । बाँकेमा जटिल अवस्थाका संक्रमितहरुले बेड नपाउने अवस्था छ […]

करेन्ट लागेर तनहुँमा एकजनाको मृत्यु

१३ वैशाख, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुस्नापुर स्यानिभञ्ज्याङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । ग्रामीण सामुदायिक विद्युत उपभोक्ता ढोरफिर्दीका कर्मचारी शुक्लागण्डकी–११ का ५८ वर्षीय युवराज शर्माको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौंडामा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

१३ वैशाख, हेटौंडा । दोश्रो चरणमा कोरोना संक्रमणको दर बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि प्रशासनले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । यात्राका क्रममा मास्क नलगाउनेलाई प्रशासनले सय रुपैयाँ जरिवाना तोकेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कोरोना दर बढ्दै गएपछि प्रहरी परिचानल गरिएको छ । हेटौंडाको बुद्ध चौकमा मास्क नलगाइ हिड्नेलाई जरिवाना र […]

कैलालीमा थप एकजना संक्रमितको मृत्यु

१३ वैशाख, धनगढी । कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत टीकापुर नगरपालिका–१० का ५५ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । वैशाख ७ गते अस्पताल भर्ना भएका ती संक्रमितमा श्वासप्रश्वास सम्बन्धी समस्या र निमोनिया रहेको उनले बताए । आइतबार बिहान पनि […]

पेस्तोल र चरेससहित भारतीय नागरिक पक्राउ

१३ वैशाख, जनकपुरधाम । गोली लोड भएको पस्तोल र लागूऔषध चरेससहित सर्लाही सदरमुकाम मलंगवाबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी थाना कन्हौली ग्राम पञ्चायत बिसनपुर आधार वडा नम्बर ८ बस्ने २४ वर्षीय सकलदीप कुमार महतो छन् । महतो सवार बीआर३०एस ६२०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको […]

भोलि मध्यरातिदेखि सुर्खेतमा एक हप्ता निषेधाज्ञा

१३ वैशाख, सुर्खेत । कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुँदैछ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको उनले बताए । ‘कोरोना […]



from समाचार – Online Khabar https://ift.tt/3gFefJq
via IFTTT
Powered by Blogger.