समाचार
३० चैत, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको […]
३० चैत, भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष भने निरन्तरता […]
३० चैत, पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ […]
२९ चैत, पोखरा । समर्थन यथावतै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी २ मन्त्रीलाई २५ गते फिर्ता बोलायो । अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको छ । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक […]
३० चैत, काठमाडौँ । मनकामना केबुलकार सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार सोमबार बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी […]
३० चैत, कास्की ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको […]
३० चैत, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–१ आँपगाछीका ७२ वर्षीय पूर्णबहादुर गुरूङको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
३० चैत, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । आइतबार राति झापाको दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चारजना सदस्यसहित वृद्ध गत चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए । सुगरका रोगी वृद्धको उपचारका क्रममा […]
३० चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ […]
३० चैत, कालीकोट ।कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ । जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भने, […]
३० चैत, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा बयानका लागि उपस्थित हुन अदालतले सूचना जारी गरेको छ । उनलाई जिल्ला अदालत रुपन्देहीले २१ दिनभित्र अदालतमा हाजिर हुन भनेको छ । ‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम मुद्दा फैसला हुनेछ,’ जिल्ला अदालत रुपन्देहीले जारी गरेको सूचनामा […]
३० चैत, हेटौंडा । घरको मिटरबक्समा लगेको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको हेटौंडामा एक दम्पतीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–९ सिमेन्ट रोडका ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लैजाने […]
३० चैत, काठमाडौं । प्रदेश १ लोक सेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ । सिभिल इन्जिनियर तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो । ८२ जनाका लागि खुलाइएको यो विज्ञापन स्थानीय तहका लागि हो । परीक्षाबाट छनोट भएकाहरुलाई रोजाइ प्राथमिकताक्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने प्रदेश १ लोक सेवा आयोगले […]
३० चैत, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका राजनीतिक समस्या संवैधानिक रुपमै समाधान हुने हुँदा लगानीकर्ताले चिन्तित हुनु नपर्ने बताएका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका हुन् । त्यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा […]
३० चैत, बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् । तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो । तिलोत्तमाकी महिलामा चैत […]
३१ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो । अर्को बैठक तय […]
३० चैत, काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् । […]
३० चैत, चितवन । पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो । आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण सामग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिएका […]
३० चैत, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनले निर्वाचनका माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको छ । अध्यक्षमा डा. राउतलाई कायम राख्दै अन्य पदमा निर्वाचन गराइएको छ । निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, ई. बसन्त कुशवाहा, ई. दीपक कुमार साह र ई. नरेन्द्र […]
३० चैत, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । केही दिन सामान्य अवस्थामा पुगेको प्रदूषण सोमबार बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ । बुटवलमा २५०, नेपालगञ्जमा २२१ र पोखरामा १८९ एक्यूआई छ । […]
३० चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा आगामी भदौमा तय भएको चौधौं महाधिवेशनबारे छलफल हुने उनले बताए । यसअघि २० […]
from समाचार – Online Khabar https://ift.tt/3sfittn
via IFTTT