Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विराटनगरको कोशी कोभिड अस्पतालमा एकजना संक्रमितको मृत्यु

३० चैत, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । आइतबार राति झापाको दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चारजना सदस्यसहित वृद्ध गत चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए । सुगरका रोगी वृद्धको उपचारका क्रममा […]

भारतमा एकैदिन थपिए एक लाख ६९ हजार नयाँ संक्रमित

३० चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ […]

कालीकोटका ६० वटा वनमा आगलागी

३० चैत, कालीकोट ।कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ । जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भने, […]

विप्लवका दाइ वीरजंगलाई अदालतले बयानका लागि बोलायो

३० चैत, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा बयानका लागि उपस्थित हुन अदालतले सूचना जारी गरेको छ । उनलाई जिल्ला अदालत रुपन्देहीले २१ दिनभित्र अदालतमा हाजिर हुन भनेको छ । ‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम मुद्दा फैसला हुनेछ,’ जिल्ला अदालत रुपन्देहीले जारी गरेको सूचनामा […]

करेन्ट लागेर हेटौंडामा दम्पतीको मृत्यु

३० चैत, हेटौंडा । घरको मिटरबक्समा लगेको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको हेटौंडामा एक दम्पतीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–९ सिमेन्ट रोडका ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लैजाने […]

प्रदेश १ लोक सेवाले खुलायो इन्जिनियरिङ सेवाको विज्ञापन

३० चैत, काठमाडौं । प्रदेश १ लोक सेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ । सिभिल इन्जिनियर तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो । ८२ जनाका लागि खुलाइएको यो विज्ञापन स्थानीय तहका लागि हो । परीक्षाबाट छनोट भएकाहरुलाई रोजाइ प्राथमिकताक्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने प्रदेश १ लोक सेवा आयोगले […]

राजनीतिक समस्या समाधान हुन्छ, लगानीकर्ता आत्तिनु पर्दैन : अर्थमन्त्री

३० चैत, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका राजनीतिक समस्या संवैधानिक रुपमै समाधान हुने हुँदा लगानीकर्ताले चिन्तित हुनु नपर्ने बताएका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका हुन् । त्यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा […]

बुटवलको कोरोना अस्पतालमा तीन जना संक्रमितको मृत्यु

३० चैत, बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् । तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो । तिलोत्तमाकी महिलामा चैत […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

३१ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो । अर्को बैठक तय […]

तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

३० चैत, काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् । […]

क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग

३० चैत, चितवन । पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो । आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण सामग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिएका […]

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध, अन्य पदाधिकारी निर्वाचनबाट चुनिए

३० चैत, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनले निर्वाचनका माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको छ । अध्यक्षमा डा. राउतलाई कायम राख्दै अन्य पदमा निर्वाचन गराइएको छ । निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, ई. बसन्त कुशवाहा, ई. दीपक कुमार साह र ई. नरेन्द्र […]

काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण

३० चैत, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । केही दिन सामान्य अवस्थामा पुगेको प्रदूषण सोमबार बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ । बुटवलमा २५०, नेपालगञ्जमा २२१ र पोखरामा १८९ एक्यूआई छ । […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

३० चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा आगामी भदौमा तय भएको चौधौं महाधिवेशनबारे छलफल हुने उनले बताए । यसअघि २० […]

प्रदेशसभा बैठक : सभामुखले बोलाउँदा मुख्यमन्त्री गएनन्, छुट्टै बोलाए सर्वदलीय छलफल

३० चैत, विराटनगर । प्रदेश १ संसदमा देखिएको समस्या समाधान गर्न प्रदेश १ सभामुखले बोलाएको छलफलमा नगएका मुख्यमन्त्री शेरधन राईले छुट्टै सर्वदलीय बैठक बोलाएका छन् । सोमबार प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका हुन् । संसदमा देखिएको समस्या समाधान गर्न आइतबार सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको  सर्वदलीय छलफल बोलाएका थिए । […]

चार प्रदेशसभा सदस्यलाई माओवादी केन्द्रले गर्‍यो कारबाही

३० चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । र, दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ । माओवादी केन्द्रले चार सांसदलाई पार्टीले कारबाही गरेको पत्र बुझाएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । माओवादी केन्द्रले नेकपा एमालेमा […]

नेपाली सेनाले ‘सफा हिमाल’ अभियान सुरु गर्दै

३० चैत, काठमाडौं । नेपाली सेनाले हिमाल सफा गर्ने अभियान सुरु गर्दै छ । दुई वर्षअघि सगरमाथा सफा गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफा गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ‘सफा हिमाल’ नाम दिइएको अभियानको प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार दिउँसो ब्यानर हस्तान्तरण गरेर अभियान शुभारम्भ गर्ने कार्यक्रम छ। नेपाली सेनाले यो […]

प्रदेश २ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक बस्दै

३० चैत, जनकपुरधाम । प्रदेश २ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक सोमबार बस्दैछ । प्रदेश सभाको बैठक झण्डै ६ महिनापछि बस्न लागेको हो । ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसअघि ४ कात्तिकमा चौथो अधिवेशन अन्त्यको घोषणा गरिएको थियो । सोमबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने र शुभकामना दिने कार्यसूची […]

शिक्षा मन्त्रालय र सरोकारवालाबीच छलफल सुरु

३० चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच छलफल सुरु भएको छ । महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि मन्त्रालयले सरोकारवालालाई बोलाएर छलफल गरेको हो । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयले मन्त्रालयमा छलफल जारी रहेको जानकारी दिएको छ । बालबालिकामा […]

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

३० चैत, काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन […]

जसमा सहमति हुन्छ त्यसैले सरकारको नेतृत्व गर्छ: प्रचण्ड

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए । संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत दल […]



from समाचार – Online Khabar https://ift.tt/2Qkz9lZ
via IFTTT
Powered by Blogger.