Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग

३० चैत, चितवन । पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो । आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण सामग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिएका […]

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध, अन्य पदाधिकारी निर्वाचनबाट चुनिए

३० चैत, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनले निर्वाचनका माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको छ । अध्यक्षमा डा. राउतलाई कायम राख्दै अन्य पदमा निर्वाचन गराइएको छ । निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, ई. बसन्त कुशवाहा, ई. दीपक कुमार साह र ई. नरेन्द्र […]

काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण

३० चैत, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । केही दिन सामान्य अवस्थामा पुगेको प्रदूषण सोमबार बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ । बुटवलमा २५०, नेपालगञ्जमा २२१ र पोखरामा १८९ एक्यूआई छ । […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

३० चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा आगामी भदौमा तय भएको चौधौं महाधिवेशनबारे छलफल हुने उनले बताए । यसअघि २० […]

प्रदेशसभा बैठक : सभामुखले बोलाउँदा मुख्यमन्त्री गएनन्, छुट्टै बोलाए सर्वदलीय छलफल

३० चैत, विराटनगर । प्रदेश १ संसदमा देखिएको समस्या समाधान गर्न प्रदेश १ सभामुखले बोलाएको छलफलमा नगएका मुख्यमन्त्री शेरधन राईले छुट्टै सर्वदलीय बैठक बोलाएका छन् । सोमबार प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका हुन् । संसदमा देखिएको समस्या समाधान गर्न आइतबार सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको  सर्वदलीय छलफल बोलाएका थिए । […]

माओवादी केन्द्रले प्रदेश २ का ४ जना सांसद बर्खास्त गर्‍यो

३० चैत, जनकपुरधाम । प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना सांसदलाई बर्खास्त गरेको छ । चारजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । पार्टीले बर्खास्त गरिसकेको भनी पत्र बुझाइसकेको सभामुख सरोजकुमार यादवले अनलाइनखबरलाई जानकारी दिए । नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा […]

नेपाली सेनाले ‘सफा हिमाल’ अभियान सुरु गर्दै

३० चैत, काठमाडौं । नेपाली सेनाले हिमाल सफा गर्ने अभियान सुरु गर्दै छ । दुई वर्षअघि सगरमाथा सफा गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफा गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ‘सफा हिमाल’ नाम दिइएको अभियानको प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार दिउँसो ब्यानर हस्तान्तरण गरेर अभियान शुभारम्भ गर्ने कार्यक्रम छ। नेपाली सेनाले यो […]

प्रदेश २ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक बस्दै

३० चैत, जनकपुरधाम । प्रदेश २ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक सोमबार बस्दैछ । प्रदेश सभाको बैठक झण्डै ६ महिनापछि बस्न लागेको हो । ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसअघि ४ कात्तिकमा चौथो अधिवेशन अन्त्यको घोषणा गरिएको थियो । सोमबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने र शुभकामना दिने कार्यसूची […]

शिक्षा मन्त्रालय र सरोकारवालाबीच छलफल सुरु

३० चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच छलफल सुरु भएको छ । महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि मन्त्रालयले सरोकारवालालाई बोलाएर छलफल गरेको हो । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयले मन्त्रालयमा छलफल जारी रहेको जानकारी दिएको छ । बालबालिकामा […]

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

३० चैत, काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन […]

जसमा सहमति हुन्छ त्यसैले सरकारको नेतृत्व गर्छ: प्रचण्ड

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए । संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत दल […]

उत्तर प्रदेशमा रात्रिकालीन कर्फ्यु, विद्यालय पनि बन्द

३० चैत, काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु बन्द गरिएको छ । उत्तर प्रदेश सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गराएको हो । कतिपय जिल्लाहरुमा रात्रिकालीन कर्फ्युसमेत लगाइएको छ । दिनहुँ एक सयजना नयाँ संक्रमित फेला परेका वा पाँच सय सक्रिय संक्रमित भएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यु जारी गरिएको हो […]

इन्धन खन्याउँदै गर्दा पेट्रोल पम्पमा आगलागी

३० चैत, बुटवल । इन्धन खन्याउने क्रममा रुपन्देहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ । सूर्यपुरास्थित अभिषेक आयलमा लु २ ख २८५७ नम्बरको ट्याङ्करले इन्धन खन्याउने क्रममा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास गर्दा पम्प सञ्चालक हेमन्त चौधरी सामान्य घाइते भएका छन् । आगलागीबाट इन्धन बोकेको ट्याङ्कर जलेर पूर्णरुपमा नष्ट भएको छ । […]

रानी नाका हुँदै भारतबाट आएकी महिलामा कोरोना

३० चैत, विराटनगर । भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो । ती महिला उदयपुरको त्रियुगा नगरपालिका-७ की बासिन्दा हुन् । भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी उनको रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका […]

कीर्तिपुर नगरपालिका वडा नं. ७ का अध्यक्षको निधन

३० चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ । मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए । सोमबार उनलाई श्रद्धाञ्जली दिइने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए । माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी […]

आईपीएल : कोलकाताको विजयी सुरुवात

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा कोलकाताले हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो । चेन्नाईस्थित एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राना र राहुल त्रिपाठीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । […]

चितवनमा ट्याक्टर दुर्घटना, पाँच जनाकाे मृत्यु

२९ चैत, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हाे । दुर्घटनामा मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० […]

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

२९ चैत, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिउँसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार हेलिकप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको […]

संसदीय सुनुवाइ समिति : विपक्षमा दुई तिहाइ रोक्दै ओली

२९ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको संसदीय सुनुवाइ समितिमा विपक्षमा दुई तिहाइ सांसद पुग्न नदिने उद्देश्यले सदस्य हेरफेरको प्रस्ताव गरेका छन् । उनले एमालेभित्र माधव नेपाल पक्षका सांसदलाई समेत हटाएर आफू निकट सांसदलाई सुनुवाइ समितिमा राख्ने गरी सदस्य हेरफेरका लागि सभामुख अग्निप्रसाद सापकोटासमक्ष नाम प्रस्ताव गरेका […]

धरहराको उद्घाटन वैशाख ११ मा गर्ने तयारी  

२९ चैत, काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि […]

बनिनसक्दै भत्किन्छन् पुल, सच्चिंदैनन् त्रुटि

२९ चैत, काठमाडौं । चैत २३ गते राति तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्कियो । २२० मिटर लामो ढलान भइसकेको पुलको ८० मिटर भाग भत्कियो । पुलका विज्ञहरु यो घटनालाई निर्माण लागत घटाउने चक्करको परिणाम भन्छन् । पूर्वसिनियिर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय देवघाटको घटनालाई निर्माणाधीन पुल भत्किने पुरानै सिलसिलाको निरन्तरता […]



from समाचार – Online Khabar https://ift.tt/2Qi1hq8
via IFTTT
Powered by Blogger.