Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आन्तरिक मूल्यांकन गरेर नतिजा निकाल्न विद्यालयलाई पालिकाहरुको निर्देशन

५ वैशाख, काठमाडौं । कोरोना महामारीबाट अति प्रभावित स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका छन् । महामारीका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न निर्देशन दिन थालेका हुन् । आइतबार काठमाडौं महानगरपालिका, सोमबार इलाम नगरपालिकाले र […]

बझाङमा यार्सा संकलन क्षेत्र फोहोर व्यवस्थापन अभियान

५ जेठ, बझाङ । साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना र सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझालगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर […]

मारवाडी सेवा समितिले बनायो गौशालामा निःशुल्क आइसोलेसन केन्द्र

५ जेठ, काठमाडौं । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा निःशुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजनसहितको ५१ बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । आइसोलेसन केन्द्रको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरे । उनले तीन सय बेडसम्म सञ्चालन गर्न सकिने यो आइसोलेसनलाई पूर्ण रुपमा सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन […]

रेमडिसिभिरको आयातमा लाग्ने सबै कर-महसुल छुट

५ जेठ, काठमाडौं । सरकारले कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छूट गरेको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छूट दिइएको हो । आयातकर्ताले यो औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्नेछ […]

सेती अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर जडान, संक्रमितको उपचारमा सहज

५ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ । संघीय सरकारले खरिद गरेर पठाएका अस्पतालले २४ सहित ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर सेवा दिन थालेको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संघीय सरकारबाट प्राप्त भएका २४, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ र […]

मोरङको रंगेलीमा महिलाको हत्या, पतिसहित चारजना पक्राउ

५ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार पानी नरहेको  नहरको बीच भागमा घाँटी रेटिएको अवस्थामा २४ वर्षीया अनिता यादवको शव फेला परेको हो । यादवको घर […]

प्रधानमन्त्रीले बादललाई मत माग्नु आचारसंहिता विपरीत !

५ जेठ काठमाडौं । वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो उम्मेदवारको पक्षमा मत मागेका छन् । नेकपा एमालेकै मतदाताहरुको मत विभाजन हुने देखिएपछि उनले निर्वाचनको एक दिनअघि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मत माग्दै मत नदिए क्षम्य नहुने धम्कीसमेत दिएका छन् । निर्वाचन आयोगका अनुसार जेठ […]

राष्ट्र बैंकको नीति विपरीत महालक्ष्मी विकास बैंकले निकाल्यो लिलामीको सूचना

५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको नीति विपरीत महामालक्ष्मी विकास बैंकले ऋणीको सम्पत्ति लिलामी गर्न सूचना प्रकाशित गरेको छ । कोरोना महामारीका कारण ऋणीहरु समस्यामा रहेको हुनसक्ने भन्दै राष्ट्र बैंकले मंगलबार निषेधाज्ञा अवधिभर जरिवाना लगायतका अतिरिक्त शुल्क ऋणीबाट असुल नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यतिमात्रै होइन मौदि्रक नीतिको तेस्रो त्रैमासको […]

सेनाले कैलालीमा संक्रमितको शव व्यवस्थापनमा खटायो महिला सैनिकको टोली

५ जेठ, धनगढी । कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ । धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप-सेनानी शशि खड्काको कमाण्डमा ५ जनाको टोली संक्रमितको शव व्यवस्थापनमा खटाइएको जनाएको छ । भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला […]

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

५ जेठ, बर्दिया । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गरेका छन् । उपलब्ध रकम अस्पतालको माग अनुसार नै भएको जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने […]

जगरनाथपुरमा गाउँभरि संक्रमित, न परीक्षण न आइसोलेसन

५ जेठ, वीरगञ्ज । वैशाख २७ गते पर्साको जगरनाथपुर गाउँपालिका-५ चिलझप्टीलगायत गाउँभरि ज्वरोका बिरामी भेटिएको तथ्य सार्वजनिक भयो । गाउँपालिकाको स्वास्थ्य शाखाले नै स्वास्थ्य कार्यालय पर्सालाई यसबारेमा जानकारी गरायो । १० दिनमा १० जनाको मृत्यु हुनेमा अधिकांश चिलझप्टी गाउँकै थिए । भोलिपल्ट जिल्ला र पालिकाको टोली पुगेर ज्वरोको बिरामी खोज्नुका साथै एन्टिजेन परीक्षण गर्‍यो । […]

गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्तिले जिते कोरोना

५ जेठ, गुल्मी । गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् । २०७२ सालमा मिर्गौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मबलले नै कोरोना जित्न सफल भएको बताए । कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधि हुने […]

सहारामा सास फेरिरहेकालाई प्राणवायु पाउनै मुस्किल

५ जेठ, काठमाडौं । काठमाडौं बुढानीलकण्ठकी ५५ वर्षीया कमला अर्याललाई अक्सिजनविना सास फेर्नै मुस्किल हुन्छ । विगत १४ वर्षदेखि उनी अक्सिजनकै सहारामा सास फेरिरहेकी छिन् । उनलाई ‘चेस्ट फाइब्रोसिस’को समस्या छ । जुन रोगले फोक्सोमा पानीको फोका बनाउँछ र फोक्सोलाई काम गर्न बाधा पुर्‍याउँछ । निषेधाज्ञा हुनुभन्दा केही दिनअघि मात्रै उनलाई १५ दिन आईसीयूमा राखेर […]

सिचुवान प्रान्तले दिएको मेडिकल सामग्री नेपाल आइपुग्यो

५ जेठ, काठमाडौं । चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले यसको जानकारी दिएको हो । आज सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत यी सामग्री नेपाल ल्याएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज विमानस्थलमा सिचुवान एयरलाइन्सको यो उडानसहित एक दर्जन अन्तर्राष्ट्रिय हवाई उडानको तालिका छ । […]

पार्टी उम्मेदवारलाई मतदान नगरे क्षम्य हुँदैनः प्रधानमन्त्री ओली

५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल)लाई मतदान गर्न आह्वान गरेका छन् । बुधबार अपिल जारी गर्दै सूर्य चिन्ह लिएर उम्मेदवारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् । बादल एमालेको उम्मेदवार भएकाले पार्टी निर्णय बिपरीत मतदान नगर्न ओलीले चेतावनी […]

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु

५ जेठ, बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिए । शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा राजभरको बाटोमै मृत्यु […]

बाँकेमा १३ घण्टाको अवधिमा थप १७ जना संक्रमितको मृत्‍यु

५ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेदेखि बुधबार बिहान ६:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, ३ जना बर्दिया, २/२ जना दाङ, रूकुम पश्‍चिम र कैलालीका […]

भारतमा एकैदिन कोरोनाबाट ४५ सयभन्दा बढीको मृत्यु

५ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ६७ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् […]

वीपी प्रतिष्ठान धरानमा थप दुईजना संक्रमितको मृत्‍यु

५ जेठ, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बेलबारी-९ मोरङका ६५ वर्षीया महिलाको मंगलबार साँझ ६: ३० बजे मृत्‍यु भएको छ । उनलाई जेठ २ गते कोरोना संक्रमण देखिएपछि जेठ ३ गते भर्ना गरिएको थियो । यस्तै सुन्दरहरैचा-१० मोरङका ७२ वर्षीय पुरूषको मंगलबार साँझ ५:५० बजे मृत्‍यु […]

गुल्मीमा जेठ १५ गतेसम्म निषेधाज्ञा थप

५ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गते थियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले […]

रुपन्देहीमा थप ८ जना संक्रमितको मृत्यु

५ वैशाख, बुटवल । रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् । बैसाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल १३ की ८० वर्षिया महिलाको बुधबार बिहान ६:५८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले […]



from समाचार – Online Khabar https://ift.tt/2S7Lqes
via IFTTT
Powered by Blogger.