समाचार
१५ जेठ, काठमाडौं । नेपालले गत फागुन महिनामा भारतको सेरम इन्स्टिच्यूटबाट कोभिड १९ विरुद्धको अक्सफोर्ड एन्स्ट्राजेनिका (कोभिशिल्ड) खोपको २० लाख डोज खरीद गर्ने निर्णय गर्यो । प्रति डोज ४ अमेरिकी डलरका दरले नेपालले उक्त कम्पनीलाई रकम भुक्तानी गरेकोमा १० लाख डोज आउनै बाँकी छ । भारत सरकारले खोप निर्यातमा रोक लगाएसँगै तत्काल नेपालले भारतीय कम्पनीबाट […]
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नेपालीमा गणतन्त्र दिवसको शुभकामना दिंदै संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गर्न आह्वान गरेका छन् । लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता र समावेशीता राष्ट्रपति र प्रधानमन्त्रीको गलत भूमिकाका कारण संकटमा परेको भन्दै उनले सो आह्वान गरेका हुन् । ‘संविधानको पालक (राष्ट्रपति) र […]
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नु परेको बताएका छन् । कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने भन्दै उनले हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहार तदनुकूल नहुँदा देशले दुष्परिणाम भोग्नु परेको टिप्प्णी गरेका हुन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना […]
१५ जेठ, काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष […]
१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै गणतन्त्र दिवस मनाउनुपर्ने उनको आग्रह छ । चौधौं गणतन्त्र दिवसका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन् । राष्ट्रपति […]
१५ जेठ, काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण नेपाल यतिबेला विश्वकै उच्च संक्रमण दर भएको मुलुकमा दरिन पुगेको छ । मुलुक पूर्ण लकडाउनमा गएको एक महिनापछि तीन दिनयता मात्र दैनिक संक्रमितको संख्याभन्दा निको हुने संख्या धेरै देखिन थालेको छ । १०० माथिको मृत्यु र ८ हजारमाथिको संक्रमण संख्या गत एक महिनायताको नियति बन्न पुगेको छ […]
१५ जेठ, काठमाडौं । भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोनाभाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् । हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए । […]
१४ जेठ, काठमाडौं । अध्यादेशबाट बजेट ल्याउनु अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनमार्फत सम्बोधन गरे । सम्बोधनका क्रममा उनले ५ पुसको संसद् विघटन, सर्वोच्च अदालतबाट भएको पुनर्स्थापना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन, त्यसबीचका राजनीतिक संकट र फेरि संसद् विघटनबारे आफ्नो दाबी पेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको एउटै […]
१४ जेठ, पोखरा । २५ वर्षीया गर्भवती श्रीमतीलाई कोभिड देखिएपछि तनहुँ भानुका ३४ वर्षीय युवकले घरमै रेखदेख गरिरहेका थिए । शुक्रबार राति पेट दुखेपछि एक बजेतिर पश्चिमाञ्चल अस्पतालमा ल्याए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा उपचार शुरु भयो । चिकित्सककाे सल्लाहअनुसार अपरेसन गरेर बच्चा निकालियो । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुँदै थियो […]
१४ जेठ, काठमाडौं । बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेशा अँगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए । कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति […]
१४ वैशाख, काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को महामारीका कारण सरकारले लगातार दोस्रो वर्ष आर्थिक वृद्धिदर कमजोर हुने भएको छ । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै सरकारले सो तथ्य स्वीकार गरेको हो । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । तर, चालु आर्थिक वर्ष २०७७/७८ मा भने यसमा ‘भी’सेप आकारमा […]
१४ जेठ, गोरखा । बारपाकमा शुत्रबार ७ शय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार कोरोना पुष्टि हुनेमा ४० महिला र १८ पुरुष रहेका छन् । ‘३९८ जना महिला र ३२४ जना पुरुषको एन्टिजेन परीक्षण गर्यौं’ उनले भने, ‘उनीहरुमध्ये ५८ […]
१४ जेठ, ललितपुर । ललितपुरको लामाटारस्थित शुभतारा विद्यालय पूर्ण रुपमा बन्द हुने भएको छ । आर्थिक संकटको कारण देखाउँदै विद्यालय बन्द गर्न लागिएको हो । विद्यालयले बिहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ । गत सोमबार विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने अनौपचारिक रुपमा जानकारी […]
१४ जेठ, काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]
१४ जेठ, धनगढी । कैलालीमा युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान धनगढी बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका पहिचान हुन नसकेका युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने […]
१४ जेठ, बुटवल । बुटवल धागो काराखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयू कक्षमा पानी चुहिएर जलमग्न भएको छ । तीन दिनदेखिको वर्षाका कारण भवनको छानोबाट पानी चुहिँदा आइसीयू कक्ष जलमग्न भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुरानो भवनको टिनको छानोबाट चुहिएको पानी फल्स सिलिङबाट आईसीयू कक्षमा झरेको बताए । एउटा बेडमा […]
१४ जेठ, धनगढी । आन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका छन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको […]
१४ जेठ, धनगढी । सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना महामारी नियन्त्रण पहिलो प्राथमिकता हुने बताएका छन् । शपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खड्काले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताए । ‘अहिले सबैभन्दा अप्ठ्यारो परस्थितिमा हाम्रो प्रदेश छ,’ खड्काले भने, ‘सामाजिक विकास मन्त्रालयले यहाँका सबै […]
१४ जेठ, काठमाडौं । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार पहिलो पटक बहस भयो । पहिलो दिनको बहसमा अधिवक्ता र बेञ्चबीच रोचक सवाल–जवाफ भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रतिनिधिसभा विघटन सम्बन्धी परेका सबै रिटहरूमाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश दिएको थियो […]
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला २०७२ सालमा जारी वर्तमान संविधान मस्यौदा गर्ने समितिका सभापति थिए । अहिले संविधानको धारा ७६ (५) को प्रयोगका सम्बन्धमा विभिन्न कोणबाट बहस भइरहेको छ र अदालतमा मुद्दा पनि परेको छ । यसै सम्बन्धमा हामीले उनलाई संविधानको धारा ७६ (५) को मर्म के हो र संविधानको मस्यौदा […]
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखरामा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ मृत्यु हुनु दुःखद र कारुणिक घटना भएको बताएको छ । यो घटनाले राज्यको अकर्मण्यता पुष्टि गर्नुका साथै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सिर्जना गरेको पनि कांग्रेसले बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जनताको मृत्यु […]
from समाचार – Online Khabar https://ift.tt/3wGcxfJ
via IFTTT