Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

किराना पसल बन्द गर्नु कति व्यवहारिक ?

१२ जेठ, काठमाडौं । उपत्यकामा एक महिनादेखि लकडाउन छ, सुरुमा विहान बेलुकी खुलेका दैनिक उपभोग्य बस्तुहरुको पसल पछिल्लो समय विहान ९ बजेसम्म मात्र खुल्छ । सबै जोहो गर्न सक्नेहरु त कहिले तरकारी किन्न त कहिले के किन्न पसल पुग्छन् भने दैनिक ज्यालामजदुरी गरेर कमाउने र त्यही पैसाले दालचामल किनेर छाक टर्नेहरुको संख्या पनि उल्लेख्य छ […]

अस्पतालको बजेटमा पनि पहुँचवालाकै रजगज, जस लिन होडबाजी

१२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारका लागि अस्पतालले पाएको बजेटमा सत्ता र शक्तिको दुरुपयोग भएको पाइएको छ । अर्थ मन्त्रालयले अस्पतालहरुलाई दिएको बजेट धेरैजसो पहुँचवाला नेताको जिल्लामा पुगेको छ । यस्तो बजेट अधिकतम समस्या भएका जिल्लामा भन्दा शीर्ष र पहुँचवाला नेताहरुको जिल्लामा बढी केन्द्रित छ । केन्द्रीय, प्रादेशिक, जिल्ला अस्पताल र स्थानीय अस्पतालहरुले […]

नेपाल समूहका १५ नेताको वक्तव्य : ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य

१२ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैदमवादी शैलीमा कारबाहीको डण्डा चलाएको बताएका छन् । पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निरंकुश तानाशाही निर्णय सार्वजनिक गरिएको भन्दै नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले भत्र्सना गरेका छन् । एमालेमा नेपाल समूहले सर्वोच्च […]

गण्डकी सरकारको रणनीति : सके विश्वासको मत, नसके अध्यादेशबाट बजेट

१२ जेठ, पोखरा । प्रदेशसभाको अधिवेशन १६ जेठका लागि आह्वान भइसकेको छ । पहिलो दिन दलका नेताहरुले भनाइ राख्ने छन् भने १७ गते प्रि–बजेट छलफल सुरु हुनेछ । त्यसपछि सरकारको नीति तथा कार्यक्रम र १ असारमा बजेट ल्याउने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । तर प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमभन्दा पहिला […]

पूर्वन्यायाधीश बलराम केसीलाई प्रश्न : राष्ट्रपतिविरुद्ध अदालतमा मुद्दा चल्छ ?

बलराम केसी, सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरी निर्वाचनमा जान राष्ट्रपतिलाई गरेको सिफारिश र सो बमोजिम राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन अहिले विवादको विषय भएको छ । त्यसैगरी संविधानको धारा ७६(५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त नगरेकोमा विपक्षी दलहरूले राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्च अदालतमा […]

१८ घण्टा अस्पताल राखेको एक लाख ३६ हजारको बिल

१२ जेठ, विराटनगर । विराटनगरको एम्स अस्पतालले उपचारका लागि १८ घण्टा राख्दा बिरामीलाई एक लाख ३६ हजारको बिल थमाएको छ । जनकपुरबाट उपचारका लागि आएका ४४ वर्षीय बद्रीबहादुर मगरको उपचार शुल्कवापत अस्पतालले आफन्तलाई एक लाख ३६ हजारको बिल थमाएको हो । शनिबार नोबेल मेडिकल कलेजमा भर्ना भएका बद्रीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएपछि नोबेलले […]

कोरोना नियन्त्रणमा कर्णाली सरकारले स्वयंसेवक खटाउने

१२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा स्वयंसेवक खटाउने भएको छ । प्रदेशमा कोरोना नियन्त्रण, संक्रमितको उद्धार, उपचार र शव व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्ने प्रदेश मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णय गरेको सरकारकी प्रवक्ता सीता नेपालीले जानकारी दिइन् । प्रवक्ता नेपालीका अनुसार स्वयंसेवकहरूले मुख्यगरी बाह्य जिल्लाबाट आउने संक्रमितको उपचारमा सहयोग, संक्रमितको मृत्यु भएको खण्डमा […]

नागरिकता अध्यादेश ल्याउनु सरकारको बदनियत : राप्रपा

१२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद विघटन गरेर नागरिकता अध्यादेश ल्याउनु सरकारको बदनियत भएको बताएको छ । अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी संसद विघटन गरेको दुई दिनमै विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकलाई अध्यादेशको रुपमा जारी गर्नु सरकारको बदनियत भएको बताएका हुन् । ‘अहिले अध्यादेश जारी गर्दा […]

सुदूरपश्चिममा थप ५ संक्रमितको मृत्यु, ३३७ जनामा संक्रमण

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । कैलालीका २, डडेल्धुराका २ र कञ्चनपुरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ३३७ जना संक्रमित थपिएका छन् । प्रदेशमा एन्टिजेन […]

कैलालीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो

१२ जेठ, धनगढी । कैलालीमा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने आदेश गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी […]

पर्सामा जेठ २० गतेसम्म निषेधाज्ञा लम्बियो

१२ जेठ, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बुधबार आदेश जारी गर्दै कोरोना संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएका छन् । यसअघि बुधबार नै बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र […]

मन्त्री पद गुमाएका ७ पूर्वमाओवादी नेताले सरकारी निवास छाडेनन्

१२ जेठ, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मन्त्री पद गुमाएका सात पूर्वमाओवादी नेता हिजोआज पनि पुल्चोकस्थित मन्त्री क्वार्टरमै बस्छन् । सर्वोच्च अदालतले संसद सदस्य नरहेका कारण उनीहरुलाई दोस्रो पटक मन्त्री नियुक्त गर्न नमिल्ने भन्दै मन्त्रीको हैसियतमा कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, […]

कांग्रेसले भन्यो : राजनीतिक अभीष्ट पूरा गर्न सरकारले आतंक फैलायो

१२ जेठ, काठमाडौं । नेपाली कांगेसले कोरोना महामारीको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड- १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले आफ्ना […]

कर्णाली सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन रिफिलिङ स्थापना गर्ने 

१२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन सिलिण्डर भर्ने रिफिलिङ स्थापना गर्ने भएको छ । प्रदेशमा अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चित गर्न सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टमको स्थापना गर्ने सोमबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । ‘अक्सिजनको अभाव हुन नदिन सरकारले दुई जिल्लामा रिफिलिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको […]

नौ दिनको अन्तरमा दुई चक्रवात, मनसुनमा सरदरभन्दा बढी पानी पर्ने

१२ जेठ, काठमाडौं । अरब सागरमा विकसित ‘ताउ-ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ आयो । प्रि-मनसुन अवधिको मे महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि पर्‍यो । ताउ तेबाट नेपालको पश्चिमी क्षेत्र र यासबाट पूर्वी क्षेत्र बढी प्रभावित भयो । नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली बिरलै […]

काठमाडौंका सिडिओ भन्छन् : पसल खुल्दैन, आपत परे मेयरलाई फोन गर्नुस् !

१२ जेठ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कडा बनाए पनि नागरिकले खानै नपाउने अवस्था आउँछ कि भनेर आत्तिनुनपर्ने बताएका छन् । बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्ने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले जेठ १४ देखि २० गतेसम्म निषेधाज्ञा कडा गरेपनि नागरिकलाई समस्या पर्न नदिने बताए । खानेकुरा सकिए वडा कार्यालयले राहत वितरण […]

नारायणी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

१२ जेठ, वीरगञ्ज । नारायणी अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री र उपकरण सहयोग गरिएको छ । चर्चित अभिनेत्री मनिषा कोइराला र वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेका हुन् । कोरोना संक्रमितको उपचार गरिररहेको वीरगञ्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पताल हो । अस्पतालले १४५ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याएको छ […]

गाँजा तस्करीमा तेल ट्यांकरको प्रयोग, दुईजना पक्राउ

१२ जेठ, वीरगञ्ज । बारा प्रहरीले तेल ट्याङ्करमा लुकाएर भारततर्फ लैजान लागेको अवैध लागु औषध २ सय १८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका-८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र चितवनको खैरहनी-२ बस्ने २३ वर्षीय रामकुमार दवाडीलाई पक्राउ गरेको हो । उनीहरु ना ४ ख २९७९ नम्बरको ट्याङ्करको चालक र […]

निषेधाज्ञा उल्लंघन गर्ने १,५३८ वटा सवारी कारबाहीमा

१२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ३८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४ सय ५६ वटा गाडी र १ हजार ८२ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिएको प्रहरीले जनाएको छ । कोभिड १९ रोकथाम […]

प्रदेश १ मा प्रतिपक्षको एकै स्वर : तत्काल बजेट अधिवेशन बोलाऊ 

१२ जेठ, विराटनगर । प्रदेश १ सरकारले संसद छलेर बजेट ल्याउन खोजेको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश १ का प्रतिपक्षी दलहरुले प्रदेशसभा छल्दै आएको सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्याउन खोजेको आरोप लगाएका हुन् । केन्द्रमा जेठ १५ र प्रदेशमा असार १ गते बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ । […]

कोभिड-१९ अपडेट : नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

१२ जेठ, काठमाडौं । लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबार नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिँदा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ […]



from समाचार – Online Khabar https://ift.tt/2Sx6XNS
via IFTTT
Powered by Blogger.