Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खाने तेल उत्पादक संघले भन्‍यो : कृत्रिम मूल्य वृद्धि गरेका छैनौं

१७ जेठ, कठामाडौं । खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ । ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म […]

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्षसम्म कैद सजायको व्यवस्था गर्न सुझाव

१७ जेठ, काठमाडौं । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तीनदेखि पाँच वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था गर्न सुझाव दिएको छ । सोमबार विभाग प्रमुख खगराज अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा यस्तो व्यवस्था […]

टावर मर्मत नहुँदा दार्चुलाका स्थानीयहरु ७ महिनादेखि सञ्चार सेवाबाट बञ्चित

१७ जेठ, दार्चुला । व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा गत गत मंसिरदेखि स्थानीय बासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन् । गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति पुर्‍याएको थियो । सात महिनासम्म टावरको मर्मतसम्भार नहुँदा अहिले व्याँस गाउँपालिका-१ छाङ्गरु तिङ्करका स्थानीयवासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरी सञ्चार सेवाबाट बञ्चित […]

धनगढीको निसर्ग हस्पिटलमा सिटी स्क्यानसहितको न्यूरो ट्रमा सेवा सुरु

१७ गते, धनगढी । कैलालीको धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ । अस्पतालले न्यूरो ट्रमा सेन्टर स्थापना गरेपछि सिटी स्क्यान मेसिन जडान गरेको हो । अन्यत्रबाट आएका बिरामीलाई बाहिरबाटै गरिएको सिटी स्क्यानका आधारमा अस्पतालले गत फागुनदेखि न्यूरो सर्जरी सेवा दिंदै आएको थियो । करिब तीन महिना अघि सञ्चालन […]

विना लाइसेन्स सञ्चालित विराटनगरका दुई फार्मेसी सिल

१७ जेठ, विराटनगर । विना लाइसेन्स सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभागले विराटनगरका दुईवटा औषधि पसल सिल गरेको छ । एउटा व्यक्तिको नाममा दर्ता गरी अर्कैले सञ्चालन गरेको पाइएपछि विराटनगर महानगरपालिका–९ अस्पताल चोकमा रहेका टाइम्स फर्मा र रियाङ्शी मेडिको बन्द गरेको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । ‘एउटा […]

युवक हत्याको आरोपमा ४ जना पक्राउ

१७ जेठ, धनगढी । कैलालीमा युवक हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज […]

कस्तो होला झलनाथ–माधव विनाको एमाले ?    

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना […]

लक्ष्मीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

१७ जेठ, डोटी । आफ्नै श्रीमानले आगो लगाउँदा जलेर घाइते भएकी डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत लक्ष्मीलाई सोमबार काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । ‘माननीय वन तथा बातावरण मन्त्री प्रेमवहादुर आलेमगरज्यूले समन्वय […]

भोलि खुल्ने भनिएको चीनसहितका देशमा हवाइ उडान अनिश्चित

१७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साताअघि मन्त्रिपरिषद्बाट १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलेको जानकारी गराएका थिए । तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको छ । १४ जेठमा […]

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र […]

चिनियाँ खोप ५५ देखि ६५ वर्षकालाई दिइने

१७ जेठ, काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको […]

राष्ट्रपतिले खोप माग्दै पत्राचार गर्नु संविधानको उल्लंघन : भीम रावल

१७ जेठ, काठमाडौं । पूर्वमन्त्री भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप माग गर्दै विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गर्नु संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन् । नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप याचना गर्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् । कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले […]

बजेटमा कांग्रेसको प्रतिक्रिया : जनताको आँखामा छारो हाली शासन गर्ने मनोकांक्षा

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले हचुवाको भरमा बजेटमा आएका कतिपय कार्यक्रमले दीर्घकालीन दायित्व थपिने र त्यसले अर्थतन्त्रमा गम्भीर क्षति पुग्ने प्रतिक्रिया दिएको छ । आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटबारे प्रत्रिक्रिया सार्वजनिक गर्दै नेपाली कांग्रेसले सामाजिक सुरक्षाका कार्यक्रमप्रति लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएको हो । ‘सामाजिक सुरक्षाको अधिकार सबै नागरिकलाई छ, कोभिडको महामारीमा त […]

अधिकांश हाइड्रोपावरको सेयर मूल्यमा गिरावट

१७ जेठ, काठमाडौं । आइतबारसम्म निकै राम्रो बढेको होइड्रोपावर कम्पनीहरुको सेयर मूल्य सोमबार भने घटेको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४५ अंक भन्दा धेरै घटेको छ । समग्रमा बजार हाइड्रोपावर समूहको सबइन्डेक्स ४ दशमलव ३१ प्रतिशत अर्थात १२९ दशमलव ९३ अंकले घटेको छ । यो नै आज सबैभन्दा धेरै घट्ने समूह हो […]

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

१७ जेठ, काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए । ‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि […]

कोठाभित्रै मृत भेटिए फ्रान्सेली नागरिक

१७ जेठ, काठमाडौं । बौद्धमा एकजना फान्सेली नागरिक कोठाभित्र मृत अवस्थामा भेटिएका छन् । राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक ६७ वर्षीय मार्क गेरार्ड बाजुसलाई मृत अवस्थामा फेला पारिएको प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीले बताए । उनका अनुसार बाजुसको शवमा बाहिरी चोटपटक देखिएको छैन । र, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको […]

काठमाडौं उपत्यकामा सुरु भयो रोपाईं (फोटो फिचर)

१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा रोपाईं सुरु भएको छ । देशका अन्य क्षेत्रमा भन्दा चाँडै रोपाईं सुरु हुने उपत्यकामा केही दिनअघि भएको वर्षाले पनि किसानलाई सहज भएको छ । काठमाडौंको मूलपानी र भक्तपुरको चाँगुनारायण क्षेत्रका किसान हिजोआज रोपाईं गर्न व्यस्त छन् । कोरोना महामारीले उपत्यकाको शहरी क्षेत्र निषेधाज्ञाका कारण बन्द छ । तर उपत्यकाकै […]

गण्डकीको बजेट नीति : घरमै मेडिकल सेवा, सहारा गुमाएकालाई रोजगारी

२७ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ । सोमबार प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले कोभिड–१९ को उपचार गर्ने अस्पताल, अक्सिजन प्लान्ट निर्माणमा जोड दिने बताएका छन् । उनले मेडिकल सेवालाई होम आइसोलेसनसम्म पुर्‍याउने पनि उनले बताए […]

म्‍याग्दीमा एक हप्ता निषेधाज्ञा थप

१७ जेठ, गलेश्वर । साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा सोमबारदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज राति १२ बजेदेखि लागू […]

जावलाखेल फुटबल क्लबका म्यानेजर ‘आइस ड्रग’सहित पक्राउ

१७ जेठ, काठमाडौं । जावलाखेल फुटबल क्लबका म्यानेजर अनुप श्रेष्ठ ‘पार्टी ड्रग’ मानिने महँगो एम्फेटामाइन (आइस) लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी परिसर, ललितपुरको टोलीले श्रेष्ठसहित तीनजनालाई पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार श्रेष्ठको कोठाबाट ५० ग्राम एम्फेटामाइन, जोख्ने तराजु, प्याकिङका लागि राखिएका प्लास्टिक र ५० हजार रुपैयाँ बरामद भएको […]

सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन : कांग्रेस

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको बताएको छ । सत्तारुढ दलका नेताहरुले बजेटलाई आम जनताले रुचाएका कारण विपक्षीहरुले विरोध गरेको बताइरहँदा कांग्रेसले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको  बताएको हो । बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा छायाँ अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद […]



from समाचार – Online Khabar https://ift.tt/3uDyGtA
via IFTTT
Powered by Blogger.