Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

किनमेलका नाममा भिड बढेपछि किराना पसल पनि बन्द : सीडीओ भट्टराई

१२ जेठ, काठमाडौं । कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसलसमेत बन्द गर्ने निर्णय गर्नु परेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन् । काठमाडौैं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर समेत बन्द गर्ने प्रशासनको निर्णय अव्यावहारिक भएको भन्दै गुनासो आइरहेका बेला प्रजिअ भट्टराईले सर्वसाधारणकै लागि यो निर्णय लिइएको अनलाइनखबरलाई बताए । ‘व्यावहारिकता […]

भारतमा यास चक्रवातको असर : दुईजनाको मृत्यु, लाखौं विस्थापित

१२ जेठ, काठमाडौं । भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुईजनाको मृत्यु भएको छ । चक्रवातका कारण १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । ओडिसाका मुख्यमन्त्री नवीन पटनाइकेले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै तटीय क्षेत्रबाट […]

सत्ताका लागि जे पनि गर्नु अशोभनीय : संविधान निगरानी समूह

१२ जेठ, काठमाडौं । संविधान निगरानी समूहले महामारीको समयमा सत्ता प्राप्तिका लागि जे पनि गर्ने परिस्थिति देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीसहितको उक्त समूहले कोरोना महामारीका कारण स्वास्थ्य र जीवन रक्षामा अभूतपूर्व संकट फैलिएको बेला संसद् भित्रबाट सबै राजनीतिक शक्तिले एकिकृत प्रयास गर्नुपर्नेमा सत्ता कब्जा वा सत्ता प्राप्तिका […]

छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल सुरु 

१२ जेठ, काठमाडौं । काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा बुधबारदेखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गरे । कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार  रुपैयाँ र मासिक सञ्चालन […]

बाँकेमा थप ६ जना संक्रमितको मृत्यु

१२ जेठ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंख्या मंगलबार दिउँसो ३ः१० बजेदेखि बुधबार बिहान २ बजेसम्मको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँके र रुकुम पश्चिमका दुई/दुई जना, सल्यान र दाङका एक/एकजनाका मृत्यु भएको हो । बाँकेको राप्तिसोनारी गाउँपालिका–५ का २३ वर्षीय पुरुषको भेरी अस्पतालमा […]

हामी अष्ट्रेलियासँग अट्याकिङ फुटबल खेल्नेछौं : प्रशिक्षक अलमुताइरी

१२ जेठ, काठमाडौं । चैत २२ मा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक भएपछि अब्दुल्लाह अलमुताइरीले नेपालले अब अट्याकिङ फुटबल खेल्ने बताएका थिए । फिफा विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने भएकोले एन्फाले चैत १८ गते उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली फुटबल टिमको प्रशिक्षक बनेपछि नै उनको ‘बोल्ड’ […]

राहतको १० केजी चामलसँगै एमालेको चिठी !

१२ जेठ, विराटनगर । नेकपा एमालेको इटहरी नगर कमिटीले वडा नम्बर ३ को सुनौलो बस्तीमा राहत बाँड्यो । ११२ परिवारलाई १० किलोग्राम चामल, तीन किलोग्राम दाल, तीन किलोग्राम आलु र तेलका दरले राहत वितरण गरिएको थियो । एमालेले अघिल्लो साता नै राहत बाँड्न खोजेको थियो । तर स्थानीय प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली अपनाएको […]

काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि, ८०० टर्की नष्ट गरिंदै

१२, जेठ, काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थित दुई ठाउँ र चन्द्रागिरिमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरिको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले अनलाइनखबरलाई […]

रुपन्देही र नवलपरासीका खोला–नदीमा मनपरी उत्खनन्, अनुगमन शून्य

१२ जेठ, बुटवल । कोरोना महामारीका कारण रुपन्देही र नवलपरासीमा निषेधाज्ञा जारी छ । सर्वसाधारण घर बाहिर निस्कन पाएका छैनन् । तर यही मौकामा दुवै जिल्लाका नदी तथा खोलामा मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवाको उत्खनन् भइरहेको छ । रुपन्देहीका तिनाउ, सुखौरा, रोहिणी तथा नवलपरासी पश्चिमका भूमही र तुरियालगायतका खोला तथा नदीमा चरम उत्खनन् भइरहेको […]

कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न नेपाललाई कोभ्याक्सको पत्र

१२ जेठ, काठमाडौं । कोरोना खोप वितरणको एक विश्वव्यापी अभियान कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेको छ । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्ष कोभिसिल्ड खोप दिन नसक्ने भनेको भन्दै कोभ्याक्सले त्यसको विकल्पमा अर्को उपयुक्त खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा […]

नौ दिनको अन्तरमा दुई चक्रवात, मनसुनमा सरदरभन्दा बढी पानी पर्ने

१२ जेठ, काठमाडौं । अरब सागरमा विकसित ‘ताउ-ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ आयो । प्रि-मनसुन अवधिको मे महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि पर्‍यो । ताउ तेबाट नेपालको पश्चिमी क्षेत्र र यासबाट पूर्वी क्षेत्र बढी प्रभावित भयो । नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली बिरलै […]

पर्सा प्रशासनले भन्यो : नागरिकता वितरण भएको हल्ला निराधार

१२ जेठ, वीरगञ्ज । निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सूचना सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता वितरण नभएको बताएका हुन् । जिल्ला प्रशासन कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी […]

सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता नलिने

१२ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् । उनका अनुसार कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे […]

कांग्रेसले भन्यो : राजनीतिक अभीष्ट पूरा गर्न सरकारले आतंक फैलायो

१२ जेठ, काठमाडौं । नेपाली कांगेसले कोरोना महामारीको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड- १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले आफ्ना […]

भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट ४१ सय बढीको मृत्यु

१२ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार १५७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका २ लाख ८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७१ लाख ५७ हजार नाघेको […]

भारतले भन्यो- संसद विघटन नेपालको आन्तरिक मामिला

१२ जेठ, काठमाडौं । नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । नेपालको पछिल्लो घटनाक्रमबारे धेरै जिज्ञासा आएको न्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’ उनले […]

..अनि स्थापना भयो भेन्टिलेटर बैंक

१२ जेठ, काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि शुरू भयो । नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत र अन्य क्षेत्रसँग आवद्ध भएका केही सचेत व्यक्तिहरूलाई भेन्टिलेटरको कमी भएको थाहा थियो । गत वर्ष कोभिड १९ संक्रमण फैलन थाले पनि भेन्टिलेटरको अभावले धेरैको ज्यान जानसक्ने जोखिम बढ्यो । यो जोखिमलाई राम्ररी बुझेका शिक्षण अस्पताल […]

चन्द्रागिरि नगरपालिकाका मेयर गिरीलाई कोरोना संक्रमण

१२ जेठ, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होमआइसोलेशनमा छन् । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा हालसम्म चार हजार ५२ सङ्क्रमित भइसकेका छन् । तीमध्ये तीन हजार […]

अस्पतालबाट भागेका संक्रमित पक्राउ

१२ जेठ, डोटी । जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका संक्रमितत पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो […]

२० प्रतिशतसम्म बढ्नेछ राजस्व लक्ष्य, कत्रो होला बजेटको आकार ?

११ जेठ, काठमाडौं । सरकारले राजस्व परामर्श विकास समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ को राजस्व लक्ष्यमा २० प्रतिशत हाराहारी वृद्धि गर्ने तयारी गरेको छ । कोरोना महामारीबीच पनि राजस्व प्राप्ति र वैदेशिक व्यापारमा त्यति ठूलो असर गरेको छैन । आगामी आवमा कोरोना महामारी कम भएर अर्थतन्त्र चलायमान हुने अवस्थामा २० प्रतिशतसम्म वृद्धि वैज्ञानिक हुने […]

महन्थ ठाकुरले मागे उपेन्द्र यादवसँग स्पष्टीकरण

१२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् । मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई […]



from समाचार – Online Khabar https://ift.tt/3wN3idZ
via IFTTT
Powered by Blogger.