समाचार
१३ जेठ, जनकपुरधाम । प्रदेश २ मा ३५३ जना कोरोना संक्रमित थपिंदा ८६७ जना निको भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७३७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३४९ जना र २० जनाको एन्टिजेन विधिबाट २० नमुना परीक्षण गर्दा चार जना संक्रमित देखिएका छन् । सबैभन्दा बढी धनुषामा ८६ जना, सिरहा र […]
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले संविधान तथा कानुनका जानकारहरुसँग छलफल गरे । छलफलका क्रममा संविधानविदहरुले उनलाई दुईथरि सुझाव दिए । कसैले सर्वोच्च अदालतको फैसला पर्खिनेबाहेक केही गर्न नमिल्ने सुझाव दिए भने कसैले सक्रिय हुन सुझाव दिए । सक्रिय हुन सुझाव दिनेले राष्ट्रपतिलाई पत्र लेख्न र संसदको पक्षमा जनमत सिर्जना […]
१३ जेठ, गुल्मी । परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदीपकुमार ज्ञवालीले गृहजिल्ला गुल्मीको लागि स्वास्थ्य सामग्री पठाएका छन् । गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरुका लागि उनले अक्सिजनसहितका सिलिन्डर, मास्क, कन्सन्टेटर लगायतका स्वास्थ्य सामग्री पठाएका हुन् । स्वास्थ्य सामग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हस्तान्तरण […]
१३ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्षहरुले अध्यादेशबाट बजेट नल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपाध्यक्षहरुले संविधान अनुसार १५ जेठमै बजेट ल्याउनु पर्ने बाध्यकारी व्यवस्था भएपनि अध्यादेशबाट भने बजेट ल्याउन नहुने बताएका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि मुलुकमा अर्को संवैधानिक संकट र […]
१३ जेठ, धनगढी । यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीको गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई पक्राउ गरेको छ । गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिए । गुम्बामा रहेका केही बालिकाले संरक्षक […]
१३ जेठ, काठमाडौं । अस्पतालको बजेट पहुँचवाला नेता र मन्त्रीका गृहजिल्लामा मात्रै केन्द्रित गरिएको भन्दै ओलोचना भएपछि सरकारले उपचारको विशेष उपकरणका लागि अन्य अस्पतालहरुमा पनि बजेट पठाउन थालेको छ । कोभिड-१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ […]
भनिन्छ, जीवन यात्रा हो । मानिसको जीवनलाई त्यही यात्रा मानेर हेर्ने हो भने घरदेखि घाटसम्मको दूरीको यात्रा हो । यसरी हेर्दा जीवन कति छोटो जस्तो, आजै हिंडेर अर्थात् एकै दिन, एकैछिनमा पनि पुगिने जस्तो । जीवनको सरलरेखा छ । हामी पो कसरी हिंड्छौं ? सफलता–असफलता, जस–अपजस, सुख–दुःख, आँशु–हाँसो शायद यसैमा निर्भर होला । तर, के […]
१३ जेठ, काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आयोगले जेठ ६ गते सम्पन्न उपनिर्वाचनको परिणामसहितको विवरण बिहीबार राष्ट्रपति भण्डारी समक्ष पेश गरेको हो । उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार […]
१३ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,७३८, ललितपुरका ३६४ र २६५ जना छन् । यस्तै काठमाडौंमा १६ हजार ३६१ संक्रिय संक्रमित रहेका छन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको कुल संख्या १ लाख ८३ हजार ८७१ पुगेको छ । […]
१३ जेठ, काठमाडौं । होटेल व्यवसायीले कोरोना भाइरसको महामारीका कारण थलिएको पर्यटन क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न वृहत पर्यटन पुनरुत्थान योजना ल्याउन माग गरेका छन् । कोभिड-१९ को विश्वव्यापी महामारीबाट थला परेको होटल उद्योग पुनः सञ्चालनमा आउन नपाउँदै नयाँ कोरोना भेरियन्टको कारण अस्तव्यस्त हुन पुगेको भन्दै व्यवसायीले बजेटबाट विशेष सम्बोधन हुनुपर्ने माग गरेका हुन् । […]
१३ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाल कांग्रेसका नेता रामशरण महतले विश्वासको मत नपाएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन ल्याउनु गलत हुने बताएका छन् । अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै महतले बजेट अध्यादेश ल्याउनैपर्ने भएमा असारमसान्तसम्म सरकारले पर्खिनुपर्ने बताए । अदालतमा पुगेको संसद विघटनविरुद्धको मुद्दाको फैसला असार मसान्तसम्म नआउने अवस्थामा मात्रै सरकारले गत वर्षको बजेटको कार्यक्रमअनुसार […]
१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै […]
११ जेठ, बुटवल । बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो । वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि ३९ वर्षका छोराको अवस्था गम्भीर […]
१३ जेठ, काठमाडौं । फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन एक स्थान सुधार गर्दै […]
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन गर्न दुई विकल्प अघि सारेका छन् । कोरोना महामारी र मध्यावधि निर्वाचनका कारण भदौका लागि तय भएको महाधिवेशन अनिश्चित देखिएपछि पौडेलले विकल्प अघि सारेका हुन् । पार्टीको वैधानिकता जोगाउन भदौसम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले अहिले टुंगो लागेका क्रियाशील […]
१३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख गंगाप्रसाद यादवले प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार विज्ञप्ति जारी जारी प्रदेश प्रमुख यादवले स्वर्गीय मल्लप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको गएराति काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।
१३ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया […]
१३ जेठ, काठमाडौं । सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो । साताको अन्तिम कारोबार बिहीबार भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका […]
१३ जेठ, काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा कडाइ गर्दै नयाँ निर्देशन जारी गर्यो । यसअनुसार, बैंक तथा वित्तीय संस्थाले लघुवित्तहरूको सेयर किन्न पाउने छैनन् । कम्पनीहरूको सेयर पनि कम्तीमा एक वर्ष ‘होल्ड’ गर्ने गरी किन्नुपर्नेछ । १० जेठ २०७७ (सोमबार) सम्म किनिसकेको लघुवित्तको […]
१३ जेठ, पर्वत । पर्वतमा स्थानीयस्तरमै कोभिड परीक्षण गर्न सकिने एन्टिजेन किट अभाव भएको छ । परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय तहले बिरामीको पहिचान छिटो गर्न माग गरेका छन् । स्थानीय तहको माग ५० हजार रहेकामा ३५० वटा मात्र किट रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका तथ्याङ्क […]
१३ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्रीहरूको समूह पूर्वअर्थमन्त्री मञ्चले अध्यादेशबाट आउने बजेट कामचलाउ मात्र हुनुपर्ने बताएका छन् । मञ्चको बुधबार बसेको बैठकले संसद पुनर्स्थापनाको मुद्दा अदालतका विचाराधीन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने निष्कर्ष निकालेको हो । अहिले बहुमतको सरकार नरहेको, कामचलाउ सरकार रहेको, संसद पुनस्र्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने […]
from समाचार – Online Khabar https://ift.tt/3wwhw2u
via IFTTT