समाचार
१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना […]
१७ जेठ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ६१ जिल्लाको क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम सकिएको जानकारी दिएको छ । सोसँगै ६१ जिल्लाको १०१ स्थानको लागि नामावली इन्ट्री गर्ने सफ्टवयर बन्द गरिएको छ । क्रियाशील सदस्यतामा कुनै त्रुटि भएमा सच्याउनका लागि नयाँ तर्फको नामावलीका सम्बन्धमा क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र […]
१७ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ । सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो । यसअघि आइतबार साँझ पाँच बजे तय भएको स्थायी कमिटी बैठक पनि स्थगित गरिएको थियो । बैठकमा स्पष्टीकरण सोधिएका १२ जना नेताहरुलाई थप कारबाही […]
१७ जेठ, काठमाडौं । उत्तराधिकारीको अभावका कारण लामो समयदेखि निष्कृय बनेको संशोधन मण्डललाई सवल बनाउन भन्दै सरकारले आगामी आर्थिक वर्षको लागि बजेट व्यवस्था गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा इतिहासको अध्ययन, अन्वेषण र खोज गरी भौगोलिक, राजनीतिक, सांस्कृतिक एवं सामाजिक पक्षमा प्रामाणिकता स्थापित गर्न क्रियाशील रहेको इतिहास संशोधन मण्डललाई सबल बनाउन […]
१७ जेठ, काठमाडौं । कर्णाली प्रदेशका प्रथम सगरमाथा आरोही प्रेम दोर्चे लामा पेसाले पर्यटन व्यवसायी हुन् । यतिबेला कोराना महामारीका कारण पर्यटन क्षेत्र ठप्पजस्तै छ । यो अवस्थामा उनी गएको वैशाखमा ९ जना रसियन पर्यटकसहित सगरमाथा क्षेत्र घुमेर आए । ‘सगरमाथा क्षेत्रमा त म लगभग ७० पटक गइसकें । तर यो पटकको यात्रा निकै यादगार […]
१७ जेठ, धनगढी । नेकपा एमालेबाट शुक्रबार नियुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले स्पष्टीकरण बुझाएका छैनन् । पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारको मन्त्री मण्डलमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण मागेको थियो । तर उनीहरु ६ जनाले नै स्पष्टीकरण पेश नगरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको […]
१७ जेठ, बुटवल । अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न नदिन विपक्षी चार दलले माग गरेका छन् । मतदान हुनुभन्दा १६ घण्टा अगाडि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकारको अधिकार दिएपछि विपक्षी दलहरूले यो निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् । पार्टीले […]
१७ जेठ, काठमाडौं । स्पष्टीकरण सोधिएका एमाले नेताहरुलाई थप कारबाहीलगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । आइतबार बस्ने तय भए पनि स्थगित गरिएको बैठक सोमबार बिहान बस्न लागेको हो । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको जानकारी दिए । पछिल्लो राजनीतिक […]
१७ जेठ, काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए । उनका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख […]
१७ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको […]
१७ जेठ, धनगढी । सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको साढे ४ लाख बढीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतका बोर्डर आउट पोष्ट (बीओपी) पचुई, बयलबन्दा, दोधाराचाँदनी, झिलमिला र थापा चोकबाट खटिएको टोलीले सीमामा गस्ती गर्ने क्रममा अवैध ४ लाख ६६ हजार बराबरको अवैध सामान […]
१७ जेठ, बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा आज मतदान हुँदै छ । माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचन […]
१७ जेठ, विराटनगर । काम गरेको पैसा नदिई ठेकेदार प्रतिनिधि हिँडेपछि आफूहरु अलपत्र परेको मोरङको घिनाघाट-विराटचोक सडक खण्डमा काम गर्ने कामदारहरुले बताएका छन् । सो सडकखण्डमा उदयपुरका १५ युवा कार्यरत छन् । उनीहरुले बेखर्ची भएर भोकभोकै बस्नु परेको बताएका छन् । ‘ठेकेदारका मान्छे पैसा नदिई हिँडे, हामी यहाँ अलपत्र छौँ,’ उदयपुर बेलका नगरपालिका-३ का रेवत […]
१७ जेठ, धनगढी । लागुऔषधसहित कञ्चनपुर प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले वेदकोट नगरपालिका-७ को लालपुरबाट लागुऔषध खैरो हिरोइनसहित सोही ठाउँका २५ वर्षीय प्रविन चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीको साथबाट ०.२७ ग्राम खैरो हिरोइन […]
१७ जेठ, डोटी । ‘खाना खाएर छोरीसँगै सुतेकी थिएँ, मध्यराति कोठाको स्यानो झ्यालबाट कसैले ज्वलनशील पदार्थभित्र फालेपछि कोठामा गन्ध आयो । उठेर हेरेँ, केही देखिएन । फेरि ओछ्यानमा पल्टिएकी मात्र थिएँ, त्यही झ्यालबाट ग्यालेनले मट्टितेल जस्तै ज्वलनशील पदार्थ फाल्न थाल्यो । मैले उठेर भित्रबाट रोक्न खोजेँ, सकिन ।’ डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी […]
१६ जेठ, जनकपुरधाम । पहिलो लहरको कोरोना कोरोना महामारीको समयदेखि नै संक्रमणदर उच्च एवं मृत्युदर समेत धेरै देखिएको प्रदेश २ मा कोरोना परीक्षण दर भने कुल जनसंख्याको आधारमा अत्यन्त कम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाका अनुसार प्रदेशमा रहेका अनुमानित ६० लाख जनसंख्यामध्ये हालसम्म २ दशमलव ९८ प्रतिशतले हुन आउने संख्यामा […]
१६ जेठ, काठमाडौं । आइतबार देशभरमा जम्मा ४ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना महामारीको दोस्रो लहरकै सबैभन्दा धेरै ९४८३ संक्रमित वैशाख २८ गते एकै दिन थपिएको थियो भने जेठको दोस्रो साता औषतमा दैनिक ८ हजार संक्रमित भेटिएका थिए । तर तेस्रो साताको पहिलो दिन अर्थात १५ गते ४४८७ जनामा संक्रमण पुष्टि […]
१६ जेठ, काठमाडौं । निजी क्षेत्रका संघ संगठनहरुले आगामी आर्थिक वर्षका लागि आएको बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार बजेटबारे आधारिक धारणा सार्वजनिक गर्दै बजेट सकारात्मक रहेको तर कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको प्रतिक्रिया दिएको छ । निजी क्षेत्रको अर्को संगठन नेपाल उद्योग परिसंघले पनि बजेटको स्वागत गर्दै अर्थमन्त्री विष्णु […]
१६ जेठ, काठमाडौं । प्रतिनिधिसभा भङ्ग गरेर घोषणा गरिएको मध्यावधि निर्वाचन हुनेमा विपक्षी दलहरु शंका गर्छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै ‘चुनाव हुँदैन र गराइँदैन’ भन्ने भ्रममा नपर्न आग्रह गरे । तर, अध्यादेशमार्फत ल्याएको बजेटमा चुनावी खर्च नखुलाएपछि फेरि सरकारमाथि प्रश्न उठेको छ । आगामी फागुनमा स्थानीय तहको समेत चुनाव गर्ने संवैधानिक […]
१६ जेठ, सुर्खेत । नेकपा (एमाले) प्रदेश संसदीय दलले तत्काल बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ। आइतबार बसेको संसदीय दलको बैठले संसद् अधिवेशन बोलाउन माग गरेको दलका नेता यामलाल कँडेलले जानकारी दिए । ‘प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, सरकार अहिलेसम्म चुपचाप,’ दलका नेता कँडेलले उनले भने, […]
१६ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लाग्दै आएको करमा व्यापक हेरफेर गरेको छ । अन्तःशुल्क हटाएको छ भने भन्सार दर पनि प्रगतिशील बनाएको छ । यसले विद्युतीय सवारीलाई फेरि उपभोक्ताले किन्न सक्ने अवस्थामा ल्याएको व्यवसायीले बताएका छन् । शनिबार अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा […]
from समाचार – Online Khabar https://ift.tt/3vOsP6t
via IFTTT