Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

युवा तथा खेलकुदको बजेट २ अर्ब ७४ करोड

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले युवा र खेलकुदतर्फको बजेट ३८ करोड बजेट वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा युवा तथा खेलकुदको बजेट २ खर्ब ३६ करोड छुट्याइएको थियो । […]

पशुपतिनाथलाई ३५ करोड बजेट

१५ जेठ, काठमाडौं । सरकारले पशुपतिनाथको सजावटको लागि ३५ करोड बजेट छुट्‍याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

१५ जेठ, काठमाडौं । सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

माडीमा राम मन्दिर बनाउन बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । विगत एक वर्षदेखि चर्चामा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको यो मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षको लागि चाहिने बजेट विनियोजन गरेको हो । गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र […]

पहाडको बाटो ढलानमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य

१५ जेठ, काठमाडौं । सरकारले पहाडको ओरोलो बाटो ढलानमा नेपाली सिमेन्ट फलामको प्रयोग अनिवार्य गरेको छ । आर्थिक वर्ष २०७८-०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । पानीको बहाव धेरै हुने, छिटो बिग्रीने र भिरालो सडक ढलानमा यस्तो सडक ढलान गरिने छ ।

बालविकास सहयोगी कार्यकर्ताको तलब १५ हजार पुग्यो

१५ जेठ, काठमाडौं । सरकारले प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास सहयोगी कार्यकर्ताको तलब वृद्धिको घोषणा गरेका हुन् । बाल विकास सहयोगी कार्यकर्ताले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले […]

निजी क्षेत्रलाई पनि आयोडिनयुक्त नुन उत्पादन गर्न दिइने

१५ जेठ, काठमाडौं । सरकारले आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आयोडिनयुक्त नुनलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाउने भन्दै निजी क्षेत्रलाई पनि सहभागी गराउने घोषणा आगामी वर्षका लागि ल्याएको बजेट मार्फत गरिएको छ । हालसम्म आयोडिनयुक्त नुन आपूर्ति र बिक्री वितरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्रै गर्दै आएको छ । […]

पिउने पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने

१५ जेठ, काठमाडौं । सरकारले पिउने पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । निर्यात गर्ने निजी क्षेत्रलाई करमा छुट दिनेसम्मका योजना सरकारले बनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसैगरी सरकारले अन्य निर्यात जन्य उद्योगहरुलाई पनि प्रोत्सहन दिने उनले बताए ।

काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यका सञ्चालित उद्योग मकवानपुरको मयुरधापमा बन्दै गरेको औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहन गर्ने भएको छ । काठमाडौं उपत्यकाका उद्योगलाई मयुधापमा सारेमा ५ वर्षसम्म विद्युत डिमान्ड शुल्कमा ५ प्रतिशत छुट दिने घोषणा आगामी वर्षको लागि अध्यादशमार्फत ल्याइएको बजेटमा गरिएको छ । त्यसै गरी सरकारले सवारी उत्पादन तथा एसेम्बल गर्ने प्लान्ट स्थापना […]

पर्यटनको बजेट १ अर्ब ३५ करोडले बढ्यो, काठमाडौं आसपास हाइकिङ ट्रेल

१५ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट १ अर्ब ३५ करोड रुपैयाँले बढेको छ । सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको हो । चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड  रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ […]

औद्योगिक क्षेत्रभित्र उद्योग खोल्नेलाई सहुलियत

१५ जेठ, काठमाडौं । सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगलाई सहुलियत दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगलाई उत्पादन शुरु गरेको ३ वर्षसम्म आन्तरिक बजारमा बेच्न दिने साथै जग्गा भाडा […]

साउनदेखि ४० माइक्रोनसम्मका प्लाष्टिकको झोलामा प्रतिबन्ध

१५ जेठ, काठमाडौं । सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवं सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ । अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनसम्मका प्लाष्टिक उत्पादन गर्ने उद्योगले स्तरीकरण गर्न चाहेमा […]

सहकारीलाई संस्थालाई सरकारले अनुदान दिने

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरुले सहुलियत ऋण पाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७० को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सहकारीको माध्यमबाट कृषि कार्य गर्न अनुदान दिने उनले बताए । संस्थालाई वलियो बनाउनका लागि पनि सरकारले आवश्यक भूमीका खेल्ने उनले बताए ।

सबै प्रदेशमा भूमि बैंक, उपयोग नभएका जमिनलाई लिजमा दिइने

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा भूमि बैंकका शाखा विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनका अुनसार आगामी आर्थिक वर्षमा ४० शाखा खोली उपयोग नभएका जमिनलाई सरकारले लिजमा दिनेछ । भूमि चाहिनेहरुले भूमि बैंकमा सम्पर्क गर्न सकिनेछ […]

गरिबी निवारण कोष खारेज

१५ जेठ, काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।

कृषि तथा पशुपन्छी मन्त्रालयको बजेट ३ अर्ब ६९ करोडले वृद्धि

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ मा कृषि र पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन चालु आवको भन्दा तीन अर्ब ६९ करोडले बढी हो । शनिबार बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । गत वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयले […]

सुनकोसी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब बजेट, भेरी बबईलाई ३ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले विभिन्न सिँचाइ आयोजनाका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशबाट आएको बजेटमा सिक्टाइ सिँचाइ आयोजनाका लागि १ अर्ब ५६ करोड र रानीजमरा सिँचाइ आयोजनाका लागि २ अर्ब ३५ करोड बजेट दिइएको छ । महामाली सिँचाइ आयोजनाका लागि १ अर्ब २५ करोड, बबई सिँचाइ आयोजनाका लागि १ […]

बढ्यो कृषिको बजेट, ४५ अर्ब ९ करोड विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित […]

रासायानिक मल खरिदको बजेट एक अर्बले बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले अनुदानको रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । चालु आर्थिक वर्षको तुलनामा रासायनिक मल खरिदका लागि नयाँ बजेटमा एक अर्ब रुपैयाँले रकम वृद्धि भएको हो । चालु आर्थिक वर्षमा सरकारले […]

तरकारी, दूध र माछा-मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

१५ जेठ, काठमाडौं । सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । ‘फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ,’ अर्थमन्त्री पौडेलले भने । […]

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

१५ जेठ, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।



from समाचार – Online Khabar https://ift.tt/3p2mUrD
via IFTTT
Powered by Blogger.