समाचार
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरुको बैठक जारी छ । सरकारविरुद्धको रणनीतिबारे छलफल गर्न नेताहरु भेला भएको देउवा निकट स्रोतले बतायो । बैठकमा कांग्रेसको तर्फबाट देउवा र रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका […]
१६ जेठ, जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले संघीय सरकारले शनिबार अध्यादेश मार्फत् ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट अवैधानिक रहेको बताएका छन् । ‘यो बजेटको वैधानिकता नै छैन’ अनलाइनखबरसँग प्रतिक्रिया दिदैं मन्त्री यादवले भने, ‘कार्यान्वयन पक्ष धेरै कमजोर छ र अध्यादेशबाट आएको छ ।’ मन्त्री यादवले चुनावी बजेट ल्याएको […]
१६ जेठ, काठमाडौं । यस वर्षको फेब्रुअरी महिनामा भारतले नेपाल सहित दक्षिण एसियाली मुलुकलाई अनुदानमा खोप उपलब्ध गरायो । अनुदानमा खोप पाउनासाथ उनीहरुले खोप अभियान सन्चालन गरे । यति मात्र होइन, संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट भारतमा नै रहेका कारण दक्षिण एसियाली मुलुकले खरिदको प्रक्रिया अगाडि बढाए । पहिलो मात्रा सेरमले उत्पादन […]
१६ जेठ, जनकपुरधाम । महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार छन् । घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश […]
१६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा […]
१६ जेठ, धनगढी । सुदूरपश्चिमका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले माओवादी केन्द्रलाई साथमा लिएर एमालेको नेतृत्वमा सरकार बनाउने बताएका छन् । एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्थामा शुक्रबारमात्र भौतिक पूर्वाधार विकासमन्त्री बनेका सोडारीले यस्तो प्रतिक्रिया दिएका हुन् । राष्ट्रिय राजनीति र प्रदेशसभाको अंक गणित हेर्दा तत्काल स्थायी […]
१६ जेठ, काठमाडौं । गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै छ । दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । भोलिपल्ट बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार […]
१६ जेठ,पाँचथर । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४ः३० बजे निधन भएको हो। श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार निधन भएको उहाँको उपचारका लागि सहयोग सङ्कलनमा सक्रिय नेपाल […]
१६ जेठ, काठमाडौं । बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, […]
१६ जेठ, काठमाडौं । नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्का बुद्धिजिवी अतुल के ठाकुरद्वारा लेखिएको हालैको एउटा लेखले भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) र हिन्दुवादी संस्था राष्ट्रिय स्वयंसेवक संघलाई चिढ्याएको छ । भारतीय दैनिक द हिन्दुमा प्रकाशित लेखमा भारतले असंवैधानिक रुपमा अघि बढेका प्रधानमन्त्री ओलीलाई भारत काँध थापेको भन्ने आशयको लेख प्रकाशित […]
१६ जेठ, बुटवल । १७ वर्षमा पूरा गर्ने भनिएपनि ४३ वर्षसम्म पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना अबको दुईदेखि तीन वर्षमा पूरा हुने भएको छ । संघीय सरकारले शनिबार ल्याएको बजेटमा आउँदो आर्थिक वर्षका लागि एक अर्ब ५० करोड बजेट छुट्टाउँदै दुई वर्षमा पूरा हुने घोषणा गरिएसँगै लुम्बिनी गुरुयोजना छिट्टै पूरा हुने आशा पलाएको हो । […]
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा चुनावलाई लक्षित गरेर पर्याप्त छुटको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा भंग गरेर अध्यादेशबाट सरकारले ल्याएको बजेटमा यही आर्थिक वर्षदेखि नै लागू हुने गरी समेत विभिन्न विषयमा छुट दिइएको छ । आगामी कात्तिक अन्तिम साता र मंसिरको पहिलो साताको लागि चुनावको मिति तय भइसकेको […]
१६ जेठ, काठमाडौं । भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् । उनले सरकारको एक बैठकमा यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीले जनाएको छ । […]
‘भीआईपी उपचार गराउन आए भने झन् तनाव हुन्छ’, भेरी अस्पतालकी नर्स सदीक्षा गैरेले अस्पतालमा आक्रमण भएको त्रासदीपूर्ण घटना सम्झँदै भनेकी छिन्, ‘आफ्नो पेशाप्रति म सधैं इमानदार थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाले रातभर निदाउनै सकिनँ । सम्झिँदा पनि यो पेसामा किन लागेछु भन्ने कुरा बारम्बार मनमा आइरहन्छ ।’ केही वर्षयता स्वास्थ्यकर्मीहरूले बारम्बार यही […]
१६ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले निराश नहुन आह्वान गरेका छन् । नतिजा राम्रो दिन नसक्नुको दोष आफूले लिने भन्दै उनले माफीसमेत मागे । खेल सकिएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘सबैसँग माफी माग्छु, राम्रो रिजल्ट भएन । हारको दोष म लिन्छु, खेलाडीलाई दबाब नदिनुस् ।’ इराकको बसरास्थित […]
१६ जेठ, काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै […]
१६ जेठ, काठमाडौं । फिफा विश्वकप/एएफसी एसियन कपको संयुक्त छनोटको तयारीमा रहेको नेपालले शनिबार इराकसँग खेलको मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोर्यो । इराकविरुद्ध उसैको मैदानमा नेपालले दुई गोल गर्दा पहिलो गोल गर्ने खेलाडी थिए मनिष डाँगी । अर्को गोल भने नेपालले उपहारमा पाएको थियो । यसअघि नेपालले इराक विरुद्ध ३ खेल खेल्दा ३ गोल […]
१६ जेठ काठमाडौं । काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति पोर्चुगलको पोर्टोमा भएको अल इंग्लिस फाइनला म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले […]
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा अन्तर्राष्ट्रिय स्तरको रंगशालादेखि सिटी पार्क बनाउनेसम्मका योजना आगामी आर्थिक वर्षको बजेटमा परेको छ । अघिल्ला वर्षहरुमा झैं ओलीले आफ्नो गृहनगरलाई बजेटमा प्राथमिकता दिएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा दुई वर्षभित्र मदन भण्डारी रंगशाला सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने उल्लेख गरे […]
१५ जेठ, काठमाडौं । अनेक आलोचना र प्रतिक्रियाका बीच सरकारले अध्यादेशबाट पूर्ण आकारको बजेट ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक गरे । सरकारले संसद विघटन गरेकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट आएको हो […]
१५ जेठ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेका बेला सरकारले चुनावमुखी बजेट ल्याएको छ । प्रतिनिधिसभा भंग गरेर आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले आगामी आर्थिक आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार प्रधानमन्त्री कार्यालयमा आयोजित […]
from समाचार – Online Khabar https://ift.tt/3wAlN58
via IFTTT