Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सेयर बजारबाट कति उठ्छ सरकारलाई कर ?

१५ जेठ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । गत वर्ष कोरोना संक्रमण रोक्न गरिएको लकडाउन पछि खुलेको सेयर बजार त्यसपछि लगातार जसो बढिरहेको छ । गत बिहीबारमात्रै सेयर बजारमा एकैदिन पौने १५ अर्ब रुपैयाँको सेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । सेयर बजार यसरी बढ्दा लगानीकर्ताहरुले राम्रै नाफा […]

अमेरिकासँग कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाइन् पत्र

१५ जेठ, काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । नेपालले अमेरिकाबाट केही अनुदान र केही खरिद मार्फत कोरोनाविरुद्धको खोप ल्याउन चाहेको छ । […]

भारतको रोजाइ ओली हो भन्नेमा काठमाडौंको जनमत विश्वस्त छ : पूर्वराजदूत श्यामशरण

१५ जेठ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत एवं विदेश सचिव श्याम शरणले यतिबेला काठमाडौंको राजनीतिक वर्ग र सर्वसाधारण भारतको रोजाइ प्रधानमन्त्री केपी शर्मा ओली नै हो भन्नेमा विश्वत रहेको बताएका छन् । दि इन्डियन एक्सप्रेसमा एक लेख प्रकाशित गर्दै उनले पूरै नेपालको जनमतको बुझाइ यस्तो नभए पनि काठमाडौंको राजनीति र जनमत यसमा विश्वस्त […]

तनहुँमा पहिरोमा परी एक महिलाको मृत्यु

१५ जेठ, पोखरा । तनहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए । पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले बताए । ‘राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएछ । पहिरोपछि उद्धार गरेर अस्पताल लैजाने […]

‘संविधान कार्यान्वयनमार्फत जनताको हातमा प्रतिफल पुर्‍याउन दत्तचित्त छु’

१५ जेठ, काठमाडौं । विपक्षीले संविधान मिचेर अगाडि बढेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने संविधानको कार्यान्वयनमार्फत जनताको हातमा प्रतिफल पुर्‍याउन दत्तचित्त भएको बताएका छन् । उनले लोकतान्त्रिक गणतन्त्रलाई कसैको स्वार्थसिद्धिका लागि उपभोगको रुपमा अर्थ्याउने परिभाषा हानिकारक भएको पनि बताएका छन् । शनिबार बिहान सैनिक मुख्यालयमा आयोजित १४ औं गणतन्त्र दिवसको मूल समारोहलाई […]

प्रतिगामीविरुद्ध राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुवीच सुदृढ राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् । १४ औं गणतन्त्र दिवसको उपललक्ष्यमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा जोड दिएका […]

गणतन्त्र र संविधानमाथि संकट आइपरेको छ : सभामुख सापकोटा

१५ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताएका छन् । गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र […]

आज ४ बजे बजेट सार्वजनिक हुँदै

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद […]

निर्वाचन हुँदैन भन्ने भ्रमपूर्ण प्रचार भयो : प्रधानमन्त्री

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताए । निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने भन्दै उनले कात्तिक २६ र […]

कुन खोपको मूल्य कति पर्छ ? यस्तो छ संसारमा चलेका कोरोना खोपको नालीबेली

१५ जेठ, काठमाडौं । नेपालले गत फागुन महिनामा भारतको सेरम इन्स्टिच्यूटबाट कोभिड १९ विरुद्धको अक्सफोर्ड एन्स्ट्राजेनिका (कोभिशिल्ड) खोपको २० लाख डोज खरीद गर्ने निर्णय गर्यो । प्रति डोज ४ अमेरिकी डलरका दरले नेपालले उक्त कम्पनीलाई रकम भुक्तानी गरेकोमा १० लाख डोज आउनै बाँकी छ । भारत सरकारले खोप निर्यातमा रोक लगाएसँगै तत्काल नेपालले भारतीय कम्पनीबाट […]

नेपालमा कोरोना खोपः यी हुन् तपाईंले जान्नैपर्ने १० कुरा

१५ जेठ, काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण नेपाल यतिबेला विश्वकै उच्च संक्रमण दर भएको मुलुकमा दरिन पुगेको छ । मुलुक पूर्ण लकडाउनमा गएको एक महिनापछि तीन दिनयता मात्र दैनिक संक्रमितको संख्याभन्दा निको हुने संख्या धेरै देखिन थालेको छ । १०० माथिको मृत्यु र ८ हजारमाथिको संक्रमण संख्या गत एक महिनायताको नियति बन्न पुगेको छ […]

संविधानमाथि प्रहार गर्नेलाई विदा गर्ने संकल्प गरौं : प्रकाशमान

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नेपालीमा गणतन्त्र दिवसको शुभकामना दिंदै संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गर्न आह्वान गरेका छन् । लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता र समावेशीता राष्ट्रपति र प्रधानमन्त्रीको गलत भूमिकाका कारण संकटमा परेको भन्दै उनले सो आह्वान गरेका हुन् । ‘संविधानको पालक (राष्ट्रपति) र […]

यस वर्षको गणतन्त्र दिवस सैनिक हेडक्वाटरमा

१५ जेठ, काठमाडौं । यस वर्ष गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ । विगतमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा खुम्चिएको हो । गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैं छन् । कार्यक्रमको चाँजोपाँजो भने गृहमन्त्रालयले मिलाउँछ । गृहमन्त्रालयका प्रवक्ता […]

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

१५ जेठ, काठमाडौं । बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । पूर्ण आकारको बजेट ल्याउने सरकारको […]

राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नु परेको छ : देउवा

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नु परेको बताएका छन् । कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने भन्दै उनले हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहार तदनुकूल नहुँदा देशले दुष्परिणाम भोग्नु परेको टिप्प्णी गरेका हुन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना […]

आज गणतन्त्र दिवस, ४३० जनाको कैद मिनाहा

१५ जेठ, काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष […]

जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन राष्ट्रपतिको आग्रह

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै गणतन्त्र दिवस मनाउनुपर्ने उनको आग्रह छ । चौधौं गणतन्त्र दिवसका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन् । राष्ट्रपति […]

फेरि पनि विवादमा रामदेव, पक्राउ गर्न डाक्टरहरुको माग

१५ जेठ, काठमाडौं । भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोनाभाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् । हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए । […]

प्रधानमन्त्रीको निष्कर्ष : म जहाँ उभिन्छु, त्यही ठीक

१४ जेठ, काठमाडौं । अध्यादेशबाट बजेट ल्याउनु अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनमार्फत सम्बोधन गरे । सम्बोधनका क्रममा उनले ५ पुसको संसद् विघटन, सर्वोच्च अदालतबाट भएको पुनर्स्थापना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन, त्यसबीचका राजनीतिक संकट र फेरि संसद् विघटनबारे आफ्नो दाबी पेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको एउटै […]

‘कसैले पनि यसरी ज्यान गुमाउन नपरोस्’

१४ जेठ, पोखरा । २५ वर्षीया गर्भवती श्रीमतीलाई कोभिड देखिएपछि तनहुँ भानुका ३४ वर्षीय युवकले घरमै रेखदेख गरिरहेका थिए । शुक्रबार राति पेट दुखेपछि एक बजेतिर पश्चिमाञ्चल अस्पतालमा ल्याए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा उपचार शुरु भयो । चिकित्सककाे सल्लाहअनुसार अपरेसन गरेर बच्चा निकालियो । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुँदै थियो […]

…अनि ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान जोगाएँ

१४ जेठ, काठमाडौं । बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेशा अँगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए । कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति […]



from समाचार – Online Khabar https://ift.tt/3uBqB8J
via IFTTT
Powered by Blogger.