समाचार
१४ जेठ, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल जानकारी दिए । ‘जिल्लामा अझै संक्रमणको दर उच्च छ, संक्रमित नघट्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम हुन्छ, आजको बैठकले पनि २५ […]
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९मा सरकारले गर्ने कामहरुको लागि आधारभूत नीतिहरु सार्वजनिक गरेका छन् । संविधानअनुसार राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुपर्ने थियो । तर, संसद विघटन गरिएपछि कामचलाउ भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरिरहेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट जारी […]
१४ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि शुक्रबार रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र म माग्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले एस.एम.एस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न […]
१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी […]
१४ जेठ, काठमाडौं । कानुनविदलहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जलाउन खोजेको आरोप लगाएका छन् । स्कुल अफ डेमोक्रेसी नेपालले गरेको भर्चुअल बैठकमा बोल्दै कानुनका जानकारहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट जघन्य अपराध भएको टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जुन प्रकारको घात गर्नुभयो, यो राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध […]
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई […]
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने बताएका छन् । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए ।
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए । नेपालमा अनुदानमा ३२ […]
१४ जेठ, धनगढी । नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएका छन् । उनले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् । दल नेता शाहले लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि […]
१४ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७०४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २०११० नमुना परीक्षण हुँदा ६९५१ संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख ५ गते सबैभन्दा […]
१४ वैशाख, काठमाडौं । कोरोना महामारीबाट प्रभावित सवा ५ लाख करदाताले दुई अर्ब १९ करोड रुपैयाँ कर छुट पाएका छन् । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार आव २०७६/७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ कर छुट पाएका हुन् । यो कर छुटको लाभ […]
१४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ९६ जना, भक्तपुरमा २१३ जना र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार देशभर थप ६९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ […]
१४ जेठ काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ र ६,९५१ जनामा संक्रमण […]
१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नेकपा एमालेका तीन मन्त्रीले स्पष्टीकरण सोध्ने पार्टी नेतामाथि नै प्रश्न उठाएका छन् । अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको एमाले स्थायी कमिटीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर प्रदेश सदस्यीय दलले समर्थन कायमै राख्ने निर्णय […]
१४ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति खेद व्यक्त गरेकी छिन् । शुक्रबार राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्यक्त गरेकी हुन् । आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक […]
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गरेको छ । नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समूहलाई कानुनी दायरमा ल्याइ कारबाही गर्न माग गरेका हुन् । उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरुले डाक्टर र नर्सहरुमाथि आक्रमण […]
१४ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध जनाएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबारु नै भेरी अस्पतालको स्थलगत अनुगमन पनि गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने […]
१४ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध गरेको छ । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मनोबल बढाउनुको साटो हातपात गर्ने र अस्पताल तोडफोड गर्ने घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको छर्लङ्ग हुने संघले बताएको छ । ‘भेरी अस्पतालमा संलग्न व्यक्तिहरुलाई मन्त्रिपरिषदको निर्णयअनुसार कडा भन्दा कडा कारवाही गरी […]
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला २०७२ सालमा जारी वर्तमान संविधान मस्यौदा गर्ने समितिका सभापति थिए । अहिले संविधानको धारा ७६ (५) को प्रयोगका सम्बन्धमा विभिन्न कोणबाट बहस भइरहेको छ र अदालतमा मुद्दा पनि परेको छ । यसै सम्बन्धमा हामीले उनलाई संविधानको धारा ७६ (५) को मर्म के हो र संविधानको मस्यौदा […]
१४ वैशाख, काठमाडौं । चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार बेइजिङ पठाउने तयारी शुरु गरिएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेका अनुसार वाइडबडी जहाज ए३३० जहाज सोमबार बेइजिङ पठाउने तयारी गरिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारी र चिनियाँ समकक्षीबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई १० लाख डोज […]
१४ जेठ, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्लाअधिकारीलाई फोन गरी स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् । कोरोना संक्रमितको मृत्यु भएको विषयलाई लिएर बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण भएको थियो । यसबारे जानकारी लिन शुक्रबार प्रजिअ शिवराम गेलाललाई टेलिफोन गरेका उपप्रधानमन्त्री पोखरेलले यो घटना अमानवीय र गम्भीर अपराध भएको बताए […]
from समाचार – Online Khabar https://ift.tt/2R0svlH
via IFTTT