समाचार
१४ जेठ, गोरखा । कोरोना महामारी फैलिएको आशंका गरिएको बारपाकमा गण्डकी प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको टोली खटाएको छ । प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत सहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबन्दु शर्मा नेतृत्वको चिकित्सक टोली शुक्रबार बिहान गोरखा सदरमुकामबाट बारपाक प्रस्थान गरेको छ । उक्त टोलीमा दुई जना विशेषज्ञ चिकित्सक, एक जना मेडिकल […]
१४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई समूहले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार गठन भएको सरकारले पनि उपधारा ४ अनुसार अनिवार्य रूपमा ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनु पर्नेमा त्यसो नगरिएकाले संवैधानिक उल्लंघन भएको जसपाको ठहर छ । सो […]
१४ जेठ, काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको प्रतितोल मूल्य ९३ हजार तीन सय रुपैयाँ तोकिएको […]
१४ जेठ, काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]
१४ जेठ, काठमाडौं । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भएको सम्भावित अपराधको छानविन गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपाल तटस्थ बसेको छ । गाजा क्षेत्रमा भएको द्वन्द्वका क्रममा युद्ध अपराध भएको हुनसक्ने राष्ट्रसंघको अनुसन्धानपछि छानविनमा जाने कि नजाने भन्ने सम्बन्धमा मतदान भएको थियो । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले छानविन गर्ने प्रस्ताव मतदानबाट पारित गरेको छ […]
१४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या ४४ दिनयताकै सबैभन्दा कम देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका एक लाख ८६ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । उक्त अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६६० जनाको मृत्यु भएको छ । यससँगै […]
१४ जेठ, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । जेठ ७ गते मध्यराति विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० […]
१४ जेठ, काठमाडौं । बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल […]
१४ जेठ, विराटनगर । गणतन्त्र दिवस २०७८ जेठ १४ गते देखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने तथा जिल्लावासी आमनागरिक घरघरमा साँझ दीपावली गर्न, गणतन्त्र दिवसका सन्दर्भमा सङ्घ, प्रदेश र […]
१४ जेठ, विराटनगर । रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल(बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराट मेडिकल कलेजमा उपचाररत ५० वर्षीय न्यौपाने शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन सुनिल देवले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमणका कारण श्वासप्रश्वासमा समस्या […]
१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा एक युवक मृत भेटिएका छन् । अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिए । घटनास्थल कार्य […]
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ ।
१४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् । राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा देवकोटा निर्वाचित भएका थिए । नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार […]
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले भेरी अस्पतालको घटनाबारे सामाजिक सन्जालमा धारणा सार्वजनिक गर्दै आक्रमणमा संलग्नलाई कानुनी कारवाहीको माग गरेका छन् । कांग्रेस सभापति देउवाले शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘नेपालगञ्जस्थित […]
१४ जेठ, काठमाडौं । बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका […]
१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी छ । सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति […]
१४ जेठ, काठमाडौं । चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएको भेरी अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले बताए । दाङका एकजना संक्रमितको उपचारको क्रममा बिहीबार राति […]
१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि समुदायस्तरमा एन्टिजिन टेस्ट गर्ने भएको छ । कोरोना भाइरस महामारीको बढ्दो संक्रमणको अवस्था बुझ्न महानगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गर्न लागेको हो । ११ जेठमा विभिन्न परीक्षण केन्द्रहरु सार्वजनिक गर्दै महानगरले शुक्रबारदेखि बृहद् रुपमा कोरोना परीक्षण गर्न लागेको हो । जेठ १८ गतेसम्म चल्ने एन्टिजिन परीक्षणमा […]
१४ जेठ, काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो । ती सामग्रीहरु शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जारी […]
१४ जेठ, काठमाडौं । कोरोना महामारीले सबै क्षेत्र प्रभावित भएको छ । कयौँको रोजीरोटी खोसिएको छ । दैनिक ज्याला मजदूरी गर्नेलाई बिहान–बेलुका हातमुख जोर्न धौधौ छ । सङ्क्रमितले अस्पतालमा भीड भएर उपचारका लागि शय्या (बेड) नपाएको अवस्था छ भने उपचारका नाममा आइसीयू र भेन्टिलेटरको सुविधा भएको अस्पताललाई दैनिक रु २५ हजारदेखि ५० हजार बढीसम्मको चर्को […]
१४ जेठ, पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको थियो । बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्केरीका […]
from समाचार – Online Khabar https://ift.tt/3uvzGjo
via IFTTT