समाचार
१२ जेठ, काठमाडौं । अरब सागरमा विकसित ‘ताउ-ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ आयो । प्रि-मनसुन अवधिको मे महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि पर्यो । ताउ तेबाट नेपालको पश्चिमी क्षेत्र र यासबाट पूर्वी क्षेत्र बढी प्रभावित भयो । नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली बिरलै […]
१२ जेठ, वीरगञ्ज । निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सूचना सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता वितरण नभएको बताएका हुन् । जिल्ला प्रशासन कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी […]
१२ जेठ, काठमाडौं । नेपाली कांगेसले कोरोना महामारीको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड- १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले आफ्ना […]
१२ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार १५७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका २ लाख ८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७१ लाख ५७ हजार नाघेको […]
१२ जेठ, काठमाडौं । नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । नेपालको पछिल्लो घटनाक्रमबारे धेरै जिज्ञासा आएको न्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’ उनले […]
१२ जेठ, काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि शुरू भयो । नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत र अन्य क्षेत्रसँग आवद्ध भएका केही सचेत व्यक्तिहरूलाई भेन्टिलेटरको कमी भएको थाहा थियो । गत वर्ष कोभिड १९ संक्रमण फैलन थाले पनि भेन्टिलेटरको अभावले धेरैको ज्यान जानसक्ने जोखिम बढ्यो । यो जोखिमलाई राम्ररी बुझेका शिक्षण अस्पताल […]
१२ जेठ, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होमआइसोलेशनमा छन् । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा हालसम्म चार हजार ५२ सङ्क्रमित भइसकेका छन् । तीमध्ये तीन हजार […]
१२ जेठ, डोटी । जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका संक्रमितत पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो […]
११ जेठ, काठमाडौं । सरकारले राजस्व परामर्श विकास समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ को राजस्व लक्ष्यमा २० प्रतिशत हाराहारी वृद्धि गर्ने तयारी गरेको छ । कोरोना महामारीबीच पनि राजस्व प्राप्ति र वैदेशिक व्यापारमा त्यति ठूलो असर गरेको छैन । आगामी आवमा कोरोना महामारी कम भएर अर्थतन्त्र चलायमान हुने अवस्थामा २० प्रतिशतसम्म वृद्धि वैज्ञानिक हुने […]
१२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् । मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई […]
१२ वैशाख, सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार गराइरहेका एक महिला र पुरुषको मंगलबार राती मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाका अनुसार रुपनी गाउँपालिका वडा नम्बर २ की ५५ बर्षीया महिला र सुरुंगा नगरपालिका ९ का ७५ बर्षीय पुरुषको एचडियू […]
यसपालि पनि सती घाटु सम्झिइयो मात्र । कोरोना महामारीका कारण सदियौँ पुरानो घाटु देखाइएन । गत वर्ष पनि कोरोना जोखिमकै कारण घाटु रोकिएको थियो । घाटुको पुस्तैनी परम्परा लगातार दुई वर्ष प्रभावित बन्न पुगेको छ । समय ठिकठाक चलेको भए गलकोट नगरपालिका–१० पाण्डवखानीमा यतिबेला घाटुको रौनक छाउँथ्यो । बुद्ध पूर्णिमाका दिन त घाटु हेर्नकै लागि […]
१२ जेठ, काठमाडौं । छिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् । दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण […]
१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक शुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट शुरु भएको हो । बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना […]
१२ जेठ, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका […]
१२ जेठ, काठमाडौं । मकवानपुरको मकवानपुरगढी–६ का कृष्णप्रसाद ढुंगानाको खेतमा रोपिएको चैते धानमा मल हाल्न बितिसक्यो । तर, निषेधाज्ञाका कारण उनी हेटौंडा बजारमा मल लिन जान पाएका छैनन् । ‘यहाँबाट बस, अटो गाडी केही चलेको छैन, आफ्नो सवारी पनि छैन’ उनी भन्छन्, ‘हिंडेर गएर मल ल्याउन सकिन्न, यसपालि चैते धानले मल नभेट्ने भयो ।’ मल […]
१२ जेठ, बुटवल । २५६५ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । हरेक वर्ष बुद्धजयन्तीका दिन बिहानैदेखि सयौं आगन्तुकहरुको चहलपहल हुने लुम्बिनीमा यसवर्ष भने आन्तरिक र वाह्य पर्यटक, भिक्षु–भिक्षुणी, बौद्धमार्गीहरुको भिड लागेन । लुम्बिनी विकास कोषले औपचारिक कार्यक्रम नै आयोजना गरेर स्वदेश तथा विदेशका राष्ट्र प्रमुखलाई निम्त्याउने गरेकोमा कोरोना […]
१२ जेठ, काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो । एनआरएनए […]
१२ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थित रूपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवर्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाका अवसरमा आज सन्देश दिँदै उनले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी […]
१२ जेठ, काठमाडौं । राजधानीका ठूला अस्पतालहरुले महँगो शुल्क लिएको भनेर केही दिन अघि निकै चर्चा भयो । तोकिएको भन्दा धेरै शुल्क लिएकै कारण जिल्ला प्रशासन कार्यालयले चर्को शुल्क लिने अस्पतालहरुसँग प्रष्टीकरण समेत सोध्यो र कारबाही गर्ने चेतावनी समेत दियो । तर त्यसको छायामा साना अस्पतालले समेत कोरोना संक्रमितलाई चर्काे शुल्क लिएको गुनासो पीडितहरुले गरेका […]
१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बुधबार बस्ने तयारी छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे आठ बजेका लागि बोलाइएको हो । बैठकमा एमालेको स्थायी कमिटी बैठकले सोमबार सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको विषयमा छलफल हुने छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय […]
from समाचार – Online Khabar https://ift.tt/2RNhDb9
via IFTTT






















