Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

इराकसँग हारेपछि फुटबल प्रशिक्षकले भने– धैर्य गर्नुस् राम्रो नतिजा ल्याउँछौं

१६ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले निराश नहुन आह्वान गरेका छन् । नतिजा राम्रो दिन नसक्नुको दोष आफूले लिने भन्दै उनले माफीसमेत मागे । खेल सकिएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘सबैसँग माफी माग्छु, राम्रो रिजल्ट भए । हारको दोष म लिन्छु, खेलाडीलाई दबाब नदिनुस् ।’ इराकको बसरास्थित […]

इराकसँग नेपाल ६–२ ले पराजित

१६ जेठ, काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै […]

राष्ट्रिय टिममा मनिषको डेब्यु गोल, भन्छन् : ‘खुशीसँगै दु:खी छु’

१६ जेठ, काठमाडौं । फिफा विश्वकप/एएफसी एसियन कपको संयुक्त छनोटको तयारीमा रहेको नेपालले शनिबार इराकसँग खेलको मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोर्‍यो । इराकविरुद्ध उसैको मैदानमा नेपालले दुई गोल गर्दा पहिलो गोल गर्ने खेलाडी थिए मनिष डाँगी । अर्को गोल भने नेपालले उपहारमा पाएको थियो । यसअघि नेपालले इराक विरुद्ध ३ खेल खेल्दा ३ गोल […]

सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिग

१६ जेठ काठमाडौं । काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति पोर्चुगलको पोर्टोमा भएको अल इंग्लिस फाइनला म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले […]

प्रधानमन्त्रीको गृहनगरमा बजेट : अन्तर्राष्ट्रिय रंगशालादेखि सिटीपार्कसम्म

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा अन्तर्राष्ट्रिय स्तरको रंगशालादेखि सिटी पार्क बनाउनेसम्मका योजना आगामी आर्थिक वर्षको बजेटमा परेको छ । अघिल्ला वर्षहरुमा झैं ओलीले आफ्नो गृहनगरलाई बजेटमा प्राथमिकता दिएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा दुई वर्षभित्र मदन भण्डारी रंगशाला सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने उल्लेख गरे […]

बजेटमा स्वास्थ्य क्षेत्र : महामारी नियन्त्रण र पूर्वाधारमा जोड

१५ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारी उत्कर्षमा रहेका बेला सरकारले कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८-७९ मा स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ५० करोड  बजेट विनियोजन गरिएको छ । स्वास्थ्यमा कुल बजेटको ७ दशमलव ५५ प्रतिशत विनियोजन गरिएको छ । महामारी नियन्त्रणमा केन्द्रित रहेको बजेटमा कोभिड–१९ […]

बजेटबारे बाबुरामको प्रतिक्रिया : नहुने चुनावको घोषणापत्र

१५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८/७९ सालको बजेट नहुने चुनावमा एमालेको घोषणा पत्र भएको प्रतिक्रिया दिएका छन् । ट्वीटरमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै डा. भट्टराईले पपुलिज्ममा समेत खासै सिर्जनात्मकता नदेखिएको बताएका छन् । उनले भनेका छन् ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन ।’ बजेटले […]

बजेटले बढायो सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर

१५ जेठ, काठमाडौं । सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिए । अहिले सबै लगानीकर्ताहरुलाई सेयर बिक्री पछि नाफाको ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था रहेको […]

कृषिविज्ञ भन्छन् : कृषिको बजेट चुनाव लक्षित

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नयाँ बजेटमा कृषि तथा पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । केही नयाँ, केही पुरानैलाई निरन्तरता र केही लोकप्रिय कार्यक्रम समेटिएको कृषि बजेटको आकार यसवर्ष पहिले भन्दा तीन अर्ब ६९ करोड रुपैयाँले बढेको छ । संसद विघटन गरेर चुनाव घोषणा […]

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण, तर कार्यान्वयन फितलो !

१५ जेठ, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफुले प्राप्‍त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाखसम्म सहुलियतपूर्ण […]

वीरगञ्जको निजी क्षेत्रको प्रतिक्रिया : बजेटमा फेरि उपेक्षामा पर्‍यौं

१५ जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले बजेटमा वीरगञ्जलाई उपेक्षा गरिएको बताएका छन् । प्रत्येक वर्ष वीरगञ्जमा बजेट पूर्व समीक्षा गोष्ठी गरी सरकारले सुझाव लिए पनि बजेटमा ती कार्यक्रम समावेश नगरिएको उद्योगी व्यवसायीहरु बताउँछन् । बारा, पर्सा क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गर्न, सिमरा विमानस्थलको विस्तार, आईसीपी आईसीडीको विस्तार, नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको प्रबन्ध […]

बजेटमा कांग्रेसको प्रतिक्रिया : जनता झुक्याउन नयाँ नयाँ नारा

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट ल्याएको आरोप लगाएका छन् । वैधानिकता गुमाएको सरकारले जनता झुक्याउन नयाँनयाँ नारा ल्याएको उनले बताए । ‘कुनैपनि आँकडा हेर्दा पार लाग्ने देखिदैन । यसैलाई देखाएर ठगेर चुनाव जित्न पाइन्छ कि भने नयाँनयाँ नारा ल्याइएको छ’, उनले भने । […]

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, खानेपानी र विजुलीमा छुट

१५ जेठ, काठमाडौं । सरकारले कोरोना महामारीका बेला समस्यामा परेका सर्वसाधारणका लागि केही राहत र सहुलियत घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै खानेपानी, विद्युत, खाद्यान्नलगायतका विषयमा सहुलियत घोषणा गरेको हो । नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले गार्हस्थ्य उपभोक्‍तालाई वितरण […]

अवैध रुपमा भित्रिएका मोबाइल नचल्ने

१५ जेठ, काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् । उनका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि हाल अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आउनेछ । […]

रक्सी र चुरोटमा लाग्ने अन्तःशुल्क वृद्धि, बजार भाउ कति बढ्छ ?

१५ जेठ, काठमाडौं । सरकारले रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क वृद्धि गरेको जानकारी दिएका हुन् । ‘मूल्य अभिवृद्धि करको दर यथावत राखेको छु, भन्सार महसुलका दरहरुमा सामान्य समायोजन गरेको छु,’ बजेट सार्वजनिक गर्दै उनले भने, ‘मदिरा,  […]

अब हरेक स्थानीय तहमा दमकल

१५ जेठ, काठमाडौं । हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका हुन् । एक अग्नि नियन्त्रकका अनुसार एउटा दमकललाई सामान्यत: ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ । यसका लागि कम्तीमा तीन कर्मचारी २४ सै […]

निजी क्षेत्रको प्रतिक्रिया : बजेट सकारात्मक छ, कार्यान्वयन होस्

१५ जेठ, काठमाडौं । सरकारले अध्यादेशबाट ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट समग्रमा राम्रो रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको बजेटबारे प्रतिक्रिया दिंदै निजी क्षेत्रका संघ संगठनका नेताहरुले बजेट सकारात्मक भए पनि कार्यान्वयनमा भने चुनौती रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अप्ठेरो अवस्थामा […]

कामचलाउ सरकारको गैरजिम्मेवार बजेट : पूर्वअर्थमन्त्री पुन

१५ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले  गैरजिम्मेवार ढंगले बजेट ल्याएको प्रतिक्रिया दिएका छन् । सरकारले संवैधानिक दायरा र राजनीतिक मर्यादा नाघेर बजेट ल्याएको उनको भनाइ छ । प्रस्तुत बजेटले संसद पुनस्र्थापना हुने विश्वास राखेको समेत पुनले बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा ‘प्रतिनिधिसभा चुनावका लागि आवश्यक बजेट छुट्याएको’ उल्लेख […]

खापर गाउँपालिकाका २० घर पहिरोको उच्च जोखिममा

१५ जेठ, काठमाडौँ । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा शुक्रबार पहिरो खस्दा पाकेको गहुँ बाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो लागेपछि गहुँ र जौ बगाएको हो । अविरल वर्षाले वाई कुलो नजीकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्ण रुपमा क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टे […]

तीनवटा भन्सार कार्यालय थप, ठूला भन्सार कार्यालयमा अत्याधुनिक स्क्यानिङ मेसिन राखिने

१५ जेठ, काठमाडौं । सरकारले सात प्रमुख भन्सार कार्यालयमा अत्याधुनिक कन्टेनर स्क्यानिङ र मालवस्तु तौलिने उपकरण जडान गर्ने भएको छ । आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मेची, विराटनगर, तातोपानी, वीरगन्ज, भैरहवा, नेपालगञ्ज र तातोपानी भन्सारमा स्क्यानर मेसिन जडान गरिने बताए । यस्तै आगामी आर्थिक वर्षमा थप तीनवटा भन्सार कार्यालय  स्थापना […]

बजेट समग्रमा राम्रो, कार्यान्वयनमा शंका छः शेखर गोल्छा

१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७० को बजेटबारे प्रतिक्रिया दिदै अप्ठेरो अवस्थामा आएको बजेट भएका कारण यत्तिको बजेटलाई राम्रै मान्नु पर्ने बताए । निजी क्षेत्रले दिएका सबै सुझावहरु नसमेटिए पनि अप्ठेरो अवस्थामा आएका कारण नराम्रो भन्न […]



from समाचार – Online Khabar https://ift.tt/3yGYTuC
via IFTTT
Powered by Blogger.