Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गुल्मीमा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो

१५ जेठ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । गुल्मीमा कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख १८ गते रातिदेखि लगाइएको निषेधाज्ञा शनिबार राति १२ बजे सकिंदैथियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा […]

मातातीर्थमा अक्सिजन प्लान्ट जडान सुरु

१५ जेठ, काठमाडौं । नगरस्तरीय आइसोलेशन संचालन गर्दै आइरहेको मातातिर्थ सामुदायिक अस्पतालले अक्सिजन प्लान्ट जडान सुरु गरेको छ । करिब ७४ लाख रुपैयाँ लागतमा प्लान्ट जडान गर्न लागिएको हो । जडान गर्न कम्पनी सँग सम्झौता भइसकेको र अबको एक महिना भित्रमा नै अस्पतालले उत्पादन सुरु गर्ने चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगर […]

धागो कारखानाको कोभिड आईसीयू अस्पतालमै सार्ने तयारी

१५ जेठ, बुटवल । बुटवल धागो कारखानामा सञ्चालित कोभिड आईसीयू कक्ष लुम्बिनी प्रादेशिक अस्पतालको भवनमै सार्ने तयारी भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमणको पहिलो लहर शुरु भएसँगै गत वर्षदेखि धागो कारखानाको भवनमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरेको थियो । पुरानो भवनको जस्ता पाता (टिन) जीर्ण भएर छानोबाट झरेको पानी फल्स सिलिङ हुँदै […]

कैलालीमा गुम्बाका संरक्षकविरुद्ध बालयौन दुर्व्यवहारको मुद्दा दर्ता

१५ जेठ, धनगढी । कैलालीमा यौन हिंसा गरेको आरोपमा पक्राउ परेका गुम्बाका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका–२ वनखेतस्थित अहिंसावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ परेका लामाविरुद्ध बाल यौन दुर्व्यवहारको […]

पत्रकारलाई पीसीआर परीक्षणमा केडिसी ल्याबले ५० प्रतिशत छुट दिने

१५ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा बसुन्धारामा रहेको केडिसी पिसिआर ल्यावले पत्रकारहरुलाई पचास प्रतिशत छुटमा पिसिआर गरिदिने भएको छ । कान्तिपुर डेन्टल कलेज परिसरमा रहेको उक्त ल्याब व्यबस्थापन र महासंघ काठमाडौं शाखा बिच उक्त सम्झौता भएको हो । महासंघ काठमाडौ शाखा अध्यक्ष सूर्य सुवेदीका अनुसार नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्यहरु, […]

घनश्याम भुसालको स्पष्टीकरण : संविधान र राजनीतिका लागि संसदीय मर्यादा उल्लंघन गरें 

१५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा आफूले संसदीय मर्यादा उल्लंघन गरेको स्वीकार गरेका छन् ।  संविधान र राजनीतिका लागि आफूले उल्लंघनको विकल्प रोजेको उनको स्पष्टीकरण छ । देउवाको पक्षमा हस्ताक्षर गरेको विषयलाई लिएर भइरहेको टिप्पणीबारे सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका भुसालले भनेका छन्, ‘एउटा सांसदको हिसाबले […]

आबुधाबी दूतावासबाट समयमै सेवा नपाउँदा नेपाली श्रमिक समस्यामा

१५ जेठ, अबुधाबी । वैदेशिक रोजगारीको युएईमा कार्यरत भोजपुरका रमेशकुमार श्रेष्ठको पासपोर्टको वैधानिकता २० दिनपछि सकिँदैछ । पासपोर्टको अवधि सकिएपछि उनको युएईको बैकिङ कारोबार रोकिने सन्देश उनलाई बैंकले निरन्तर पठाइरहेको छ । कम्पनीले पनि पासपोर्ट नवीकरण गरेर ५ दिनभित्र जम्मा गर्नु भनी आदेश दिएको छ तर गत मे २३ मा पासपोर्ट नवीकरण गर्न भनी नेपाली दूतावास […]

‘निषेधाज्ञामा दूध बोक्ने गाडीमा पनि अवरोध’

१५ जेठ, काठमाडौं । निषेधाज्ञाको बेला दूध बोक्ने गाडीहरुलाई पनि रोकिएको भन्दै दूग्ध उत्पादक तथा वितरकहरुले आपत्ति जनाएका छन् । डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले संयुक्त विज्ञप्ति जारी गर्दै दूध ढुवानी र वितरणमा भएको अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘बन्द हड्ताल र यस अघिको लकडाउनमा पनि निर्वाध सञ्चालनमा आएको दूधको ढुवानी […]

सेयर बजारबाट कति उठ्छ सरकारलाई कर ?

१५ जेठ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । गत वर्ष कोरोना संक्रमण रोक्न गरिएको लकडाउन पछि खुलेको सेयर बजार त्यसपछि लगातार जसो बढिरहेको छ । गत बिहीबारमात्रै सेयर बजारमा एकैदिन पौने १५ अर्ब रुपैयाँको सेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । सेयर बजार यसरी बढ्दा लगानीकर्ताहरुले राम्रै नाफा […]

किन हुन्छ बैंक र लघुवित्तको सेयर मूल्यमा ठूलो खाडल ?

१५ जेठ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत हुनेवित्तिकै लगातार बढ्यो । डेढ महीनाको अवधिमा यस संस्थाको सेयर मूल्य प्रति कित्ता ५ हजार रुपैयाँ भन्दा माथि पुग्यो । अहिले आईपीओमा आवेदन दिनेहरूमध्ये केहीले गोलाप्रथाबाट १० कित्ता हात पार्छन् । एक हजार रुपैयाँ लगानी गरेर महिला लघुवित्तको १० कित्ता आईपीओ हात […]

उज्वलको परिवारले अस्वीकार गर्‍यो दुर्गा प्रसाईंको सहयोग

१५ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ । थापाको उपचारका लागि परिवार र शुभचिन्तकहरुले सहयोग रकम संकलन अभियान थालेपछि शनिबार प्रसाईले एक विज्ञप्ति जारी गर्दै उनको उपचार लाग्ने सबै खर्च आफूले ब्यहोर्ने घोषणा गरेका थिए । तर, […]

माओवादी सुदूरपश्चिमका नेता भट्ट भन्छन्- पार्टी नेतृत्वले जोकर बनायो

१५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले असन्तुष्टि जनाएका छन् । पार्टीको केन्द्रीय नेतृत्वले प्रदेश सरकार विस्तारको सन्दर्भमा कुनै सल्लाह र समन्वय नगरेको भन्दै उनी असन्तुष्ट भएका हुन् । माओवादी केन्द्रका सुदूरपश्चिम सहइन्चार्ज रहेका भट्टले संघीयताको मर्म र भावनाविपरीत नेतृत्वले प्रदेश कमिटिलाई बेवास्ता गरेर जोकर जस्तो […]

गणतन्त्र पक्षधरबीच एकता अपरिहार्य : मुख्यमन्त्री राउत

१५ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण गणतन्त्र पक्षधरबीच एकताको आवश्यकता रहेको औंल्याएका छन् । गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले लामो राजनीतिक आन्दोलन तथा सबै शहीदहरुको बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षा एवं सुदृढीकरणका लागि सम्पूर्ण गणतन्त्र पक्षधर नेपालीबीच एकताको अपरिहार्यता अझै रहेको बताएका छन् । गणतन्त्र प्राप्तिका […]

‘यो गणतन्त्र दलाल पूँजीवादको केन्द्र भयो’

यथास्थिति र सबै प्रकारका जडतामाथि प्रश्न गर्नु आहुतिको मूल परिचय हो । विचारोत्तेजक विमर्श तथा लेखनका कारण उनलाई बागी चिन्तक समेत मानिन्छ । राजनीतिकर्मी तथा लेखक आहुति नेपालको गणतन्त्रलाई ‘कामचलाउ गणतन्त्र’ मात्र ठान्छन् । आहुति भन्छन्, ‘हिन्दू जात व्यवस्थाको पक्षपोषण गर्ने यो गणतन्त्र दलाल पूँजीवादको केन्द्र हो । यसलाई भत्काउनै पर्छ ।’ स्थापनाको १३ वर्ष […]

वामदेवले सम्झिए गणतन्त्रको विपक्षमा उभिने नेता

१५ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापना गर्न योगदान दिने शहीद र योद्धाहरु सम्झिएका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वान समेत गरेका छन् । गौतमले गणतन्त्र ल्याउन योगदान दिने नेताहरुको नाम समेत उल्लेख गरेका छन् । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका […]

लक्ष्मी बर्देवा : सुटिङ हेर्दाहेर्दै अभिनयमा

त्यतिबेला लक्ष्मी बर्देवा जागिर गर्दै ‘प्लस टु’ तह पढिरहेकी थिइन् । निजी क्षेत्रको त्यो जागिरले खुशी थिएन उनको मन । एकपछि अर्को संस्थामा जागिर गरिन् तर कुनैमा पनि उनी लामो समय टिक्न सकिनन् । ‘प्लस टु’को परीक्षा सकियो । राम्रो प्रतिशत लिएर उनी उत्तीर्ण भइन् । त्यतिञ्जेलसम्म काम छाडिसकेकी उनी भविष्यका बारे सोचेर बेचैन हुन्थिन् […]

अमेरिकासँग कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाइन् पत्र

१५ जेठ, काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । नेपालले अमेरिकाबाट केही अनुदान र केही खरिद मार्फत कोरोनाविरुद्धको खोप ल्याउन चाहेको छ । […]

भारतको रोजाइ ओली हो भन्नेमा काठमाडौंको जनमत विश्वस्त छ : पूर्वराजदूत श्यामशरण

१५ जेठ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत एवं विदेश सचिव श्याम शरणले यतिबेला काठमाडौंको राजनीतिक वर्ग र सर्वसाधारण भारतको रोजाइ प्रधानमन्त्री केपी शर्मा ओली नै हो भन्नेमा विश्वत रहेको बताएका छन् । दि इन्डियन एक्सप्रेसमा एक लेख प्रकाशित गर्दै उनले पूरै नेपालको जनमतको बुझाइ यस्तो नभए पनि काठमाडौंको राजनीति र जनमत यसमा विश्वस्त […]

तनहुँमा पहिरोमा परी एक महिलाको मृत्यु

१५ जेठ, पोखरा । तनहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए । पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले बताए । ‘राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएछ । पहिरोपछि उद्धार गरेर अस्पताल लैजाने […]

‘संविधान कार्यान्वयनमार्फत जनताको हातमा प्रतिफल पुर्‍याउन दत्तचित्त छु’

१५ जेठ, काठमाडौं । विपक्षीले संविधान मिचेर अगाडि बढेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने संविधानको कार्यान्वयनमार्फत जनताको हातमा प्रतिफल पुर्‍याउन दत्तचित्त भएको बताएका छन् । उनले लोकतान्त्रिक गणतन्त्रलाई कसैको स्वार्थसिद्धिका लागि उपभोगको रुपमा अर्थ्याउने परिभाषा हानिकारक भएको पनि बताएका छन् । शनिबार बिहान सैनिक मुख्यालयमा आयोजित १४ औं गणतन्त्र दिवसको मूल समारोहलाई […]

प्रतिगामीविरुद्ध राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुवीच सुदृढ राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् । १४ औं गणतन्त्र दिवसको उपललक्ष्यमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा जोड दिएका […]



from समाचार – Online Khabar https://ift.tt/3fskzDb
via IFTTT
Powered by Blogger.