समाचार
१५ जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोज गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १२ अर्ब बजेट विनियोजन गरिएको सार्वजनिक गरेको छ । स्थानीय तहहरूका रोजगार सूचना केन्द्रमा सूचीकृत भएका बेरोजगार युवाको संख्या ७ लाख ५३ हजार भन्दा बढी छन् । […]
१५ जेठ, काठमाडौं । सरकारले खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने न्युनतम् २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा पुरै महसुलमा छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
१५ जेठ, काठमाडौं । सरकारले कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
१५ जेठ, काठमाडौं । अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८ ७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि […]
१५ जेठ, काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्याएको जानकारी दिए ।
१५ जेठ, काठमाडौं । विध म्यानेजमेन्टले कोरोना भाइरस महामारीमा अक्सिजनको चरम अभाव भइरहेको बेलामा ललितपुर महानगरपालिकालाई २०० थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । अत्यावश्यक अक्सिजन अभावका कारण कुनै कोरोना संक्रमितले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले अक्सिजन सहयोग गरेको विध म्यानेजमेन्टका सञ्चालक भीमकान्त भण्डारीले जानकारी दिए । अक्सिजन सिलिण्डर बिहीबार महानगरपालिकाको कार्यालयमा भएको एक […]
१४ जेठ, काठमाडौं । सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । उनले कोरोना रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गर्ने बताएका छन् । सबै नेपालीको जीवन […]
१५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । जसपाका बहुमत पक्षले अध्यक्ष ठाकुरसहित चारजना नेतालाई सोधेको स्पष्टीकरणको केही समयमै ठाकुरले यादवलाई स्पष्टीकरण सोधेका हुन् । ठाकुर पक्षले यसअघि सोधेको स्पष्टीकरणको जवाफ आजसम्म नदिएको भन्दै २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिए जसपा नेपालको अन्तरिम […]
१५ जेठ, गोरखा । बारपाककी २४ बर्षीया केसुता घलेको उपचारका लागि हेलिकप्टर चार्टर गरिएको छ । स्वास्थ्यमा जटिल समस्या देखिएपछि मनाङ एयरको हेलिकप्टरमार्फत शनिवार उनलाई काठमाडौंको मेडिसिटी अस्पताल लगिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार घले विगत एक हप्तादेखि ज्वरो र रुघाखोकी सँगै पखालाबाट ग्रसित थिइन् । स्वास्थ्य परीक्षणका लागि […]
१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु धरापमा पर्न लागेको भन्दै सचेत हुन आग्रह गरेका छन् । गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले पछिल्लो समय भइरहेका असंवैधानिक र प्रतिगमनकारी कदमप्रति सचेत आग्रह समेत गरेका छन् । ‘गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा म सबैखाले […]
१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेल सिंहदरबार आइपुगेका छन् । सरकारले संसद नभएका बेला अध्यादेशमार्फत ल्याउन लागेको बजेट अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छन् ।
१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् । केहीबेरमा अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् आएको बजेट सार्वजनिक गर्नेछन् ।
१५ जेठ, सुर्खेत । नेकपा (एमाले) को माधव कुमार नेपाल समूहले सुर्खेतमा पनि समानान्तर कमिटी गठन गरेको छ । पार्टीका सचिव मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । शुक्रबार साँझ गठन भएको कमिटीको उपाध्यक्ष टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली रहेका छन् । लामो समयदेखि नेपाल समूहमा रहेका […]
१४ जेठ, काठमाडौं । सामाजिक सेवामा सक्रिय संस्था नेपाल स्काउटले कोरोना भाइरस महामारीको क्रममा पनि आफ्नो सेवालाई यथावत् सञ्चालनमा ल्याएको छ । महामारीको समयमा कोरोना संक्रमणका कारण बिरामी भएका मात्रै नभएर कोरोना नलागेका बिरामीको उपचार र स्थानीय स्तरमा खाना र पशुपक्षीलाई आहार वितरण जस्ता काममा आफ्ना स्वयंसेवकहरू परिचालन गरेको जनाएको छ । कोरोना महामारीको समयमा […]
१५ जेठ, वीरगञ्ज । निर्माण पूरा नहुँदै नेपाल सरकारलाई हस्तान्तरण गरिएको हुलाकी सडकखण्डमा धाँजा फाटेको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण हुलाकी सडक खण्डमा धाँजा फाटेको हो । निर्माण कम्पनीले छिटो सम्पन्न गर्ने बहानामा हतारमा कमसल काम गरेको आरोप स्थानीयले लगाएका छन् । हुलाकी सडकअन्तर्गत पर्साको चमरीहोलदेखि–ठोरीखण्डमा पर्ने ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा बाटो चिरा परेको […]
१५ जेठ, काठमाडौं । हाम्रो देशमा नेतागिरी आफैमा यस्तो अलोकप्रिय ‘पेशा’ हो, जसले सधै गालीमात्र खान्छ । नेताले यस्तो बेला प्रशंसक कमाउँछ जतिबेला उ शक्तिमा पुग्छ, आफ्ना मतदातालाई राज्यकोषबाट अनेक शीर्षकमा लाभ दिन सुरु गर्छ । तर, कहिल्यै लाभको पदमा नपुगेको, कहिल्यै चुनाव नजितेको र धेरै कार्यकर्ता पनि नभएको सानो दलको एउटा नेताप्रति मानिसहरुको अनौठो […]
१५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् । यसअघि जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन […]
यथास्थिति र सबै प्रकारका जडतामाथि प्रश्न गर्नु आहुतिको मूल परिचय हो । विचारोत्तेजक विमर्श तथा लेखनका कारण उनलाई बागी चिन्तक समेत मानिन्छ । राजनीतिकर्मी तथा लेखक आहुति नेपालको गणतन्त्रलाई ‘कामचलाउ गणतन्त्र’ मात्र ठान्छन् । आहुति भन्छन्, ‘हिन्दू जात व्यवस्थाको पक्षपोषण गर्ने यो गणतन्त्र दलाल पूँजीवादको केन्द्र हो । यसलाई भत्काउनै पर्छ ।’ स्थापनाको १३ वर्ष […]
१५ जेठ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । गुल्मीमा कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख १८ गते रातिदेखि लगाइएको निषेधाज्ञा शनिबार राति १२ बजे सकिंदैथियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा […]
१५ जेठ, काठमाडौं । नगरस्तरीय आइसोलेशन संचालन गर्दै आइरहेको मातातिर्थ सामुदायिक अस्पतालले अक्सिजन प्लान्ट जडान सुरु गरेको छ । करिब ७४ लाख रुपैयाँ लागतमा प्लान्ट जडान गर्न लागिएको हो । जडान गर्न कम्पनी सँग सम्झौता भइसकेको र अबको एक महिना भित्रमा नै अस्पतालले उत्पादन सुरु गर्ने चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगर […]
१५ जेठ, बुटवल । बुटवल धागो कारखानामा सञ्चालित कोभिड आईसीयू कक्ष लुम्बिनी प्रादेशिक अस्पतालको भवनमै सार्ने तयारी भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमणको पहिलो लहर शुरु भएसँगै गत वर्षदेखि धागो कारखानाको भवनमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरेको थियो । पुरानो भवनको जस्ता पाता (टिन) जीर्ण भएर छानोबाट झरेको पानी फल्स सिलिङ हुँदै […]
from समाचार – Online Khabar https://ift.tt/34A4K73
via IFTTT